‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरूले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गर्नुभएको हो
चिनियाँ तस्बिर प्रदर्शनी
नेपाल र चीनबिच सांस्कृतिक आदान-प्रदान एवम् पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।
तस्बिरमा नृत्य मेला
नेपा: डान्स एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा नृत्य मेला गरेको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १५० जना विद्यार्थीले ७० वटा नृत्य विधा प्रस्तुत गरेका थिए ।
‘आर्यमञ्जुश्री नामसङ्गीति गाथा’ विमोचन
नामसङ्गीति वाचन गुरु चित्रवीर वज्राचार्यको ज्याःजंकु अर्थात् भीमरथारोहणको अवसरमा ‘आर्यमञ्जुश्री नासंसङ्गीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्रीमित्रको कथा’ पुस्तक विमोचन गरिएको छ । गुरु वज्राचार्यका पाँच सयभन्दा बढी शिष्यसाथ नामसङ्गीति पाठ गरिएको समारोहमा विमोचन गरिएको सो पुस्तकको आवरण पृष्ठमा वरिष्ठ चित्रकार लोक चित्रकारको कृति समेटिएको छ । पुस्तकमा पण्डित बद्रीरत्न वज्राचार्यको स्वयम्भू पुराणको षष्टम् अध्यायमा रहेको धर्मश्री मित्रको कथा, बौद्ध अध्येता मीनबहादुर शाक्यद्वारा सम्पादित नामसङ्गीति नेपालभाषा अनुवाद षटचक्र अनुशंसा र गुरु वज्राचार्यको सङ्क्षिप्त जीवनी समावेश गरिएको छ ।
लोकदोहोरीको तरङ्ग
कुनै बेला ‘खोला पारि निरमाया’, ‘पानको पात’ जस्ता लोकदोहोरीले नेपाली साङ्गीतिक फाँटमा हलचल नै ल्याएको थियो । त्यतिखेर बमबहादुर कार्की र उहाँका सहयोगीले गाउँले दोहोरीलाई सहर भित्र्याउने काम गर्नुभएको थियो । त्यसलगत्तै आएको प्रेमराजा महतको ‘सिमसिमे पानीमा’ ले लोकदोहोरीमा अर्को तरङ्ग ल्यायो । गाउँबस्तीमा सीमित लोक तथा लोकदोहोरीका भाका, लयलाई सहर बजारमार्फत देशभर फैलाउने काममा त्यसअघिका कुमार बस्नेत, पाण्डव सुनुवार, राम थापा, लोकबहादुर क्षेत्री, सावित्री शाह, आदिको उल्लेख्य भूमिका थियो । त्यसैले अहिले पनि सङ्गीतले मान्छेको जीवनशैली परिवर्तन गर्न सक्छ भन्ने चलन हटेको छैन ।
नेपाली कविता/काव्यमा ‘हिमाल’
नेपाली कवितामा विम्ब, प्रतीकहरूको प्रयोग यथेष्ट मात्रामा हुँदै आएको पाइन्छ । विशेषतः आधुनिक कालखण्डमा नेपाली कविताको पदार्पण भए यता विम्ब, प्रतीकहरूको प्रयोगको क्रममा अझै गतिशीलता एवं व्यापकता
‘म को हुँ’ पोखिएको पीडा
रामकृष्ण ढकाल र रानी शाक्यको स्वरमा रहेको ‘म को हुँ’ सार्वजनिक भएको छ । गीतमा रिमेश कुमारको सङ्गीत, जनक वाग्लेको शब्द छ । गीतको भिडियोमा कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । एकअर्काको हुन नसकेको पीडा गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ । रामकुमार केसीको छायाङ्कन, विजेश पौडेलको सम्पादन रहेको छ । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।
रानाथारू भाषा लोप हुने खतरा
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बोलिने रानाथारू भाषा लोप हुने खतरा बढेको छ । भाषा संरक्षणको काम हुन नसक्दा सो समुदायको भाषा लोप हुने खतरा बढेको हो । यी दुई जिल्लामा बसोबास गर्ने रानाथारू जातिलाई २०७६ मा छुट्टै आदिवासी जनजातिका रूपमा सूचीकृत गरिएको थियो । छुट्टै जनजातिका रूपमा सूचीकरणपछि जनसङ्ख्याको हिसाबले अल्पसङ्ख्यामा देखिएको राना समुदायको भाषा पनि साँघुरिँदै जान थालेको छ ।
मसानघाटमा मायाप्रेमको चर्चा
मञ्चमा आत्महत्या गरेकी युवती (मलिका महत) को अन्त्येष्टिमा चार पुरुष भेला भएको देखिएका छन् । केटीको शरीर चितामा जलिरहेको छ, यता चार पुरुष कार्ड र पेय पदार्थमा लिप्त छन्, ती पुरुषले केटीको मृत्यु कसरी भयो भन्ने रहस्य पत्ता लगाउने प्रयास गर्छन् । यसरी नै अघि बढ्छ नाटक ‘पगला घोडा’ को कथा । मैदानको उदास वातावरणको बिचमा चार जना पुरुषले बिस्तारै आफ्नै प्रेमकथाको जटिलता प्रकट गर्ने विचार गर्न लाग्छन् । कसरी उनीहरूले सधैँका लागि आफ्नो प्रेम गुमाए भनेर पीडादायी कथा सम्झन्छन् ।
डम्फूको आत्मलापमाथि परिचर्चा
आख्यानकार भक्त स्याङ्तानको आख्यानकृति डम्फूको आत्मलापमाथि सिन्धुलीमाढीमा शनिबार परिचर्चा गरिएको छ ।
सम्झनामा गायक वैद्य
‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित हुनुभएको छ । शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उहाँको कालजयी वि.सं.२०४२ मा रेकर्ड भएको थियो ।
हिसाब
शनिबार । उसकी श्रीमती र केटाकेटी बजार जान भनेर हिँडे । फर्किन कम्तीमा तीन चार घण्टा लाग्छ । ट्राफिक जामले गर्दा उसको घरदेखि बजार पुग्नै एक घण्टा लाग्छ । फर्किन अर्को एक घण्टा । बजारमा
इतिहास र आख्यानको समन्वय : पुरुष–परीक्षा
पन्धौँ शताब्दीको प्रारम्भमै लेखिएको मैथिली कविकोकिल महाकवि विद्यापतिकृत पुरुष–परीक्षा संस्कृत भाषाको कथासङ्ग्रह मात्र नभई इतिहासको सङ्गालोसमेत हो । उक्त कथासङ्ग्रहको नेपाली संस्करण हालै पाठकसामु आएको छ ।
भावनाको मोती कसरी सजाउ (कविता)
किन छरिन्छ भावनाको मोती उनेको थिए जतन साथ मनको माला
गजल
उसलाई मन पर्दैन भने बोलुँ म किन ऊ नै रहर गर्दैन भने बोलुँ म किन ।
नेपाली साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन फागुनमा
विश्वभरि छरिएर रहेका नेपाली भाषा, साहित्य, संस्कृतिका अध्येता, लेखक, कवि, कथाकार र संस्कृतिविद् आगामी फागुनमा पोर्चुगलमा भेला हुने भएका छन् । नेपाली भाषा, साहित्यको उन्नयनका लागि गठन भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन फागुन २५ देखि २७ सम्म पोर्चुगलमा आयोजना हुने भएको छ ।
प्रकृति र संस्कृति झल्किने चित्रकला
काठमाडौँको प्रकृति र संस्कृति झल्किने चित्रकला प्रदर्शनी सुरु भएको छ । काठमाडौँको आर्ट बिनालेका ८० जना कलाकारले कोरेका प्रकृति, संस्कृति, मानवीय प्रेम, धार्मिक तथा आध्यात्मिक पक्ष, शान्ति, साधनाजस्ता मानव जीवनसँग जोडिएका एक सय वटा सिर्जना प्रदर्शनीमा राखिएको छ ।
यम र विश्वको ‘साथी’
गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा ‘साथी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत छ । सन्जित भण्डारी र मेग सुवेदीको अभिनय रहेको भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ ।
तुलसी–चन्द्र पुरस्कार प्रदान
तुलसीराम पाण्डे र चन्द्रकला पाण्डेको स्मृतिमा स्थापना गरिएको तुलसी–चन्द्र सम्मान र पुरस्कारबाट बिहीबार दुई स्रष्टालाई राजधानीमा सम्मान गरिएको छ । तुलसी–चन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित
गायक योगेश वैद्यको निधन
गायक तथा सङ्गीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । मधुमेह रोगबाट पीडित वैद्यको बिहीबार राति १२ः३० बजे काठमाडौँको न्युरो जनरल अस्पताल, गणवहाल सुनधारामा निधन भएको परिवार स्रोत जनाएको छ ।
जब ‘झरनाको चिसो पानी’ गुञ्जियो...
झरनाको चिसो पानी... सुकेर जाँदैन, रोकेर रोकिँदैन-२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी... झरनाको चिसो पानी...
नेपालमा विदेशी चलचित्रको छायाङ्कन
कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड-२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ ।
राम्रो कथा, न्यून दर्शक
‘बदलापुर’ र ‘अन्धाधुन’ जस्तो रोमाञ्चक चलचित्रबाट दर्शको मन जितेका निर्देशक श्रीराम राघवनले फेरि अर्को बिल्कुलै नयाँ धारको रोमाञ्चक चलचित्र ‘मेरी व्रिmसमस’ दर्शकसामु पस्केका छन् । क्रिसमसको पूर्वसन्ध्यामा भएको अपराधको कथा चलचित्रभित्र देखाउने सक्दो प्रयास गरिएको छ तर धेरै ठाउँमा चलचित्रलाई लम्बेतान बनाइएको हो कि जस्तो दर्शकले महसुस गर्न सक्छन् ।
स्वदेशी चलचित्र प्राथमिकतामा नपर्नु दुखद : अभिनेता शाह
चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दुखद रहेको बताउनुभएको छ ।