• २ वैशाख २०८३, बुधबार

बालमनोविज्ञानको कथा ‘कोही किन बर्बाद होस्’

blog

कास्की , वैशाख २ गते । नाटक ‘कोही किन बर्बाद होस्’ मञ्चन हुने भएको छ । सोसल पब्लिक स्कुल बुद्धचोकको प्रस्तुति र पोखरा थिएटरको सहकार्यमा वैशाख ३ देखि ५ गतेसम्म पोखरा थिएटरमा नाटक नियमित मञ्चन हुन लागेको हो । 

यो नाटक नै नियमित मञ्चन हुने पहिलो विद्यालयस्तरको नाटक रहेको पोखरा थिएटरका सञ्चालक परिवर्तन कार्कीले बताउनुभयो । “पोखराको नाट्य मञ्चनमा अब नयाँ परम्परा थालनी भएको छ । विद्यालयले पनि नियमित नाटक मञ्चनको आरम्भ गर्न थालेका छन् । यहाँको नाट्य विकासका लागि यो सुन्दर थालनी मान्न सकिन्छ,” उहाँले भन्नुभयो ।  

नाटककार विजय मल्लले लेख्नुभएको उक्त नाटक बालमनोविज्ञानमा आधारित रहेको कार्कीले बताउनुभयो । नाटकमा श्रेयस ठकुरी, सृष्टिराज वंशी, संयोज गुरुङ, प्रतीक गुरुङ, एरिजोना मगर, रचिता बस्याल, अपिल विक, गुञ्जन बोहोरा र रोश्मी श्रेष्ठको अभिनय रहने छ ।