• १५ साउन २०८२, बिहिबार

बागमतीमा तीन मन्त्री नियुक्ति गर्ने तयारी

blog

बागमती प्रदेश

स्मिता अर्जेल
मकवानपुरगढी, आउन १४ गते ।
बागमती प्रदेशमा तीनजना सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको छ । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको लामाका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट लामाले मङ्गलबार मात्र विश्वास गुमाउनुभएको छ । उहाँका अनुसार मन्त्री नियुक्त हुन लागेका दुई जना चितवन र एक जना धादिङका सांसद रहेका छन् । सांसद गोविन्द लम्साल (धादिङ) तथा गीता गुरुङ र माया श्रेष्ठ (चितवन)लाई मन्त्री नियुक्त गर्न लागिएको हो ।

उहाँका अनुसार हालको निर्णयमा लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय र श्रेष्ठ र गुरुङलाई क्रमशः सहकारी र युवा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी छ । उहाँहरूलाई आजै ११ बजेसम्म शपथ दिलाउने तयारी छ ।

बागमतीमा कांग्रेसले सम्हालेको पाँच वटा मन्त्रालयमा मन्त्री रिक्त छन् । यसअघि साउन ९ गते चार जना र १३ साउनमा एक जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।