• १३ असोज २०८१, आइतबार

‘कुरी कुरी’ मञ्चन

blog

काठमाडौँ, मङ्सिर ८ गते । शैली थिएटरले चेतनामूलक सडक नाटक ‘कुरी कुरी’ मञ्चन गरेको छ । काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकाबाट मञ्चन भएको नाटक विभिन्न विद्यालयसम्म पु¥याएर जागरण ल्याउन खोजिएको शैली थिएटरका कार्यक्रम संयोजक सविन न्यौपानेले बताउनुभयो ।

नाटकमा भूकम्पपीडित शर्मिला (सोफिया वज्राचार्य) र बुवा (रूपक काफ्ले) आफ्नो दैनिक जीवन चलाइरहनुभएको छ । उहाँहरूको गरिबीको समस्या र बाध्यताको फाइदा उठाउँदै गाउँका नाता पर्ने मामा (सुशान्त कुइँकेल) ले शर्मिलालाई सहरमा पढाइदिने र राम्रो काम पनि खोजिदिने प्रलोभन देखाउँछन् । शर्मिला पनि त्यसको प्रभावमा पर्छिन् र  सहर पस्छिन् । काठमाडौँमा पढाउनुको साटो मामाले शर्मिलालाई सहरको एक होटलमा बेचिदिन्छन् । होटलमा शर्मिलामाथि साहु (निर्तिश भण्डारी) बाल श्रम र यौन दुव्र्यवहार गर्न थाल्छन् । बाल तथा मानव अधिकारकर्मीले समयमै घटनाबारे थाहा पाउँछन् र शर्मिलालाई उद्धार गर्छन् ।

निर्तिश भण्डारी, सोफिया वज्राचार्य, सन्तोष जेठारा, कर्ण शाही, रूपक काफ्ले, सुशान्त कुइँकेललगायतका कलाकारहरूको अभिनय रहेको नाटकलाई शौरभ ढकाल र शिशिर अर्यालले निर्देशन गर्नुभएको हो । बाल र यौनशोषण गर्न खोजिरहेको होटल साहुलाई मानव अधिकारकर्मीले सयौँ मान्छेको अगाडि राखेर एकै स्वरमा ‘कुरी कुरी’ भन्छन् ।