• ४ असार २०८२, बुधबार

कर्मथलोमा रसिकको सम्झना

blog

पशुपतिनगर समाचारदाता

पशुपतिनगर, असार ४ गते । वरिष्ठ साहित्य सर्जक स्व. गणेश रसिकको सम्झनामा मङ्गलबार उहाँको कर्मथलो सूर्योदय नगरपालिकामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्व. रसिकको सम्झनामा रसिक संस्थापक रहनुभएको रेडियो फिक्कल र उहाँकै सक्रियतामा सञ्चालित गणेश रसिक फाउन्डेसनले उहाँलाई सम्झिएको हो । श्रद्धाञ्जली सभामा इलाम, झापा र छिमेकी देश भारतका साहित्य र सङ्गीतपारखीको सहभागिता थियो । साहित्यकार विमल वैद्यले रसिकको चर्चा गर्दै सरल बोल्ने उहाँका कृति जीवन्त रहिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यकार जिउँदो हुँदाभन्दा मरेपछि धेरै बाँच्छन्, यसको प्रमाण रसिकका कृति हुन् ।” सभामा स्व. रसिककी छोरी निर्जला रसिकलगायत परिवारका सदस्यको उपस्थिति थियो । कार्यक्रममा सङ्गीतकार भूपेन्द्र राईको संयोजकत्वमा विभिन्न क्षेत्रका कलाकारले रसिकले रचना गर्नुभएका गीत गाएका थिए ।