निराजन परियार
चौमाला (कैलाली), असार ५ गते । कैलालीको गौरीगङ्गामा खोलाले बगाउँदा एक पुरुष मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–२ चौमालामा खोलाले बगाउँदा अन्दाजी ६० वर्षीय नरबहादुर ताम्राकारको मृत्यु भएको हो । बुधबार साँझ ५ बजे पुरानो चौमाला बजारदेखि घर जाने क्रममा चौमाला खोलाले बगाउँदा ताम्राकार बेपत्ता हुनुभएको थियो ।
बेपत्ता ताम्राकारको खोजीकार्य गर्दा बिहीबार बिहान खोलामा शव फेला परेको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक योगेन्द्र बलायरलेले जानकारी दिनुभयो । उहाँले पोस्टमार्टमका लागि धनगढीमा रहेको प्रादेशिक सेती अञ्चल अस्पतालमा पठाएको जानकारी दिनुभयो ।