• १३ असोज २०८१, आइतबार

नृपेशको एकल गजल वाचन

blog

चितवन, मङ्सिर ४ गते । युवा गजलकार नृपेश उप्रेतीको एकल गजल वाचन गरिएको छ । काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनको आयोजना र रत्ननगर वाङ्मय परिषद्को सहकार्यमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा गजलकार नृपेश उप्रेतीले गजल प्रस्तुत गर्नुभएको हो । रत्ननगर नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा उप्रेतीका गजल सुन्न चितवन र नवलपरासीका स्रष्टाको बाक्लो उपस्थिति थियो । 

उप्रेतीले कार्यक्रममा शृङ्गार रस र समसामयिक गजल सुनाउनुभयो । रत्ननगर चितवन घर भएका उहाँ पछिल्लो समय बेलायत बस्नुहुन्छ । विसं २०७४ मा ञमुसाफिरझ गजलसङ्ग्रह प्रकाशन गरेका उहाँका एक सयभन्दा बढी गजल रेकर्ड पनि भएका छन् । केही नेपाली चलचित्रमा पनि उहाँका गीत समावेश छन् ।

कार्यक्रममा गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटा र रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले गजलकार उप्रेतीका बारेमा बोल्नुभएको थियो भने काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले सहजीकरण गर्नुभएको थियो ।