• १३ असोज २०८१, आइतबार

शारदामा गीतकार श्रेष्ठका ५६ गीत

blog

गीतकार सरला श्रेष्ठका विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीत समेटिएको शारदा मासिकको विशेषाङ्क सार्वजनिक हुँदै ।

काठमाडौं, मङ्सिर ८ गते । गीतकार सरला श्रेष्ठका विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीत साहित्यिक मासिक पत्रिका ‘शारदा’ को विशेषाङ्कमा प्रकाशित गरिएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्ववल्लभ, साहित्यकार तथा पत्रकार विमल भौकाजी, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाले गीतहरु समावेश ‘शारदा’ मासिक लोकार्पण गर्नुभएको हो ।

कलाकार मदनकृष्ण श्रेष्ठले गीत रचना गर्नु आफैंमा जटिल कार्य भएको बताउँदै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गर्नुभयो । ‘शारदा’ मासिकमा प्रकाशित आफ्ना केही विशेष गीतहरु वाचन गर्दै गीतकार श्रेष्ठले विदेशमा रहँदा सधैं देशलाई शिरमा राखेर हिँडिरहेको बताउनुभयो । 

कार्यक्रममा एउटा यूगल गीत ‘ए मेरो मनको राजा’ को म्युजिक भिडियो समेत प्रिमियर गरिएको थियो । शारदा मासिक तथा ए मेरो मनको राजा गीतको म्युजिक भिडियोका लोकार्पण समारोह गीतकार सङ्घ नेपालको आयोजना तथा एसएस क्रिएसनको व्यवस्थापनमा सम्पन्न भएको हो ।