• १६ भदौ २०८१, आइतबार

‘म को हुँ’ पोखिएको पीडा

blog

काठमाडौँ, माघ ७ गते । रामकृष्ण ढकाल र रानी शाक्यको स्वरमा रहेको ‘म को हुँ’ सार्वजनिक भएको छ । गीतमा रिमेश कुमारको सङ्गीत, जनक वाग्लेको शब्द छ । गीतको भिडियोमा कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ ।

एकअर्काको हुन नसकेको पीडा गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ । रामकुमार केसीको छायाङ्कन, विजेश पौडेलको सम्पादन रहेको छ । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।