• १३ असोज २०८१, आइतबार

‘वाणीका बान्की’ प्रकाशित

blog

काठमाडौँ, पुस ७ गते । अङ्ग्रेजी भाषामा रहेका महत्वपूर्ण सूक्तिहरूको पद्यानुवाद गरिएको कवि प्रह्लाद पोख्रेलको कविताकृति ‘वाणीका बान्की’ प्रकाशित भएको छ । छन्दोबद्ध कविताको परिमार्जन र उन्नयनका लागि २०५३ सालदेखि सक्रिय ‘कोकगोष्ठी’ नामक संस्थाले कृति प्रकाशन गरेको हो । 

प्रा. सीताराम अधिकारी र प्राडा जयराज आचार्यको भूमिका रहेको प्रस्तुत पुस्तकमा कविले चार खण्डमा विभिन्न २१ वटा वार्णिक छन्द प्रयोग गरी ८३१ अङ्ग्रेजी सूक्तिको एक हजार श्लोकमा पद्यानुवाद गर्नुभएको छ । कलाकार रमेश पौडेलको आवरण कलाले सजिएको पुस्तक ३७६ पृष्ठको रहेको छ ।