• १३ असोज २०८१, आइतबार

जोशीलाई एनएलजी कलाश्री सिर्जना पुरस्कार

blog

काठमाडौँ , कात्तिक २१ गते । कवि शकुन्तला जोशीलाई एनएलजी कलाश्री सिर्जना पुरस्कार प्रदान गरिएको छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले आयोजना गरेको विशेष शान्ति कविता गोष्ठीमा जोशीलाई पुरस्कार प्रदान गरिएको हो । कवि तुलसी दिवसलगायतका अतिथिले कवि जोशीलाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो । 

काठमाडौँमा आयोजित कार्यक्रममा कवि तुलसी दिवसले आफ्नो चर्चित कविता ‘हिँड्दा हिँड्दै...’ वाचन गर्दै कविता गोष्ठीको उद्घाटन गर्नुभएको थियो । उहाँले प्रतिष्ठानले निरन्तर गर्दै आएको कामको प्रशंसा पनि गर्नुभयो । गोष्ठीमा कविहरू विधान आचार्य, विश्वविमोहन श्रेष्ठ, उषा शेरचन, एसपी कोइराला, वसन्त श्रेष्ठ, प्रतीक ढकाल, डा. कृष्णराज डिसी, शकुन्तला जोशी, रामगोपाल आशुतोष, सोझो गाउँले, मोहित जोशी, कविता राई, रसिक राज, उमेश अकिञ्चन, मौन आवाज, प्रेमिला राईले आआफ्ना कविता वाचन गर्नुभयो । प्रतिष्ठानका संरक्षक डा. विमल कोइरालाले साहित्यले मुलुकको सभ्यताको परिचय दिने बताउनुभयो । प्राडा गोविन्दराज भट्टराईले प्रकाशित कृति कलाश्रीमाथि समीक्षात्मक टिप्पणी गर्नुभयो ।