• १३ असोज २०८१, आइतबार

मण्डलामा ‘पगला घोडा’

blog

काठमाडौँ, पुस ३ गते । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटकघरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । साथै नाटकको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । 

पुस १२ गतेबाट माघ ६ गते सम्म नाटक मञ्चन हुँदै छ । नाटक भारतीय नाटककार बादल सरकारको कथाबाट अनुवाद गरिएको छ भने नाटककार १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकका लागि परिचित हुनुहुन्थ्यो । 

घनश्याम श्रेष्ठको निर्देशन रहेको नाटकको प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारीलगायत मञ्चमा देखिँदै हुनुहुन्छ । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गर्नुभएको हो भने उहाँलाई अनुवादमा आलेख सुपरिवेक्षकका रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गर्दै हुनुहुन्छ ।