• १३ पुस २०८१, शनिबार

छ दशक तन्नेरी वयस्क स्मृतिपट उघार्दै

blog

हुनुपर्दो रहेछ स्मृति उद्यान ढकमक्क फुलेको । मगमगाउँदो बन्दो रैछ बगैँचा ! सम्झनाको सुवासिलो ! सुवासले महकिँदो मस्तिष्कको बारी वरिपरि गम्किँदो हुन्छ । स्वानुभूति आफ्नै । पैँचोवारि गर्नुपर्दो हुन्न । पर्दै पर्दैन । आत्मविश्वास आफ्नै आत्म विश्वास उघ्रेपछि क्षितिज उघ्रँदो हुन्छ स्वतः । बाहिरी शक्तिको खाँचै परोइन । बाहिरी बल मिचाइँ  स्वार्थभेदी बन्दोरहेछ । वर्तमानको भोगविलाश साक्ष यसकै ज्वलन्त । पर्दैन चहार्न यताउति कतै कतै । ढुक्क छु आफ्नै विश्वास भोगाइको अद्वेश आधार । आत्म भोगाइको आधार भन्दा पर्छ कतै वरपर । आफैँभित्र रुमल्लिए पुग्छ पर्याप्त । उघार्ने प्रयासरत छु यसैकारण । आफ्नै स्वस्थ स्वछन्द अनुभूतिका आयाम । आयाम फड्को नि, फड्कोका अनन्त फड्कोका फड्काइ । अनुभूत गर्छु अनुपम आनन्द त्यही हुँदैन उपमा त्यसको । बन्छ पर्याप्त आफैँमा जो । अनुपम त्यो । जसको हुन्न उपमा ।  अननुपेय स्वानुभूति आफ्नै । प्रसङ्ग संयुक्त राज्य अमेरिकाको दोस्रो भ्रमण । भ्रमण स्वाध्ययनको । एमएस – एमए इन सोसल साइन्सेज् । हाम्रा विश्वविद्यालयहरूमा यस्तो छैन । एकलकाँटे । भनौँ ब्रिटिस मोडेल-प्याटर्न-ढाँचामा ढालिएको ।

नेपाल राष्ट्र र आमनेपाली जनसमुदायका मूल चाडपर्व तिहार । भाइटीका सकिनासाथ प्रस्थान गरेको ताजा झझल्को मनभरि चलायमान छ– आलो ताजा । तिनै अनुभूति महात्म्य गायन यस रचना गर्भ । रचना गर्भमा अनेक विषयवस्तु छन् खचाखच । ती सबै समेट्नु छैन पनि । एकै विषय अन्तर सांस्कृतिक संवाद । भनौँ एक संस्कृतिमा अनुरक्त राष्ट्रका समुदायले अर्को समुदायको संस्कारका प्राणी मात्रलाई नै प्रेय, गेय लाग्नु साश्वत सत्य । आफू पनि उही कोटीका प्राणी । पत्याउनुस्, नकार्नुस् ठाउँमा आफ्नै । नेपाली भोजपुरी कोकिटाको लबेदा सुरुवाल, ढाकाटोपी शिरपोश, सासूकी छोरीले बुनेको उनीको गलबन्दी, स्वेटर लाएर कक्षा प्रवेश गरेथेँ । कक्षाकोठा प्रवेश गर्दै सहपाठी एक मित्रको आँखा मेरै शिरपोशमा गढेथ्यो । एड्वार्डले पेटारो कसे । ग्वंगः तपाईंको शिरपोश धार्मिक आग्रहयुक्त छ ? मन उद्वेलित भयो । यी पश्चिमेलीहरू हामीलाई धार्मिकबाहेक अर्को दृष्टि दिन सक्दो रहेनछन् । मनमनै भनेँ । सम्हाल्दै बोलेँ । एड् शिरपोशमा मेरो धार्मिक अनुस्थान छैन र नि एड् छन् भने प्रचुर मात्रामा पर्यावरणीय मात्र ! धार्मिक अनुस्थान त तपाईंको नेकटाइमा देख्छु प्रचुर मात्रामा ! एड ः तात्पर्य यहाँको ? जिज्ञासा पोखे उनले । भन्दै गरुँला लाम कसेर । धैर्य गरी मनन गर्नु हुन अनुनयविनय मेरो ।

पर्यावरणीय प्रभाव भने अघि । पर्यावरणीय प्रभाव प्रकृतिकै देन । कुनै प्रविधि÷विज्ञानले गरेको नभई स्वस्फूर्त अविर्भाव । लाग्छ वैज्ञानिक प्रविधिको नव आविर्भाव अनि आविष्कार प्रकृति र पर्यावरण अध्ययन– अनुसन्धानकै प्रतिफल बन्छ, बनेको हो मनको अठोट मेरो । आविर्भाव आविष्कारका जनजी बन्छ । भाव पहिले नबनी आविष्कार हुन्न, गरिन्न । आविष्कार गर्ने भाव अर्थत आविर्भाव ! भाव÷भावना÷मनको सङ्कल्प ! सङ्कल्प पहिलो मुहूर्त । मुहूर्त पहिलो चरण । आविष्कार दोस्रो पाद । स्नेहको पुरश्चरण मोहक दर्शन । आँखा दर्शनका सुगम इन्द्रिय द्वार । सबै हाम्रा मर्म भेदक आङ्गिक द्वार ! छक्क परे अनकन्टार हिमाली जीवका अनुभूतिमा तिनी ! मौकामा चौका दाउ हान्न नेपाली चुकेका हुन्थे कहाँ ? दोस्रो विश्वयुद्ध लडी फर्केका वीर गोर्खा रिजिमका स्वानुभूति चाखेको अनुरक्तिका मिठास बिर्सेको छुनै कहाँ... ! लडाइँ लड्दा रसदपानी नहुँदा उनीहरूले घोडा ढले पडेकाका जगल्ते–पाल जलाई अधकल्चो मासुले धानेका ज्यान त्यो ! पाखुरी बजाएको अझै ताजा सम्झना । कामयाव छ यो ८९ औँ वर्षगाँठ पर्यन्त !

पालो मेरै कुर्दै थिए उत्सुकता भरीको जिज्ञासाले । ग्वंगः उवाच गरेँ । नेकटाईमा धार्मिक आस्था अन्तर्निहित छ । भन्नुको तात्पर्य टाई सिम्बोल÷प्रतीक व्रmुसिफिकेसनको ! व्रmाइस्टले आस्थाविपरीत अभिव्यक्ति दिँदा २०२३ वर्ष अगाडि नै धर्मगुरु व्रmाइस्टलाई सुली चढाएथे । दुवै हातगोडा टाँगी घाँटीमा किल्ला ठोकी देहान्त गराए । देहावसान पछाडि व्रmुसिफिकेसनबाट निकाले प्राणविहीन देह पर लखतरान ! लखतरान देह लाब्राकलुब्रुक । शिर निहुरिए । दुवै हात फœयाकफुत्रुक झुन्डिए । गोडा दुवै लल्लिमच्वात टन्किए । हुर्मत यस्तै यस्तै । नेकटाई बिम्ब । टाई नट व्रmाइस्टको शिर । लखतराना हात गोडा टाईकै तल्लो शरीर भाग । प्रतीकात्मता सिम्बोलिजम । सिम्बोलिजम प्रतीकात्मकता । भाषान्तरित अर्थमा एकरूपता– समग्रता । विश्वरूप दर्शन । विश्वभरीका हामीमा तिनीहरू । तिनीहरूमा हामी । एकापसमा भावनात्मक सहअस्तित्व । हाम्रो काख उनीहरू । उनीहरूकामा शिरान हाम्रा । एकापसमा आडभरोसा । सहअस्तित्वका धरो । समाधिस्थल– विश्वभूमि । विश्व ब्रह्माण्ड । विश्व नै ब्रह्ममय अण्ड । ब्रह्म नै अण्ड । प्रजननका अनन्त सम्भावना । बिन्दु नै सिन्धु । सिन्धु यथार्थमा बिन्दु करोडौँ अर्बौंका मिलन सिन्धु स्वरूप ।

भादगाउँले ठिटो यो ग्वंगः । गलगन्थका अनेक आयाम बोक्छन् । बोकी रहन्छ निरन्तर । अबोध बालापनको ताजा सम्झना । भोटोसुरुवाल पहिरन । चार पाँचबर्षे बालक । जेठो मामा विश्वबहादुर मल्ल । भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लका सन्तान दर सन्तान । खौमाबहाल घर मजबुत अति दरो बहाल घर १९९० माघ २ गतेको महाभूकम्प थेगेको । कान्छो मामा विज्ञानबहादुर मल्लबाट सुनिजानेको । बैठक कक्षका भित्ताको लेवन स्थानीय साधन, प्रविधि, सीप संयुक्त भित्ताको लेवन । तिनमा प्रयुक्त विधि आश्चर्यजनक ! बालककालको अबोध चेतभरि सूक्ष्म थोपाका अवशेष । ताजै छ अझै । खोज अनुसन्धानका अजस्र स्रोत । त्यही बैठक कक्षको पश्चिम भित्तामा जेठो मामा विश्वबहादुर मल्लको ओभलसेप (अन्डाकार) भूमिमा गेभाकलरमा रङ्गिएका बोलिहाल्दा लाग्दो चित्र टाँगिएको । अद्यपि जस्ताको तस्तै छ । ठिक मुन्तिर आइरन– सेफ यथावत् अझै । आइरन सेफ फलामे सन्दुक । बहुमूल्य पदार्थहरू सुरक्षित राख्ने वस्तु । मामाका बोलिमा आइरन सेफ = फलामे सुरक्षा वस्तु । खुल्दुलिरहन्छ भित्री तह । फुच्चे भादगाउँले नेवार बच्चु केटो वाल्ल टोलाई बस्दो । मामाको घाँटीमा माउसुली... ! कहाँबाट झुन्डिन पुगेँ... ? टाई नट... माउसुलीको टाउको ! अरू माउसुलिको जिउ, पुच्छर ! छिप्दै गएछि उमेर, मामाले सम्झाउनु भयो । नेक टाई होे त्यो । अङ्ग्रेज पुरुषहरूले कमिजमाथि घाँटीमा लाउने– कस्ने पहिरनको अभिन्न अङ्ग । शोभा सामग्री ! अलि हुर्की– बढी सक्दा मामाले सम्झाउनु भो ! राज्चा ! छोटकरीमा –राजाको राज्चा ! नेपालभाषा विज्ञानको अन्तर्य । राजाको– राज्चा । भाइको भाइचा । दाइको दाइचा । ‘चा’ अन्त्यानुप्रास । ‘चा’ शब्दको अर्थ माटो । चा = भूमि । भूमि उर्वर हुन्छ । ‘चा’को लाक्षणिक अर्थ – प्यारो केटाकेटी । हर्लक्क हर्लक्क बढ्ने लक्षण – गुण । भाषा विज्ञानले गरेको अनुशिक्षण । सिक्न पाएको ज्ञान कुञ्ज । बनिरहेछु । कुञ्ज बिहारी नित – नित्य !

नियमित चव्रmमा परिव्रmमण÷परिव्रmमा जेभनौँ भनौँ । आआफ्ना धार सोचाइका । छेकबार छन् नै कहाँ र । लोकतन्त्रको उपहार– उपादेयता... ! त्यसमै गरेको रजाइँ मोहक । आनन्ददायक– मनमोहक । मनमोहकताकै प्रतिफल लटरम्म झुलेको झुल्यै छ । टिप्न स्वतन्त्र इच्छुक मर्मज्ञ जनानुभावकवृन्दलाई ... । प्रसङ्ग मामाको घाँटीको अबोध जिज्ञासा ! माउसुली झुन्डिनुको । फेरिँदै बदलिँदो जिज्ञासा । भनौँ खुल्दुली लहड । लहड भनौँ उत्सुकता जान्ने रहरका । जान्ने लहड अतृप्त रहन्छ । तृप्त हुँदा तृप्यन्ताम् भइन्छ । तृप्यन्ताम् देववाणी । देववाणी संस्कृत भाषा । सत्ययुगमा बोलिने कण्ठनाड । अनकण्टार भए । कलिगत समय कलह, द्वेष, क्लेष, द्वन्द्व प्रधानकाल । असन्तुष्टि बढ्दाबढ्दैका परिणति हुन्छ– महाहत्या– आत्महत्यामा । असन्तोषका चरम बिन्दु आफैँमाथिको प्रहार । हो, त्यही नै आत्महत्या घात = आफैँप्रतिको । वर्तमानको पीडा भुक्तमान आलो आजको यथार्थ ! 

मामा विज्ञानबहादुर मल्ल, श्री ३ चन्द्रकै बिगबिगी शासनकाल ! चीनको साङ्घाई प्रान्तमा यात्रा भरिरहेको । अचानक सामुद्रिक तुफान चलेथ्यो । दुरदराज घन्कने आपतध्वनि घन्काइयो भोँ..पोँ... भोँ...पोँ...! जहाज त्यत्रो भीमकाय... स्वरूपको । भरै हो कि अहिल्यै... भगवान् भरोसा । यसरी जहाज डोलायमान भयो– ठोक्किए जहाज भित्री यामानको पेच किल्ला– नटबोल्टमा । ठोक्किएर नीलदाम चोटमा तत्कालै मल्हमपट्टिए । बिस्तारै शान्त हुँदै गएको वर्णन गुञ्जिरहेको स्वर मामाकोे, श्रवणेन्द्रीयमा । त्यतिन्जेलै आकाशवाणी आएर हुत्तिन पुगे । नेपालबाट चन्द्र शमशेरले मामाकै हुलिया दिएर खोजतलास गरेको रैछ । बेडाभित्र त्यस्ता कुनै व्यक्ति नरहेको जवाफ दिएको जहाजी यन्त्र धर्म जाने । धर्म त जीवन कर्मकै क्षण बुझेँ । समयले हुर्कायो मलाई । समयसितै हुर्केम । उमेरको लर्को सितै बढ्ने– प्रकृति नियम । मामाले गर्नु भो क्षणमै शिक्षण । आर्जे शिक्षा । भन्नु भएको अहिले झैँ लाग्छ– राजा तिमीले टाई कहिल्यै नतानेस्... ! किन मामा ? तान्दा पासो बन्छ; साँस बन्द हुन्छ । 

मनमा लाग्यो तत्काल । भने आफैँसित; टाई त पासो पो रैछ ! यी अनुभूति पस्काएँ । व्रmसकल्चरल ÷ इन्टरकल्चरल कम्युनिकेसन कक्षामा । एक एक गरी अनुभूतिका फुकाएँ पेटारो । फेरि पनि एड्वार्ड मसित हैन । प्राध्यापक ज्याक बेनसित । मगनमस्त सुनि रहेथेँ– कक्षाको आपसी वार्तालाप । ज्याकले भन्दै जानुभो– विमति मेरो कुनै नास्ती । ग्वंगःले गरेका अभिव्यक्तीकरण एकदम तर्कयुक्त । अन्तरसांस्कृतिक संवाद कक्षा टुङ्गियो । प्रोफेसर ज्याकको अभिव्यक्तिसितै ... !