मेरो पहिलो गुरु (अनुवाद कथा)
बाल्यकालको कुरा, पढाइको कुरा चल्यो भने मलाई सधैँ एक जना बूढी बज्यैको सम्झना आउन थाल्छ । किनकि उहाँ मेरो बाल्यकालमा मसँग अति निकट हुनुहुन्थ्यो, उहाँले नै मलाई किन पढ्नुपर्दछ भन्ने कुरा बुझाउनुभएको थियो ।
अन्ततः आफैँमाथि व्यङ्ग्य कस्दै मन्टो (जीवनी)
लेखक सलमान रुस्दीको ठहर छ– ‘दक्षिण एसियाका सर्वश्रेष्ठ कथाकार हुन् सआदत हसन मन्टो ।’ खासगरी उर्दु साहित्यमा त उनको ईष्र्यालाग्दो उपस्थिति छ । पञ्जावमा जन्मेका मन्टोले सक्रिय सिर्जनात्मक समय बम्बईमा कटाए ।
मिस नेपालको अन्तिम २४ प्रतियोगीको घोषणा
मिस नेपालको २९औँ संस्करणका लागि अन्तिम २४ प्रतिस्पर्धीको नाम शुक्रबार घोषणा गरिएको छ। काठमाडौँको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मिस नेपाल–२०२३ का अन्तिम २४ प्रतियोगीको नाम घोषणा गर्दै आयोजक ‘दी हिडन टे«जर’ले प्रतियोगिताका ‘स्यास सेरेमोनी’ प्रतिस्पर्धीलाई ब्याच अङ्कसमेत प्रदान गरेको छ। हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रतियोगीलाई ब्याच अङ्क प्रदान गर्नुभयो। सो क्रममा प्रतिस्पर्धी सुन्दरीले आफ्नो परिचय दिनुका साथै रुचिका बारेमा जानकारी दिएका थिए।
युवामाझ जम्दै गायक चन्द
नेपाली लोकसङ्गीतमा निरन्तर लागिरहनुभएका लोकदोहोरी गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्न लाई’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। करिब डेढ सयभन्दा बढी लोकगीतमा आफ्नो आवाज भरिसक्नुभएका गायक चन्द युवामाझ मात्र नभएर वृद्धवृद्धा र बालबालिकामा समेत चर्चित हुनुहुन्छ। नेपाली गीत–सङ्गीत र कला संस्कृतिलाई प्रवद्र्धन गर्ने क्रममा गायक चन्दले दुई दर्जनभन्दा बढी देशमा आफ्नो प्रस्तुति दिइसक्नुभएको छ। ‘घाँटी रेट्न लाई’ बोलको गीत युवकयुवतीबीच देखिने असमझदारीको एउटा पाटा हो, गायक चन्द भन्नुहुन्छ, “म गीत प्रायः आत्मसन्तुष्टिका लागि मात्र गाउँछु। २०६३ सालबाट निरन्तर लोकदोहोरीमा लाग्नुअघि उहाँले सङ्गीतबारे केही आधारभूत कक्षा पनि लिनुभएको थियो।
'जानकी साहित्य पुरस्कार' भण्डारीलाई
किरण पुस्तकालय तम्घास गुल्मीले जानकी साहित्य पुरस्कार–२०८० आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गरिने भएको छ ।
सापकोटाको चिसो बाफ
लेखक गोपी सापकोटाको नयाँ उपन्यास ‘चिसो बाफ’ सार्वजनिक गरिएको छ। सापकोटाको यो दोस्रो उपन्यास हो। सम्पूर्ण किताब नारायणगढमा बुधबार गरिएको कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अतिथिले एकै पटक पुस्तक सार्वजनिक गर्नुभएको हो। कवि एवं समीक्षक ईश्वर कँडेलले उपन्यासमा शारीरिक रूपमा अशक्त महिला र मानसिक रूपमा अस्वस्थ पुरुष पात्रलाई कथावस्तुमा उतारेर आख्यानकारले आख्यानमा प्रयोगधर्मितालाई जोडेको बताउनुभयो। त्यस्तै साहित्यकार गोविन्दराज विनोदीले स्रष्टाको नवीन प्रयोग उपन्यासमा भेटिने बताउनुभयो।
इलाम साहित्य महोत्सव हुने
जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाममा ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ।
तीन स्रष्टालाई वासुशशि सम्मान
वासुशशि स्मृति परिषद्ले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासुशशिको ८७औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले साहित्यकार हिरण्य भोजपुरेलाई ‘वासुशशि साहित्य सम्मान’ प्रदान गर्नुभयो । यसैगरी कवि श्यामललाई २५ हजार नगदसहितको ‘वासुशशि साहित्य पुरस्कार’ र ‘वासुशशिका नाटकमा नाट्यतत्व’ शीर्षकमा विद्यावारिधि गर्नुभएका अनुसन्धानकर्ता डा. गोपीकृष्ण खतिवडालाई २१ हजार नगदसहित ‘वासुशशि शोध पुरस्कार’ प्रदान गरिएको हो ।
कस्तो शिक्षा, कस्तो साहित्य ?
यस्ता केही दृश्य कल्पना गरौँ जो हाम्रा दैनिक जीवनका घटना हुन् तर हामीले यिनहरूलाई ‘घटना’ बनाइरहेका हुँदैनौँ । एक विद्यार्थी कलेजमा ढिला आए । ढिला भएबापत उनलाई कारबाही गरियो तर भोलि पनि उसले यस्तै गरे ।
मेलबर्न आएर (कविता)
आफ्नो गाउँका बारीका कान्लाबाट छलाङ मारेर आइपुग्दा मेलबर्न,
आमा ! नेपाल आमा ! (कविता)
आमा ! नेपाल आमा ! आमा, नेपाल म !
अभिशप्त सङ्क्रमित हातहरू (कविता)
अभिशप्त सङ्क्रमित हातहरू कतै एड्स कतै स्वाइनफ्लुका किटाणु
नलेखिएका कविताहरू
गर्जिरहेछन् वर्षाका बादलझैँ मेरा नलेखिएका कविताहरू ।
यात्रा जिन्दगीको लोकार्पण
सर्जक महेश्वर खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ लोकार्पण गरिएको छ । सभामुख देवराज घिमिरेलगायत विभिन्न स्रष्टाले सर्जक खरेलकी माता अयोध्या खरेलको ९० औँ जन्मोत्सवका अवसरमा संयुक्त रूपमा मङ्गलबार उपन्यास लोकार्पण गर्नुभयो । सभामुख घिमिरेले ‘यात्रा जिन्दगीको’ उपन्यासले पहाडी क्षेत्रको विगतको जीवनशैली, आर्थिक तथा सामाजिक परिवेशलाई स्मरण गराएको बताउनुभयो । उहाँले त्यस बेला परिवारको भरणपोषण, शिक्षा आर्जनसहित नुनतेलका लागि गरिने परिश्रम, आमाबुवालगायत घरमूलीले खेल्ने भूमिकाबारे उपन्यासले स्मरण गराएको बताउनुभयो ।
युवा पुस्ताको रोजाइ जिन्स
पहिरनले मानिसको व्यक्तित्व झल्काउँछ । त्यसैले मानिस आफ्नो रोजाइअनुसारको पहिरन लगाउने गर्छन् । स्वाभाविक रूपमा उमेर समूहअनुसार मानिसले पहिरन छनोट गर्छन् । अहिलेको युवा पुस्ताको छनोट हेर्ने हो भने अधिकांश जिन्स पहिरनतर्फ आकर्षित भइरहेका देखिन्छन् । उनीहरूको प्राथमिकता अन्यभन्दा जिन्समा बढिरहेको छ । जिन्स सजिलो, स्टाइलिस र ग्ल्यामर्स भएरै हुनुपर्छ, युवा पुस्ता त्यसतर्फ आकर्षित भएको । सदावहार पहिरनको पहिचान भएको जिन्सका ज्याकेट, पाइन्ट, आउटर अहिले उत्तिकै लोकप्रिय मानिन्छन् ।
धेरै कुरा बिर्सन थालेको छु अचेल
क्यालेन्डरको मुलायम पातो त पल्टाउनै बिर्सन्छु र, बनाउँछु कार्ययोजना बितेको महिनाकै दिनहरू हेरेर अहँ, केही पनि मिल्दैन÷मिल्दै–मिल्दैन
चराहरूसँग अन्तरसंवाद (कविता)
चराहरूसँग अन्तरसंवाद ती चराहरू जो कावा खाँदै उडिरहेका थिए
नेपाल होस् कञ्चन !
बस्थ्यौँ रम्मिँदै अहा प्रियतमा ! स्वर्गै थियो झोपडी । उम्दा सुन्दर स्वच्छ वायुजलले, ताजा थिए खोपडी ।।
नाफामा अरनिको स्मृति
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले सोमबार राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस मनाएको छ । प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले नेपाली कला र कलाकारलाई देश–विदेशमा चिनाउन अरनिकोको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै नेपालमा अरनिकोका बारेमा विगतमा भएका संस्थागत तथा व्यक्तिगत कार्यका बारेमा जानकारी दिनुभयो ।
नाटकमा सामान्य कथा, बेजोड प्रस्तुति
मञ्चमा देखिने भव्य पलङ, सोफा, कलात्मक र्याक, पेन्टिङ र तस्बिरहरू नाटकका आकर्षण हुन् । यस्तै आकर्षणलाई प्रतिविम्बित गर्छ निर्देशक प्रवीण खतिवडाको नाटक ‘विमोक्ष’ले । नाटककी मुख्य पात्र रश्मिदेवी बस्नेतको वरिपरि घुमेको कथाले मानवीय चाहना र आशक्तिलाई सटिक ढङ्गले चित्रण गरेको छ ।
नाट्य प्रज्ञा प्रतिष्ठानले मनायो ६२ औँ विश्व रङ्गमञ्च दिवस
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र माला आर्ट्स एकेडेमीको संयुक्त आयोजनामा ६२ औँ विश्व रङ्गमञ्च दिवस मनाइएको छ ।
'कलाकार आफू र समाजप्रति इमानदार हुनुपर्छ'
आज ६२ औँ विश्व रङ्गमञ्च दिवस अर्थात् रङ्गकर्मीहरूको उत्सवको दिन । नेपालका स्थापित र सुपरिचित रङ्गकर्मीहरूको विचारमा सच्चा कलाकारमा आफू र समाजप्रति इमानदार हुनु जरुरी छ । यो क्षेत्रमा लाग्न चाहने व्यक्तिले यसको अध्ययन गर्न जरुरी छ ।
साहित्य क्षेत्रले राजनीतिज्ञलाई खबरदारी गर्नुपर्छ: नेता ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले साहित्य क्षेत्रले नेपाली राजनीतिज्ञलाई जिम्मेवार र उत्तरदायी बनाउन मद्दत पुगेको बताउनु भएको छ ।
शाहीको ‘समय सकस’
साहित्यकार वसन्ती शाही सिंहद्वारा लिखित ‘समय सकस’ पुस्तक आइतबार एक समारोहबीच सुर्खेतमा लोर्कापण गरिएको छ । यस गैरआख्यान पुस्तकमा साहित्यकार शाहीले २०७६ साल चैत ११ गतेबाट सुरु भएको कोरोना सङ्क्रमणका कारण देशभर लागू भएको बन्दाबन्दीको अवस्थालाई चित्रण गर्नुभएको छ । समय सकसमा कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि चालेको कदम र प्रतिपक्ष दलबाट निभाएको भूमिकालाई पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ । कर्णाली प्रदेश सभामा विपक्षी दलका नेता जीवनबहादुुर शाही, लोकसेवा आयोग कर्णाली प्रदेशका सदस्य भक्तबहादुर खड्का, डा. महेन्द्र मल्ल, डा. नवराज केसी, देवकी तिमिल्सिनालगायतले संयुक्त रूपमा पुस्तकको