साहारा लिम्बू
फुङलिङ, असार ५ गते । सिदिङ्वा गाउँपालिकाले आर्थिक वर्ष २०८२(८३ का लागि साढे ४४ करोड बढी रुपियाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । विहीबार भएको गाउँपालिकाको १७ औं गाउँसभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।
पालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्णकुमारी कडरियाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । जसमध्ये आन्तरिक स्रोतबाट ५ करोड ४७ लाख ७५ हजार ४५२ रुपियाँ, वित्तिय समानीकरणबाट १० करोड ३० लाख, राजश्व बाँडफाँडबाट ८ करोड २२ लाख र प्रदेश अन्तर्गत वित्तीय समानीकरणबाट ९२ लाख २३ हजार रुपियाँ आय हुने अनुमान गरिएको छ।
त्यस्तै, प्रदेशको राजश्व बाँडफाँटबाट ५१ लाख ७६ हजार, रोयल्टी बाँडफाँट १ लाख ५० हजार र स्थानीयको राजश्व बाँडफाँटबाट ६ लाख रुपियाँ प्राप्त हुने विवरण उपाध्यक्ष कडरियाले पेश गर्नुभएको बजेटमा उल्लेख छ । त्यस्तै, सङ्घीय सरकारको ससर्त अनुदानबाट १९ करोड १ लाख रुपियाँ आय हुने अनुमान गरिएको छ ।