काठमाडौँ, असोज २२ गते । अर्थर मिलरले लेख्नुभएको ‘डेथ अफ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ सार्वजनिक गरिएको छ । नाटक ‘यौटा सपनाको अवसान’ ०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएको थियो । ललितपुरमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीक, निर्देशक अनुप बराल र गोविन्द पराजुली, साउन्ड र प्रोडक्सन डिजाइन देव न्यौपाने, नाटककै कलाकारहरू दिया मास्के, विकास जोशी, सुरज मल्ल, अभिषेक खड्का र अविरलप्रताप अधिकारीले नाटकको पुस्तक विमोचन गर्नुभएको हो ।
कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीकले नाटक मञ्चनदेखि लिखित पुस्तक बजारमा ल्याउनु खुसीको कुरा रहेको बताउनुभयो । ‘डेथ अफ सेल्सम्यान’ को अनुवाद र नाटक मञ्चन गर्नु जीवनकै उत्कृष्ट काम रहेको उहाँको भनाइ थियो । पुस्तक वी रिडले बजारमा ल्याएको हो ।