ज्येष्ठ नागरिक : जीवन भोगाइका पाठशाला
राष्ट्रिय ज्येष्ठ नागरिक कोष भृकुटीमण्डप काठमाडौँले हालै ‘शताब्दी व्यक्तित्व’ नामक जर्नल प्रकाशन गरेको छ । जहाँ देशभरबाट सङ्कलित ६१ जना शताब्दी व्यक्तित्वको छोटो बायोग्राफी समेटिएको छ । गत असोजमा प्रकाशित सो जर्नलमा सय वर्ष बढी बाँच्नेहरूको जीवन भोगाइ तथा बाँच्नुको अनुभव समेटिएको छ । जुन अनुभव अहिलेका युवा पुस्ताका लागि जीवन जिउने शिक्षा र आधार बन्न सक्ने विश्वास गरिएको छ । पहिलो कुरा सय वर्ष बाँच्नु जीवनको ठुलो
त्याङबोचे पुग्दा...
डाँडाका टुप्पामा पहेँलो गजुर ! दिबुचे डुल्दै खोला छेउमा थिएँ म । अलिक अग्लो ढिस्कोमा उभिएर हेर्दा पश्चिमतिर आँखा पुगे थे । अग्लो डाँडालाई घेरेथ्यो हरियालीले । खुम्बिलाका धारिला ढुङ्गेनी सुइरामा अलेली हिउँ थिग्रेका थिए । आँखा तिनै ढुङ्गेनी खोँच र सुइरा हेर्दै खोला तरेर थुम्कामा आइपुगेँ । ‘त्यो त्याङबोचेको गुम्बा !’ निधार कन्याइरहेका बीरु मगर बोलेका थिए । यही एक शब्दले अथाह भक्तिभाव र अनन्त प्रेम पोखेको थियो । झन्डै २० वर्षदेखि मैले त्याङबोचे सुनेँ, दिबुचे सुनेँ, नाम्चे सुनेँ । त्यत्तिकै सुनेँ काला पत्थरको नाउँ पनि । कसैले चोमोलुङमा भने पनि, कसैले जोमोलुङमा भने पनि नेपालीका ओठले भन्ने गरेको छ– सगरमाथा । त्यसो त अङ्ग्रेजीसँग नसनाता बढ्ता गाँसिँदै गएकाले माउन्ट एभरेस्ट भनेर फुर्तीफार्ती गर्नेको सङ्ख्या पनि कम्ताको कहाँ छ र ! तर मैले त सगरमाथा जत्तिकै सुनेको नाम थियो– त्याङबोचे ।
पोखरामा साहित्य महोत्सव
आगामी फागुन ३ बाट पोखरामा साहित्य महोत्सव हुने भएको छ । बुकवर्म फाउन्डेसनले फेवाताल किनारको लेकसाइडमा आयोजना गर्ने सूर्य नेपाल गाथा नेपाल लिट्रेचर फेस्टिभलमा ५८ वटा सत्र रहने छन् । आयोजकले पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ११ औँ संस्करणको यो महोत्सव फागुन ७ सम्म चल्ने छ । महोत्सवमा दुई सयभन्दा बढी वक्ता रहने छन् ।
स्वर्गीय अमर नेम्वाङ साहित्य स्मृति पुरस्कार तुम्खेवा र बाँस्कोटालाई
साहित्यकार अमरराज नेम्वाङको स्मृतिमा स्थापना भएको स्वर्गीय अमर नेम्वाङ लिम्बू स्मृति साहित्य सम्मान स्रष्टा द्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई प्रदान गरिएको छ।
ललितकलामा ‘सम्झनामा बालकृष्ण सम’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बालकृष्ण समलाई सापेक्ष रूपमा चर्चा गर्नुभन्दा पनि तत्कालीन अवस्थामा रहेर हेर्नु वाञ्छनीय हुने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार आयोजित ‘सम्झनामा बालकृष्ण सम’ विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “उहाँ समग्र कला, साहित्य क्षेत्रको अभिभावक मात्र नभई बहुआयामिक व्यक्तित्व हो ।”
‘कल्पान्तर’ मञ्चन
नाट्यसम्राट बालकृष्ण समको १२२ औँ जन्मजयन्तीको अवसरमा देशैभरि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । यसै अवसरमा सांस्कृतिक संस्था जमलले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर समको जन्मजयन्ती मनाइएको छ । सांस्कृतिक संस्थानमा विभिन्न विधामा प्रशिक्षण लिएका प्रशिक्षार्थीले आफ्नो आफ्नो विधामा प्रस्तुति दिएका छन् ।
‘सम्झनामा बालकृष्ण सम’
१२२ औँ सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तरक्रिया, कविता वाचन, चित्रकला र वृत्तचित्र प्रदर्शनी कार्यक्रम गरिएको छ ।
मत्स्येन्द्र्नाथ र भोटो जात्रा तस्बिर प्रदर्शनी
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा रातो मत्स्येन्द्र्रनाथ र भोटो जात्राबारे तस्बिर प्रदर्शनी सुरु भएको छ । सङ्ग्रहालयको २१ औँ स्थापना दिवसका अवसरमा पाटन दरबार सङ्ग्रहालय र हनुमान ढोका दरबार सङ्ग्रहालयको सहकार्यमा सो प्रदर्शनी गरिएको हो ।
बालनाटक महोत्सव
लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भनेको हरेक वर्ष आयोजना गरिने महोत्सव हो । यसमा विभिन्न देशका कलाकार आएर आफूले तयार पारेका नाटक प्रस्तुत गर्ने हुने रहेछ । तीन दिनसम्म लगातार नाटक प्रस्तुत भयो । स्वस्तीश्री गुरुकुल आई. वल्र्ड स्कुलको आयोजनामा भएको महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, फ्रान्स, स्लोभाकिया, पोल्यान्ड, श्रीलङ्का, इजरायल र थाइल्यान्डका रङ्गकर्मीको सहभागिता रहेको नाटकको निर्देशक तथा परिकल्पना भने रङ्गकर्मी टङ्क चौलागाईंले गर्नुभएको थियो ।
चर्यानृत्यको लोकप्रियता बढ्दै
ससाना बालबालिकादेखि युवापुस्तामाझ चर्यानृत्यको लोकप्रियता बढ्दै गएको छ । बौद्ध धर्मको वज्रयानी वज्राचार्य गुरुहरूले परम्परादेखि पूजाकोठाभित्र अभ्यास गर्दै आएका चर्यानृत्य संरक्षण गर्नुपर्ने उद्देश्यले ससाना बालबालिकालाई सो प्रशिक्षण दिइन थालेको छ । पछिल्लो दिनमा यो नृत्यप्रति अभिभावकदेखि बालबालिकाको आकर्षण बढ्न थालेको सरोकारवालाले बताएका छन् ।
तीन कविलाई व्यथित काव्य सम्मान
साहित्यिक पत्रकार सङ्घले समकालीन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गर्नुभयो ।
रामदी पुलमा उभिएर
यतिबेला म रामदीमा कालीगण्डकी महानदीमाथि बनेको सानो पुलमा उभिएको छु । सत्ते, उहिल्यै “रामायणकालमा चौध वर्ष लामो वनवासकालमा भगवान राम, सीता र लक्ष्मणको भ्रमण एवं विश्रामस्थल भएको”
‘यादको मूर्च्छना’को विमोचन
गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ।रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो।
कथा सङ्ग्रह ‘मृत्युफूल’ लोकार्पण
नेपालगञ्जका अग्रज पत्रकार तथा साहित्यकार गणेशबहादुर जिसीको कथा सङ्ग्रह मृत्युफूलको विमोचन गरिएको छ । कथा, कविता र नाटक विधामा रुची राख्ने साहित्यकार जिसीको यो सातौं कृति हो ।
चित्रकलामा लोकबाजा
नेपाली लोकबाजा सङ्ग्रहालयमा सङ्ग्रह गरिएका लोपोन्मुख लोकबाजासम्बन्धी चित्रकला क्यानभाषमा लोकबाजा प्रदर्शनी गरिएको छ । योङ पिकासोको संयोजनमा लोकबाजा सङ्ग्रहालयले त्रिपुरेश्वरस्थित सङ्ग्रहालयको प्राङ्गणमा आयोजित लोकबाजाको चित्रकला कार्याशालाको आयोजना गरी सिर्जना गरिएका चित्रकलाको पाटन सङ्ग्रहालयमा प्रदर्शनी भइरहेको छ । चित्रकला प्रदर्शनीमा लोपोन्मुख २५ बाजाका चित्र राखिएका छन् । सो प्रदर्शनी आइतबारसम्म सञ्चालन हुने छ ।
किताब बेच्दै डा.महावीर पुन : दुई करोड ५५ लाख संकलन
वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा बैतडी पुग्नुभएको छ । डा.महावीर पुनको जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ आफै बैतडी पुग्नुभएको हो ।
‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशित
अर्जुन चौपारी गाउँपालिका–४ का लेखक सागर चापागाईँको ‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशन भएको छ ।
नेपाल कल्चर फेस्टिवल गर्ने तयारी
देशभरिको कला र संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यसाथ आगामी फागुन २४ र २५ गते यहाँ ‘नेपाल कल्चर फेस्टिवल’ आयोजना गरिनेभएको छ ।
अविवाहित (कथा)
त्यस बखतको कुरा हो, जब देव कलेजमा पढ्थ्यो । त्यतिखेर अहिलेका विद्यार्थी जसरी बाइक चढेर कलेज जाने चलन थिएन । हिँडेर वा पब्लिक बस चढेर कलेज जानुभन्दा अर्को विकल्प थिएन । अहिले जस्तो टुटल वा इनड्राइभर पनि त थिएन । अहिले देव शरीर तन्दुरुस्त राख्न दिनमा सात/आठ किलोमिटर हिँड्थ्यो । कहिले कता, कहिले कता । यात्रा सुरु गर्दा सानो पछाडि भिर्ने झोला, झोलाभित्र पानीको बोतल, एउटा किताब, नोटबुक, डट्पेन पनि राख्ने गथ्र्यो । असोजको महिना थियो । न त गर्मी न त जाडो नै थियो । कहिले छायाँतिर, कहिले घामतिर गर्दै देव पैदल हिँड्न थाल्यो । बाटाका दृश्यहरू हेर्दै म
पुरुष र नारी प्रकृतिका सुन्दर उपहार
राहुल यशोधरा संवाद नेपाली साहित्यका प्रतिभाशाली स्रष्टा लालगोपाल सुवेदी (२०२७) द्वारा रचना गरिएको एक सशक्त गीति नाटक सङ्ग्रह हो । यसमा बौद्ध मिथकसँग सम्बन्धित राहुल यशोधरा संवाद र अँगुलीमाल गरी दुई वटा गीति नाटक सङ्गृहीत छन् भने अर्को योगमाया र धर्मसभा गीति नाटक चाहिँ ऐतिहासिक विषयवस्तुमा आधारित छ । गीत, सङ्गीत र अभिनय कलाको त्रिवेणी नै गीति नाटक हो । गीति नाटकमा गीतले नै आख्यान तन्तुलाई पनि डोहो¥याएको हुन्छ । नेपाली सा
पर्यटक तान्दै चित्रकला
खोटाङ ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलले भरिपूर्ण जिल्ला हो । विगतमा पनि फाट्टफुट्ट पर्यटक जिल्ला नआएका हैनन् तर जति आउनुपर्ने थियो, त्यति पर्यटक जिल्ला आएका छैनन् । जस कारण जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई देश–विदेशमा चिनाउन ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ आयोजना गरियो ।
गङ्गालाल, समयको पीडा र ‘दी जु स्टोरी’ मञ्चन
शिल्पी थिएटर, बत्तिसपुतलीमा आजबाट सहिद गङ्गालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गङ्गालाल’ मञ्चन सुरु भएको छ । गङ्गालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शङ्करको लेखन तथा निर्देशनमा तयार भएको हो । नाटकमा सहिद गङ्गालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसका रूपमा प्रस्तुत गरिएको निर्देशक चे शङ्करले बताउनुभयो । विक्रम संवत् १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गङ्गालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उहाँले बताउनुभयो । नाटक गङ्गालालमा सहिद धर्मभक्त, शुक्रराज, दशरथका साथै तत्कालीन नेताहरू टङ्कप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन् । विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारले गङ्गालाललाई फरक पाटोबाट चिन्नु र हेर्नुपर्ने लेखक निर्देशक चेले बताउनुभयो । सहिद दिवसको सन्दर्भमा प्रदर्शन गरिएको यो नाटक बुधबार नाचघरमा प्रथम मञ्चन गरिएको थियो ।
मिसेस नेपाल उपाधि सृष्टिलाई
मिसेस नेपाल क्यानडा–२०२४ को उपाधि सृष्टि श्रेष्ठले हात पार्नुभएको छ । १० प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले ताज आफ्नो नाममा पार्नुभएको हो । निर्णायकमण्डलबाट तपाईंलाई यो संसारमा सबैभन्दा बढी के कुराको कमी छ जस्तो लाग्छ भन्ने प्रश्नमा श्रेष्ठले यो संसारमा सबैभन्दा बढी सहानुभूतिको कमी रहेको जवाफ दिनुभएको थियो । सोही जवाफले उहाँले उपाधिको हकदार बनायो । उहाँले करुणा प्रायः पछाडि परेको संसारमा सहानुभूतिको एकदमै आवश्यक रहेको बताउँदै सहानुभूतिलाई संस्कार, संस्कृतिका रूपमा अँगाल्नसमेत सबैलाई आग्रह गर्नुभयो ।
चराविज्ञ कलाकार हेम पौडेलको निधन
वरिष्ठ चरा चित्रकार चराविज्ञ हेम पौडेलको निधन भएको छ। अल्जाइमर, मुटु तथा मिर्गौला रोगले पीडित पौडेलको गङ्गालाल अस्पतालमा बुधबार साँझ उपचारको क्रममा निधन भएको हो।