• ५ असार २०८२, बिहिबार

दाउरा प्रहार गरी हत्या गर्ने दुई पक्राउ

blog

पक्राउ परेका राम लामा र बुद्ध सारू मगर । तस्बिर: गोरखापत्र

अमरराज नहर्की

तनहुँ, असार ५ गते । दाउरा प्रहार गरी हत्या गर्ने दुई जनालाई तनहुँ प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।

मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–.३ हटिया घर भई  तनहुँको देवघाट गाउँपालिका– ५ मा ज्याला मजदुरी गरी बस्ने वर्ष ४२ को राम लामा र सोही ठाउँमा मजदुरी गर्ने पाल्पा जिल्लाको तानसेन नगरपालिका– ८ नयाँपाटी घर भएका वर्ष २८ को बुद्ध सारू मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई देवघाट गाउँपालिका– ५ का वर्ष ३२ को प्रकाश पौडेल हत्याको अभियोगमा पक्राउ गरिएको हो । 

घर देखि करिब ३०० मिटरको दुरीमा रहेको कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयहरूले देखि तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन लगिएकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।