• १३ असोज २०८१, आइतबार

‘सिलीदुङ’ सार्वजनिक

blog

काठमाडौँ, पुस २ गते । कवि गिलु रातोसको ‘सिलीदुङ’ कवितासङ्ग्रह सार्वजनिक भएको छ । विश्लेषक आहुति, राजनीतिकर्मी माइला लामा, लेखिका प्रणिका कायु र कवि रातोसले सार्वजनिक गर्नुभएको हो । 

कृतिमा ४४ वटा शीर्षकका छोटा कविता समेटिएका छन् । चार खण्डमा विभाजन गरिएका छन् । पहिलो खण्ड ‘प्रतिरोध’ अन्तर्गत ‘आगोको व्यापार’, ‘फूलकुमारी हराएको रात’, ‘देब्रे हातको सलाम’, ‘मेरो हुलियाको आवरण’, ‘मृत्यु जितेर उभिएको कवि’ लगायत १६ शीर्षकका कविता रहेका छन् ।

त्यसै गरी दोस्रो खण्ड ‘मिथक र अस्तित्व’ अन्तर्गत ‘राममणिलाई उल्काको खबर’, ‘इन्द्रेणीको विरुद्धमा’, ‘चराको गीत’, ‘लाटोकोसेरोको उदास गीत’, ‘रङको सौन्दर्य’, ‘आमाको बाडुली’ लगायत १९ शीर्षकका कविता छन् । चौथो खण्ड ‘चुलो’ अन्तर्गत ‘उभौली सम्झना’, ‘चिहानको सहरमा’, ‘पहिलो प्रेमको अभिलेख’, ‘युद्धमा फर्कन लागेको प्रेमी’ लगायत नौ शीर्षकका कविता छन् । 

अन्तिममा ‘गौनसे दाइ’ शीर्षकमा स्वर्गीय कलाकार तथा कवि अर्जुन खालिङको सम्झना समेटेका छन् ।