• १९ वैशाख २०८१, बुधबार

बन्द झ्याल (कथा)

blog

भान्सा कोठामा खाना बनाउने क्रममा मेरो कानमा सधैँ यी आवाज गुञ्जने गर्छ– ‘आलु, प्याज, टमाटर, काउली, बन्दा, मुला, लट्टेको साग, हरियो खुर्सानी ।’

यो आवाज विलिन हुन नपाउँदै हर्को आवाज एउटै लयमा भान्सा कोठाभरी पैmलन्छ– ‘आँप, लिच्ची, खरबुजा, केरा ।’

छिमेकीको झ्यालबाट टाउको निकालेर एउटी अधबैँसे आइमाई बोलाउँदै हुन्छिन– ए ऽऽ आँपवाला भैया ! आँप कसरी ?

मेरो कानमा आँपवाला भैयाले बोलेको प्रष्ट सुनिन्छ–किलोको एक सय तिस मात्र ।

भो ! भो ! महँगो भो, पर्दैन ।

लिनोस् न मिलाइ दिउँला ।

झ्यालबाट टाउको निकालेर आइमाई बोल्छिन्– कतिमा मिलाउने ?

हेर्नोस् न पहिला ! तब मिलाउँला । आँपवाला भैया बोल्छ ।

म पनि झ्यालको छेउमा उभिन्छु– बोलेको संवाद सुनिरहन्छु ।

साइकलको वरिपरि बाँधेर ढोव्रmैढोक्रले भरिएको फलपूmलको अगाडि आएर आँप हेर्दै अनि हातले छाम्दै आइमाई बोल्छिन्– ए ऽऽ भैया ! आँप त त्यति राम्रो रहेनछ, काँचो–काँचो रहेछ ।

छानेर लानोस् न हजुर ! मिलाइदिउँला ! भोलिसम्म मज्जाले पाकिहाल्छ नि !

हन कतिमा मिलाउने ?

ल ऽऽ हजुरलाई एक सय बिसमा दिउँला ।

ओ हो एक सय बिस ? भो पर्दैन । बजारमै गएर किनौला ।

झन् हजुरकै आँगन अगाडि ल्याइरहेको छु– तपाईंले भनिहाल्नुभयो ल एक सय दस ! धेरै गलबदी नगर्नोस् न ।

“झन् यहाँसम्म आएको भनेर किन्न आएको त एक सय दस पो हरे ! भो भो बजारमा नब्बे रुपियाँ किलोमा दिन्छ ! उतै किनौला ।”

आइमाई जान खोज्छिन् ।

आउनुहोस् ! आउनुहोस् ! सयमा लानुहोस् आइरहने गल्ली प¥यो !

सय ? भो जानोस् ! तपाईं जस्तो बेच्ने मान्छे अरू पनि कति आउछन्, उनीहरूसित नै लिउँला !

यत्रो दुःख गरेर उभेको उभेकै छु । कति गलबदी गर्नु हुन्छ ?– भैया पनि बोल्न चुक्दैन ।

तपाईं चाहिँ भाउ मिलाउनुहुन्न– उल्टै गलबदी भन्नुहुन्छ ? जानुस् जानुस् ।

अरे दिदी ! लास्टै भाउ पन्चानब्बे ! पाँच रुपियाँ त हामीले पनि खानु प¥यो नि ।

यत्रो दुःख गरेर आएको छु ।

छिमेकी दिदीको गलबदी गरेको आवाज मेरा कानमा प्रष्ट सुनिन्थ्यो– म नब्बेभन्दा पाँच पैसा पनि बढी दिन्नँ ! दुई किलो पो लाने हो त ! दिने भए दिनोस् ! नभए लानोस् ! यति लामो गन्थन किन ?

छिमेकी दिदी घरतिर जान पाइला अगाडि बढाउँछिन् । करिब चार पाँच पाइला काटेर गेटभित्र पस्न टाउको निहु¥याउन मात्र के आँटेको हुन्छ ।

फेरि आँपवाला भैया के सोचेर  बोलाई आल्छ– ओ ऽऽ दिदी ! आउनोस् ! आउनोस् !

बोहनीको टाइम हो । ल त तपाईंले भनेको भाउमा नब्बेमा दिउँला !

तर अरूलाई नब्बेमा दियो नभन्नु होला ।

“कसले भनिहिँड्छ भैयाले आँप नब्बे रुपियाँ किलो दियो भनेर । ल ल छिटो नापी दिनोस् ! ढिलो भइसक्यो मलाई !– तौलेको आँपतिर हेर्दै ती छिमेकी दिदी बोल्न पनि पछी पर्दिन– बाप रे ! के हो ? आँप हो कि सुन हो ? सुनै तौलेको जस्तै यति पनि बढी हुनु हुँदैन ।

“ल हेर्नोस् त ! काँटा यति तल झरिसक्यो बढी छ नि, सानो आँप छैन राख्नलाई । ठुलो आँप राख्दा झन् अलि बढी गएछ ।”

“लऽऽ नानी स्कुल पठाउन ढिलो भइसक्यो ।” पैसा हातमा दिँदै आँप झोलामा राखी घरतिर लाग्छिन् ।

भोलिपल्ट !

एउटा आँप भगवान्लाई पूजा गर्दा चढाउँछिन् र बाँकी सात वटा आँप हेर्दै आइमाई भन्छिन्– “बल्ल अलिक राम्ररी पाकेछ आँप । त्यही पनि बोराले छोपेकाले आज खान ठिक्क भएछ”, औलाले आँप थिच्दै भन्छिन् ।

चर वटा आँपलाई पानीमा डुबाएर पखाल्दै काट्न बस्छिन् ।

एउटा काट्छिन बिगे्रको, अर्को काट्छिन त्यो पनि बिगे्रको । आइमाईको मुख बिग्रेको आँप जस्तै बिग्रँदै जान्छ । हन कस्तो आँप दिएछ त्यो मोराले ! भन्दै सराप्दै आफ्नो बुढालाई बोलाउँदै भन्छिन्, “ए बुढा ! हेर्नास् त आँप त सबै बिग्रेको रहेछ । मोराले कस्तो आँप दिएछ !” बुढीको छेउ आएर बुढा बोल्छ– “अझ तीनवटा आँप बाँकी  नै छ । काटेर हेरन ! कुनै कुनै त्यस्तै हुन्छन् नि ।”

बुढी बाँकी आँप काट्छिन्, तीन वटा आँप पनि बिग्रेको देखेपछि आइमाई तर्सिन्छिन् ।

अनि कराउँदै भन्छिन्– त्यो मोरा आवस् त त्यसकै अगाडि सबै फ्याँकेर पैसा नलिईकन कहाँ छाड्छु । त्यसले मलाई के सम्झेको छ हँ ?

झन् आँप खान मन लागेर दुई किलो ल्याएको त यस्तो परेछ हे भगवान् !

बुढा सम्झाउँदै भन्छ– अरे बुढी ! कति नै ठुलो कुरा जस्तै ! आँप त हो नि !

त्यो बेच्नेवाला भैयालाई के थाहा ? आँप भित्र त्यस्तो छ भनेर । न उसलाई थाहा थियो न तिमीलाई । काटेर हेर्दा पो थाहा भयो त । यति सानो कुरामा त्यो भैयालाई सराप्ने होइन नि । भैयाले पनि आखिर किनेर ल्याएर बेचेको हो । यस्तो छ भनेर उसले थाहा पाएको भए ल्याउँदै ल्याउने थिएन । हेर्दा बाहिर राम्रै छ ।

बुढी भुतभुत कराइरहन्छ । बिग्रेको आँप  सबै डस्टबिनमा राख्दै सराप्नसम्म सराप्छिन् ।

पुनः पर्सिपल्ट  बिहान मेरो कानमा सब्जीवाला भैयाको आवाज गुन्जन्छ–

तोरी साग, भट्मास कोसा, गाजर, मुला, लसुन !

त्यो आवाज विलिन हुन नपाउँदै पुनः त्यही फलपूmलवाला भैयाको आवाज गुन्जन्छ– आँप, लिची, केरा, तरबुजा !

म आफ्नो झ्यालबाट त्यो अस्ति आँप किन्ने दिदीको झ्यालमा पुलुक्क हेर्छु– आँपवाला भैयाको आवाज सुन्नेबिब्किै झ्यालबाट हेर्दै गरेकी छिमेकी दिदीले मुख बिगार्दै  के के फतफताएर झ्याल ढ्याम्म थुन्छिन् र पर्दा झ्वाट्ट लगाउँछिन् ।

म त्यता हे-याहे-यै हुन्छु । त्यो बन्द झ्याललाई । अचानक ती बन्द पर्दाहरूलाई ।