• १३ असोज २०८१, आइतबार

मिसेस नेपाल उपाधि सृष्टिलाई

blog

काठमाडौँ, माघ १९ गते । मिसेस नेपाल क्यानडा–२०२४ को उपाधि सृष्टि श्रेष्ठले हात पार्नुभएको छ ।  १०  प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले ताज आफ्नो नाममा पार्नुभएको हो । 

निर्णायकमण्डलबाट तपाईंलाई यो संसारमा सबैभन्दा बढी के कुराको कमी छ जस्तो लाग्छ भन्ने प्रश्नमा श्रेष्ठले यो संसारमा सबैभन्दा बढी सहानुभूतिको कमी रहेको जवाफ दिनुभएको थियो । सोही जवाफले   उहाँले उपाधिको हकदार बनायो । उहाँले करुणा प्रायः पछाडि परेको संसारमा सहानुभूतिको एकदमै आवश्यक रहेको बताउँदै सहानुभूतिलाई संस्कार, संस्कृतिका रूपमा अँगाल्नसमेत सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा फस्र्ट रनरअप र मिसेस् फोटोजेनिकको उपाधि अलिशा राजभण्डारीले प्राप्त गर्नुभयो भने रेश्मा थापाले दोस्रो रनरअपमा चित्त बुझाउभयो । एमी कर्माचार्यले मिसेस् ट्यालेन्ट अवार्ड र श्याम लिम्बूले मिसेस् पब्लिक च्वाइस अवार्ड जित्नुभयो ।