• १३ असोज २०८१, आइतबार

‘न्याय–अन्याय’ सार्वजनिक

blog

काठमाडौँ, मङ्सिर ८ गते । डा. कटक मल्लको ‘न्याय–अन्याय कानुनः भूराजनीति र कूटनीति’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा कानुन, राजनीति, मानव अधिकार, न्यायपालिका, भू–राजनीति/कूटनीति, पर्यावरणलगायतका विषय समेटिएका छन् । काठमाडौँमा मल्लको किताब सार्वजनिक गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले मल्लको किताब कानुनी दर्शनको दस्ताबेज भएको बताउनुभयो । 

पुस्तकमाथि टिप्पणी गर्दै पूर्वन्यायाधीश डा. प्रभा बस्नेतले मल्लको किताब न्यायिक विषयलाई आलोचनात्मक र रचनात्मक शैलीमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । पुस्तक इन्डिगो इन्कले प्रकाशित गरेको हो ।