• १ जेठ २०८३, शुक्रबार

थारू संस्कृतिको मौलिक पहिचान ‘पैयाँनाच’

blog

दाङ, जेठ १ गते । मादलको तालसँगै गोलबद्ध भएर गीत गाउँदै नाचिरहेका महिला र पुरुषको समूहले तुलसीपुरको कार्यक्रमस्थल एकाएक दसैँमय बनायो । राधा र कान्हाको प्रतीकात्मक भूमिकामा सजिएका थारू महिला तथा पुरुषले सख्या ‘पैयाँनाच’ प्रस्तुत गरेपछि उपस्थित दर्शक मात्रै होइन, अतिथि पनि मन्त्रमुग्ध बने । 

मटावाँ–बरघर–भलमनसाको अन्तरप्रदेशीय अनुभव आदानप्रदान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१०, गोलौरीगाउँका कलाकारले प्रस्तुत गरेको सख्या पैयाँनाचले थारू संस्कृतिको मौलिक पहिचान झल्काएको थियो । 

नाचमा राधाले गीत गाएर मजौराको तालमा नृत्य गर्छन् भने कान्हाले मादल बजाएर साथ दिन्छन् । करिब एक महिनासम्म निरन्तर नाचिने सख्या पैयाँ पश्चिम तराईको चर्चित सांस्कृतिक नाचमध्ये एक हो । नाच टोलीकी पच्गिन्या मनकुमारी चौधरीले पछिल्लो समय यसको संरक्षण र पुस्तान्तरणलाई ध्यान दिँदै दसैँबाहेक अन्य कार्यक्रममा पनि प्रस्तुत गर्न थालेको उहाँले बताउनुभयो ।