• १३ असोज २०८१, आइतबार

पौभा र थाङ्का समेटिएको पुस्तक

blog

काठमाडौँ, मङ्सिर ८ गते । नेपाली र चिनियाँ कलाकारको पौभा र थाङ्का चित्रकला समेटेर पुस्तकका रूपमा ल्याउने तयारी भएको छ । राजधानीमा एक कार्यक्रममा चाइनाको सिचुआन पब्लिसिङ हाउस र नेपालको वज्र पब्लिकेशनबिच क्रस माउन्टेन डाइलग, फाइन कलेक्सन अफ चाइनिज एन्ड नेपाली थाङ्का नामक पुस्तकको प्रतिलिपि अधिकार सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

कार्यक्रममा बोल्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जनले अरनिकोले सुरु गरेको कला संस्कृतिको आदानप्रदान अभियानलाई आज पनि कलाकारले जगर्ना गरिरहेको बताउनुभयो । पुस्तक प्रकाशन र कलाका गतिविधिले यहाँको कला संस्कृतिलाई प्रगाढ बनाउन मद्दत मिल्ने उहाँको भनाइ छ । 

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेङ सङले पूर्वमा बौद्ध धर्मको प्रचारले चिनियाँ नेपाली सभ्यताबिचको सांस्कृतिक कलाको आदानप्रदानले गौरवशाली अध्याय लेखेको बताउनुभयो । उहाँले  हजारौँ वर्षदेखि दुई देशका कला, संस्कृतिले एक अर्कालाई आकर्षित गरिरहेको पनि बताउनुभयो । त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले दुई देशका प्रकाशन संस्थाले संयुक्त रूपमा प्रकाशन गर्न लागेको पुस्तकले नेपाली कलालाई विश्वमाझ चिनाउन महìवपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा पुस्तकका सम्पादक झाङ गोजिनले पुस्तकमा नेपाली ६६ र चिनियाँ ३३ वटा  कलाकृति समावेश गरिने जानकारी दिनुभयो ।