• १३ असोज २०८१, आइतबार

विकल वाङ्मय पुरस्कार त्रिपाठीलाई

blog

काठमाडौँ, पुस ८ गते । रमेश विकल साहित्य प्रतिष्ठानले २०८० को रमेश विकल वाङ्मय पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ । शनिबार प्रतिष्ठानले विकलको पुख्र्यौली थलो आरुबारीमा १५ औँ विकल स्मृति सभाको अवसरमा नेपाली वाङ्मयका विशिष्ट साधक त्रिपाठीलाई सम्मान गरेको हो । पुरस्कारको राशि नगद ५० हजार रहेको छ । 

विकलका नाममा स्थापित अन्य पुरस्कार पनि विभिन्न स्रष्टा तथा संस्थालाई प्रदान गरियो । जस अनुसार रमेश विकल–सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २० हजार रहेको छ । यसै गरी रमेश विकल सिर्जना पुरस्कार माधव काफ्ले (रौतहट) लाई प्रदान गरियो भने रमेश विकल बाल साहित्य पुरस्कार रामबाबु सुवेदी (कास्की) लाई दिइयो । साथै रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार सत्यदेवी खड्का (दैलेख) लाई प्रदान गरिएको छ । रमेश विकल कला–सङ्गीत पुरस्कार कलाकार सुवास गजुरेललाई प्रदान गरियो । यी सबै पुरस्कारको राशि नगद १० हजार रहेको छ ।