पत्रकार पराजुलीको अङ्ग्रेजी कथासङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा
पत्रकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उहाँका ‘कुमाता’ र ‘मोम्चो’ कथा सङ्ग्रह प्रकाशित भैसकेका छन् ।
लघुकथा सङ्ग्रह ‘अक्षर’ को विमोचन
साहित्यकार सनत सापकोटाको लघुकथा सङ्ग्रह ‘अक्षर’ को विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
दुई कृतिलाई विमल गुरुङ कृति पुरस्कार २०७९ दिइने
कवि विमल गुरुङ पुस्तकालयले प्रदान गर्दै आएको २ लाख रुपियाँको कृति पुरस्कार कवि चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ र विजय बान्तवाको गद्य सङ्ग्रह ‘मित्याङसा’ लाई संयुक्त रूपमा ‘विमल गुरुङ कृति पुरस्कार २०७९’ प्रदान गरिने भएको छ ।
‘गजल यात्रा–४’ प्रकाशित
नेपाली गजलहरुको सँगालो गजल यात्रा प्रकाशन भएको छ । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको गजल यात्राको चौथो संस्करणको शुक्रबार हेटौँडामा विमोचन गरिएको हो ।
शम्भु र मिलनका कृति बजारमा
वालिङका दुई साहित्यकार शम्भु अर्याल र मिलन उपाध्याय (समीर) का दुई कृति बजारमा आएका छन् ।
ओटिटीमा जारी चलचित्र
कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप)प्रति सबैको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढेका छन् । नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमा घरजस्ता एपले दर्शक पाएनन् ।
साहित्यकार चित्तरञ्जन नेपालीको निधन
साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा प्रशासक चित्तरञ्जन नेपालीको सोमबार साँझ निधन भएका छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । चित्तरञ्जनको असली नाम नारायणप्रसाद राजभण्डारी हो ।
मदन पुरस्कार वितरण
कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री र ऐंठन पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको छ। मदन पुरस्कार गुठीले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँहरूलाई २०७९ सालको जगदम्बाश्री सम्मान र मदन पुरस्कार प्रदान गरियो। गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्रसहित जनही चार लाख रुपियाँ पुरस्कार प्रदान गर्नुभयो। कलाकार मुखियाले अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्रमार्फत साहित्यानुरागीमाझ पु¥याउन महत्वपूर्ण योगदान दिएकाले जगदम्बाश्री सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ।
सत्यको खोज कृति लोकार्पण
साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी सत्यको खोज सार्वजनिक भएको छ । जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गर्नुभयो ।
दस लाखको नइ उपकार कोष स्थापना
नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ ।
‘सत्यको खोज’, ‘कवि-कविताको छवि’ र ‘शास्त्रीय नेवार साहित्य’ प्रकाशित
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठका जीवनी तथा नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक बजारमा आएका छन् ।
कार्टुनिष्टले कार्टुन प्रस्तुत गर्दा भोग्नुपरेको समस्याबारे छलफल
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्टुनिष्टहरुले कार्टुन लेख्दा वा प्रस्तुत गर्दा भोग्नु परेको समस्याका विषयमा छलफल भएको थियो ।
ठाँटीको घाम उपन्यास सार्वजनिक
साहित्यकार टङ्कबहादुर भट्टराईले लेख्नुभएको ‘ठाँटीको घाम’ नामक उपन्यास सार्वजनिक (विमोचन) गरिएको छ । घटस्थापनाको अवसर पारेर सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रमबीच सो उपन्यास सार्वजनिक गरिएको हो ।
कथा जस्तै लाग्ने विगत
चलचित्रको नायकलाई पनि मात दिने व्यक्तित्वसँगै देखिएको सक्रियताले तीसको दशकमा नाम जस्तै बन्नुभएको थियो राजकुमार थापा । यतिखेर उहाँको नाम धेरैले थाहा नपाएको नाम पनि हुन सक्छ । हामी विगत बिर्सन्छौँ, वर्तमानमा रमाउँछौँ, सुनौलो भविष्यको कल्पनामा । जीवनको उर्वर समय साहित्य, सङ्गीत, खेलकुद, प्रशासनमै
द्वन्द्व र युद्धको ऐना
ऐना–केही चिजलाई जस्ताको तस्तै प्रतिरूप देखाइदिने वस्तु, दर्पण । ऐना रामलाल जोशीको सुदूरपश्चिमका दुःख पीडाका घटनालाई उनेर बनाइएको कथानकका कथाहरूको सङ्ग्रह (२०७२) पनि हो । ऐना झ्यालको पुतली ऐनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको सुजित बिडारी निर्देशित चलचित्र (२०७९) । ऐना जोडिएका यी दुई हालैका उदाहरणीय विषय हुन् । ऐना (२०७७) कांग्रेसका तत्कालीन प्रवक्ताले चलाएको एउटा टेलिभिजन कार्यक्रम पनि हो ।
ग्रिसमा वाइनका देवता खोज्दा
एथेन्समा संसारको पहिलो थिएटर ! म एकाएक उत्साहित हुन्छु । त्यस ऐतिहासिक स्थानमा स्पर्श गर्न मन उद्वेलित हुन्छ । नाटकप्रेमी मेरो मनमा अचानक जिज्ञासाका पर्दाहरू खुल्न थाल्छन् । आतुरता प्रकाशको गतिमा दौडन्छ । मेरा पाइला त अझै एथेन्सको एक्रोपोलिसमै छन् । एक्रोपोलिसमा अवस्थित एथेना देवीको मन्दिरबाट थिएटरलाई चियाउने प्रयास गर्छु । ठिक मुनि अलिकति भिरालो परेको ठाउँमा छ ‘द थिएटर अफ डायोनाइसस ।’ खासै ठम्याउन सक्दिनँ । विलम्ब नगरी एक्रोपोलिस डाँडाबाट खुत्रुक खुत्रुक उत्रन्छु तलतिर । समथर जमिनमा लम्किरहेको छु लमकलमक । हिँडिरहेको छु एउटा आदिम बा
‘मिडिया, महिला र म’ लोकार्पण
पत्रकार अमृता लम्सालको ‘मिडिया, महिला र म’ पुस्तकको लोकार्पण गरिएको छ । अक्षर क्रियसनद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार लम्सालले आफ्नो पत्रकारिताको यात्रा र नेपालमा महिला समानताको मुद्दालाई स्थापित गराउन विविध माध्यम र भूमिकामा रहेर गर्नुभएको सङ्घर्षबारे लेख्नुभएको छ ।
‘शिल्प तथा डिजाइन’ विषयको अध्ययन सुरु
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयबिच बिहीबार ललितकलाका विविध क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । कार्यक्रममार्फत विश्वविद्यालयले स्नातक तहको ‘शिल्प तथा डिजाइन’ विषयको औपचारिक सुरुवात पनि गरेको छ । समझदारीपत्रमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले हस्ताक्षर गर्नुभयो ।
डा. अधिकारीद्वारा लिखित पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक
डा. राजु अधिकारीद्वारा लिखित नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औँ कृति हो ।
शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’
शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरू चिया पसलमा आन्दोलनमा देखिएका समस्या र यसको गन्तव्यबारे समीक्षा गरिरहेका हुन्छन् ।
युवा पुस्ताले धानेको रङ्गमञ्च
पछिल्लो समय नेपाली रङ्गमञ्चको गतिविधि बढिरहेको छ । राजधानीका प्रायः सबै नाटकघरका साथै राजधानीबाहिर पनि नियमित नाटक मञ्चन हुन थालेका छन् । त्यसमाथि रङ्गमञ्चमा आकर्षित हुने युवाको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । रङ्गमञ्चमा आएकामध्ये केही युवाको आसलाग्दो काम र सक्रियताले नयाँ पुस्ताले रङ्गमञ्चलाई पुरानै अवस्थामा सक्रिय बनाउने आशा गर्न थालिएको छ । केही समययता पुराना नाट्य संस्थाहरू पुनर्गठन हुँदै सक्रिय छन् । ती संस्थाको सक्रियतासँगै नयाँ पुस्ता पनि बढिरहेका छन् । केही चुनौतीसँगै रङ्गमञ्चमा राम्रो सम्भावना देखिएको छ । त्यसलाई व्यावसायिक र व्यवस्थित गरेर अगाडि बढ्न सके भविष्य राम्रो रहेको रङ्गकर्मीको भनाइ छ ।
कवि प्रतीकको ‘यौटा सपनाको अवसान’
अर्थर मिलरले लेख्नुभएको ‘डेथ अफ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ सार्वजनिक गरिएको छ । नाटक ‘यौटा सपनाको अवसान’ ०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएको थियो । ललितपुरमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीक, निर्देशक अनुप बराल र गोविन्द पराजुली, साउन्ड र प्रोडक्सन डिजाइन देव न्यौपाने, नाटककै कलाकारहरू दिया मास्के, विकास जोशी, सुरज मल्ल, अभिषेक खड्का र अविरलप्रताप अधिकारीले नाटकको पुस्तक विमोचन गर्नुभएको हो ।
स्रष्टा सम्मानित
प्रेमध्वज प्रधान फाउन्डेसनले प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षता तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजित कार्यक्रममा स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।
‘तिम्रो खुशी’ को लोकार्पण
गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीति आल्बम ‘तिम्रो खुशी’ आइतबार कुपण्डोलमा लोकार्पण गरिएको छ । लामो समयदेखि उपन्यास विधामा कलम चलाउँदै आउनुभएका ताम्राकारले क्यान्सरजस्तो जटिल रोगलाई जितेर केही समय यता गीत रचनातर्फ लाग्नुभएको छ ।