• २ वैशाख २०८३, बुधबार

‘शुभकामना’ सार्वजनिक

blog

काठमाडौँ, वैशाख २ गते । शिव श्रेष्ठद्वारा रचना तथा सङ्गीतबद्ध गीत ‘शुभकामना’ सार्वजनिक भएको छ । गायक भेनस केसीको स्वर तथा शशाङ्क सापकोटाको सङ्गीत उत्पादन रहेको गीत दी चेरी प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मोडल श्रीतिका श्रेष्ठ र मनोज महर्जनको अभिनय रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गर्नुभएको छ । एउटा वियोगान्त प्रेमकथामा बनेको गीतको भिडियो रमणीय ठाउँमा छायाङ्कन गरी अत्याधुनिक भिएफएक्स प्रविधि प्रयोग गरेर निर्माण गरिएको छ । उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको गीतको कथा श्रेष्ठले नै लेख्नुभएको हो । गीतलाई मन सुनुवार, सञ्जु ठकुरी र श्वेत खड्काले संयुक्त रूपमा निर्माण गर्नुभएको हो ।