• १३ असोज २०८१, आइतबार

पिकासो, प्रधान र ज्यामितीय कला

blog

सुरेन्द्र प्रधान हामीबिच हुनुहुन्न । चित्रमा मात्र उहाँ जिवित हुनुहुन्छ । केही वर्षअघि उहाँको क्यान्सरको कारण निधन भयो । नेपाली कलाकारहरुलाई प्रायः क्यान्सरले नै लगेको देखिन्छ । डाक्टर रामकुमार भौकाजीलाई यही रोगले लग्यो । धरानका स्वयंप्रकाश श्रेष्ठको जीवनलीला पनि यही रोगले चुँड्यो । प्राज्ञ शान्तकुमार राई, पुरन खड्का लगायत धेरै होनहार प्रतिभाहरुको जीवनलीलालाई क्यान्सरले नै समाप्त पा¥यो । अझै खोज्दै जाने हो भने अरू पनि धेरै कलाकारहरु छन् जो चाँडै बिते । यतिखेर कलाकार सुरेन्द्र प्रधानको सम्झनालाई ताजा बनाउने जमर्को गरेको छु । 

प्रधानलाई नेपाली कलाक्षेत्रले पिकासो भनेर सम्बोधन गर्छ । साढेदुई दशकसम्म घनवादलाई आत्मासात गर्दै कला सृजना गर्ने उहाँ नेपालका एक मात्र पिकासो प्रभावित कलाकार हुनुहुन्थ्यो । उहाँका पुराना र नया“ घनवादी चित्रको पछिल्लो प्रदर्शनी केही वर्षअघि राजधानीको पार्क ग्यालरीमा भएको थियो । त्यो प्रदर्शनीमा २२ वटा चित्र राखिएका थिए । ऊबेला प्रर्दिर्शत चित्र सरसर्ती हेर्दा मेरा आ“खा एउटा लोकतन्त्र शीर्षकको चित्रमा पुगेर टक्क अडिएको थियो । त्यो चित्र पिकासोको ‘गोर्निका’ चित्र शैलीको प्रभावमा बनेको चित्रजस्तो थियो । चित्रको विषय भावना र संरचनाचाहि“ स्पेनिस कलाकार फ्रान्सिस्को दे गोयाको ‘तेस्रो मे’ नामक चित्रस“ग मिल्दोजुल्दो थियो ।

विश्व प्रशिद्ध पिकासोको ‘गोर्निका’ चित्र प्रथम र दोस्रो विश्वयुद्धले जन्माएको दारुण र मानवीय क्षतिमाथि बनेको विश्व प्रसिद्ध चित्र हो भने गोयाको ‘तेर्सो मे’ चित्र नेपोलियनले स्पेन हात पारेपछि नेपोलियनका सैनिकले निरिह स्पेनीमाथि बन्दुकको नालले मच्चाएको नरसंहार र बर्बरताको प्रतिविम्बमुखी चित्र हो । तत्कालीन समाजको निरिह हविगतमाथि बलियाहरुको हैकम र साम्राज्यवादी मैमत्तापनको नसाले यी चित्रहरु जन्मिए । यस्तै प्रधानको लोकतन्त्र शीर्षक चित्रलाई शाहकालीन दमनले जन्माएको थियो । प्रधानको त्योबेलाको प्रदर्शनीमा राखिएका चित्रहरुमा निरङ्कुशताले कुल्चिएका स्वतन्त्रकामी जनताको आन्दोलित विम्बहरु  देखिन्थे ।

सुरुका दिनमा दृष्यचित्रहरुमा रमाएका प्रधान पछिल्लो कालखण्डमा घनवादी शैलीका विविध विषयवस्तुलाई क्यानभासमा सजाउन पुग्नु भयो । स्वदेश र विदेशमा धेरै पटक एकल र सामूहिक प्रदर्शनी गरेका कला प्राध्यापक प्रधानको घनवादमा बढेको मोहको बारेमा यसरी बताउनु हुन्थ्यो, ‘जब म मुम्बईको सर जे.जे. स्कुल अफ फाइन आर्ट कलेजबाट सन् १९८९ मा डिप्लोमा अध्ययन सकी नेपाल फर्किए“ त्यही समयदेखि पिकासोको कलाले मोहित पारेको हो । ममा अन्तर्निहित विचारको पोको यही वादले मात्र प्रष्फुटन गराउन सक्छ भन्ने लागेर पिकासोको घनवादको पछि लागेको हु“ ।’

नेपाली समाजमा घनवादको बारेमा उतिसारो हेक्का छैन । नेपाली वौद्विक समाजमा समेत यो वादको विषयमा बुभ्mन हम्मे हम्मे पर्छ । घनवाद लरतरो वाद होइन । तर पनि यो वाद प्रत्यक्ष परोक्ष रुपमा सबैतिर प्रायोगिक भएको देखिन्छ अर्थात् प्रत्येक क्षेत्रले आत्मसात गरेको पाइन्छ । चित्रकला, मूर्तिकला, वास्तुकला, काष्ठकला तथा कलाका अन्यक्षेत्र र सामाजिक अवयवलगायत साहित्यिक विधामा पनि यो सिद्धान्तको प्रचूरता बढेको पाइन्छ । कुनैबेला साहित्यकार बैरागी काइ“ला, इन्द्रबहादुर राई र ईश्वरवल्लभद्वारा दार्जिलिङबाट थालिएको आयामेली साहित्यिक उठान वा क्रान्तिमा आधुनिक कलाको दर्शनलगायत घनवाद नै विशेष प्रभाव मार्गको रूपमा अख्तियार भएको पाइन्छ । आयामेली साहित्यमा पिकासोको ज्यामितीय सिद्धान्तले आग्रह गरेका बिचार र दर्शनहरु प्रशस्तै विचरण भएका पाइन्छन् । आयामेली दर्शनले जीवनको टुक्रा अलग–अलग वर्णन गरेर पुग्दैन । सिंगो रुपमा वर्णन गर्नुपर्छ र वस्तुमाथिको परम्परागत हेराइले भन्दा तेस्रो नेत्रको आयामिक हेराइको दृष्टिले सबै सा“चो देख्छ भनेको छ । यसर्थ दर्शन र मान्यताको उच्च र गहकिलो मान्यता हो पिकासोको घनवादी सिद्धान्त ।  

दिदीको मृत्युवरणको पीडा सहन नसकी ईश्वर दानव हो र मान्छेको शत्रु पनि हो भन्दै ईश्वरीय विधानलाई नकारी ईश्वरमाथि बिषवमन गर्ने पिकासोले यो वादलाई फ्रान्सबाट शुरु गरेका हुन् । ऊबेला उनले सहकर्मी कलाकार जर्ज ब्राकस“ग मिलेर घनवादी आन्दोलन चर्काएका हुन् । घनवादी विचार सन् १९०७ देखि उठेको भएपनि समाजमा यसको प्रभाव सन् १९०८ पछि मात्रै पर्दै गएको हो ।

घनवादले वस्तुको लम्बाइ, चौडाइ र उचाइमा विश्वास राख्छ र वस्तुको गहिराइसँग तादात्म्यता गा“स्छ । यो नै यसको वैशिष्ट्य हो । कलामा घनवादी शैलीअनुरुप अभिव्यक्ति पस्कि“दा वस्तुको रचना एकपछि अर्कोमा ‘ओभरल्याप’ गरिँदै सग्लो ‘फम’ प्रस्तुत गरिने गरिन्छ । वस्तु प्रकृति वा मानव जेसुकैको बनोट होस्, तिनको त्रिकोणात्मक ज्यामितीय ढंगमा व्यक्त हुने तथा कुरुपतामा सुन्दरता खोजिने नवदृष्टिकोणवादी चरित्र नै यो कलाको पहिचान हो । सन् १८८१ मा स्पेनमा जन्मी विश्वकला संसारमा नाम, दाम र काममा सफलता कमाएका पिकासोले घनवादको गुदीको सन्दर्भमा भनेका छन्, ‘घनवादी चित्र भनेको थपक्कै हातमा लिएर हेर्ने वस्तु होइन, यो एक अत्तर जस्तो हो, जसबाट सुगन्ध तिम्रो अगाडि, पछाडि, दाया“, बाया“ चारैतिरबाट आइरहेको हुन्छ ।’ 

घनवादबारे नेपालका कला समीक्षकहरु भन्छन् ‘यो वाद अन्तर्गतका चित्रमा रङ् ‘ओपेक’ हुन्छ । रेखामा गतिमय र सशक्त हुन्छन् ।’ समीक्षकहरुले भनेजस्तै प्रधानका प्रत्येक क्यानभासमा ‘ओपेक’ वा पारदर्शी रङ र रेखाको बेजोड मिलन भएको पाइन्छ । प्रधानका चित्रभित्र सशक्त कोणिक रेखामा बनेको विषयबस्तु ज्यादै हृदयस्पर्सी छन् । उबेला प्रदर्शित लोकतन्त्र चित्र त झनै राम्रो बनेको थियो । 



Author

तीर्थ निरौला