• १३ असोज २०८१, आइतबार

रङ्गकर्मी विमललाई अवार्ड

blog

काठमाडौँ, मङ्सिर १४ गते । रङ्गकर्मी विमल सुवेदीले थाइल्यान्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा मोस्ट कियटिभ डिरेक्टरको अवार्ड प्राप्त गर्नुभएको छ ।  इ प्लानेट इन्टरनेसनल सिङ्गापुर र थाइल्यान्डले आयोजना गरेको अवार्डका लागि संसारभरका ३० भन्दा बढी देशबाट आठ हजार ९७० दाबेदार थिए । सबैलाई उछिन्दै विमलले सो अवार्ड हात पार्नुभएको हो । केन्याका राजदूतश्री लिन्ड्से किमवलकिपतिनेस र मङ्गोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रूपमा विमल सुवेदीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो । 

२०१३ सालमा विमलले थाइल्यान्डमा चार हजारभन्दा बढीको सङ्ख्यामा रहेका महिला कैदीलाई थाइल्यान्डकै केन्द्रीय जेलभित्रै थिएटर फर रिह्याबिलिटेसन वर्कसप गर्नुभएको थियो । जसले उनीहरूमाथि परिवर्तनकारी काम गरेको थियो र यसको थाइल्यान्डको प्रेसले पनि प्रशंसा गरेको थियो ।  विमलका यस्ता धेरै काम र उहाँका २० वर्ष लामो योगदानको कदर गर्दै थाइल्यान्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत, मोस्ट क्रिएटिभ डिरेक्टर अवार्ड २०२३ प्रदान गरेको हो ।