• २९ असार २०८२, आइतबार

कपिलवस्तु बस दुर्घटना : घाइतेको पहिचान खुल्यो

blog

कपिलवस्तुमा दुर्घटना भएको यात्रुबहाक बस । तस्बिर :सन्तोष दहित

सन्तोष दहित
दाङ, असार २९ गते ।
काठमाडौँदेखि दाङ आउँदै गरेको बस दुर्घटनामा परी घाइते भएका २९ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले दुर्घटनामा परी घाइते भएकाको पहिचान खुलेको जानकारी दिनुभयो ।

दुर्घटनामा सल्यान बागचौर नगरपालिका– १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान सारदा नगरपालिका– १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका–११ का ३५ वर्षीय श्रीधर अधिकारी घाइते हुनुभएको छ । उहाँहरुलाई आइतबार बिहान सवा ५ बजेतिर थप उपचारका लागि बुटवल पठाइएको छ ।

यसैगरी, रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका– ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका–२ बस्ने १९ वर्षीया अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका– बस्ने ५२ वर्षीया सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका– ८ बस्ने ६० वर्षीया टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका– १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका– ३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का दुर्घटनामा परी घाइते हुनुभएको छ । उहाँहरुको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।

त्यस्तै, अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका– ४ बस्ने २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका– ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्कबहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीमबहादुर विक, सल्यान बागचौर नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्रबहादुर विक, दाङ तुलसीपुर उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका– ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका–४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका– २ बस्ने २४ वर्षीया शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका– ३ बस्ने ४२ वर्षीया रश्मि बोहरा र घोराही उपमहानगरपालिका–११ बस्ने ३९ वर्षीय वेदबहादुर वली हुनुहुन्छ ।

आइतबार बिहान कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौँबाट दाङ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमी नगरपालिका– ९ वेलनदीमा दुर्घटनामा परेको हो । बस आफैँ अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २९ जना यात्रु घाइते भएका थिए । 

यो पनि पढ्नुहोस

काठमाडौँबाट दाङ जाँदै गरेको बस दुर्घटना, २९ जना घाइते