• ३० असार २०८२, सोमबार

एनपीएलका लागि खेलाडी दर्ता सुरु

blog

त्रिवि क्रिकेट मैदान । फाइल तस्बिर : क्यान

काठमाडौँ, असार २९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको छ ।

क्यानले शनिबारदेखि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो । क्यानका प्रवक्ता प्रवक्ता छुम्बी लामाकाअनुसार खेलाडीले ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् । दर्ता प्रक्रिया साउन ६ गतेसम्म चल्नेछ ।

दर्ता भएका खेलाडी मिनि अक्सनमार्फत आठ फ्रेन्चाइज टोलीले अनुबन्ध गर्नेछन् । दर्ता शुल्क एक हजार रुपियाँ कायम गरिएको छ ।

दोस्रो संस्करणको एनपीएलका लागि मिनी अक्सन हुनुअघि फ्रेन्चाइज टोलीले धमाधम खेलाडी रिटेन र रिलिज समेत गरिरहेका छन् । रिलिज भएका खेलाडीलाई अन्य टोलीले अक्सनमार्फत अनुबन्ध गर्न सक्नेछन् ।