• ३ असार २०८२, मङ्गलबार

कर्मथलोमा साहित्यकार रसिकको सम्झना

blog

श्रद्धाञ्जली सभा ।

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम) असार ३ गते। वरिष्ठ साहित्य सर्जक स्वर्गीय गणेश रसिकको सम्झनामा मंगलबार उहाको कर्मथलो सूर्योदय नगरपालिकामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। स्वर्गीय साहित्यकार रसिकको सम्झनामा रसिक संस्थापक रहनु भएको रेडियो फिक्कल र उहाँकै सक्रियतामा संचालित गणेश रसिक पाउण्डेशनले कर्मथलोमा श्रद्धाञ्जली सभाको  आयोजना गरेर उहाँलाई सम्झना गरेको हो। 

रसिकको ७८ वर्षको उमेरमा उपचारकै क्रममा गत जेठ १८ गते प्रोस्टेड क्यान्सरको उपचार गराई रहँदा ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा क्रममा निधन भएको थियो। स्वर्गीय रसिकको श्रद्धाञ्जली सभामा इलाम, झापा र छिमेकी देश भारतका साहित्य, संगीत पारखीको सहभागिता रहेको थियो। स्वर्गीय रसिकको बारेमा चर्चा गर्दै गर्दा कार्यक्रममा उपस्थित धेरैको आँखा रसाएको थियो। 

कार्यक्रममा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समिति इलामका उप प्रमुख चित्रकला बराइली, नगर उप प्रमुख दुर्गा कुमार बराल, साहित्यकार विमल वैद्य लगायत साहित्यकार र संगीत क्षेत्रका व्यक्तिले स्वर्गीय रसिक प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। 

श्रद्धाञ्जली सभामा सूर्योदय नगर उपप्रमुख तथा नगरको संगीत साहित्य प्रतिष्ठानका संयोजक दुर्गा कुमार बरालले रसिकको चर्चा गर्दै सूर्योदयले मात्र नभई देशले एउटा श्रष्टा गुमाएको बताउनुभयो। 

साहित्यकार वैद्यले रसिकको चर्चा गर्दै सरल र समाज बोल्ने उहाँका कृति जीवन्त रहिरहने बताउनुभयो। कार्यक्रममा पत्रकार केदार शर्मा, गणेश रसिक फाउण्डेशन इलामका संयोजक भुवन ढुंगानाले उहाँको चर्चा गर्नु भयो।  कार्यक्रममा  रसिककी छोरी निर्जला रसिक लगायत परिवारका सदस्यको उपस्थिति थियो।