‘बजेट अभावले काम गर्न सकिएन’
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले बजेट अभावका कारण प्रतिष्ठानले सोचे जस्तो काम गर्न नसकेको बताउनुभएको छ ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एकवर्षे कार्यप्रगति सार्वजनिक गर्ने क्रममा उहाँले बजेट अभावले गर्दा सिर्जनात्मक र रचनात्मक काम गर्न नसकिएको बताउनुभयो । चालु आर्थिक वर्षको अवस्थालाई हेरेर आगामी वर्षका लागि १८ करोडभन्दा बढीको कार्ययोजना पेस गरिएको र आवश्यक बजेट विनियोजन भए सङ्गीत र नाट्य प्रज्ञा–प्रतिष्ठानलाई चलायमान बनाउन सकिने उहाँको भनाइ छ ।
‘कलाका अन्तर्मन’ सार्वजनिक
कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ।
कर्मचारी मिलन केन्द्रद्वारा प्रकाशित ‘मिलन’ सार्वजनिक
कर्मचारी मिलन केन्द्र ताप्लेजुङद्वारा प्रकाशित ‘मिलन’ पुस्तक सार्वजनिक (बिमोचन) गरिएको छ। केन्द्रको शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभाको अवसरमा ‘मिलन’ सार्वजनिक गरिएको हो।
जगत्रदेवी साहित्य सम्मान डुम्रेलाई
जगत्रदेवी साहित्य सङ्गम गल्याङ, स्याङ्जाले गल्याङ नगरपालिका–३ मा काव्यकृति विमोचन, स्रष्टा सम्मान तथा काव्य गोष्ठी समारोह–२०८० गरेको छ । समारोहमा साहित्यकार सूर्यप्रसाद डुम्रेलाई सम्मान प्रदान गरिएको छ ।
लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
खानामार्फत नेपाल चिनाउने पुस्तक
हिमालदेखि तराईका विविध जातिका खाद्य परिकारको कलालाई समेट्दै रोहिणी राणाले नयाँ पुस्तक ल्याउनुभएको छ । नेपालको जातीय पहिचान र जातीय सद्भावलाई खानाको माध्यमबाट विश्व समुदायसम्म पु¥याउने पुस्तक ‘दी नेपाल कुक बुक’ शुक्रबार सार्वजनिक गरियो । नेपाली खानाबारेको राणाको यो दोस्रो पुस्तक हो । अघिल्लो पुस्तक उहाँले दरबारिया खानाको परिचय दिने ‘दी राणा कुक बुक’ प्रकाशित छ । शुक्रबार सार्वजनिक गरिएको पुस्तक भने जनजिब्रोको स्वादको प्रस्तुति हो । ‘दी नेपाल कुक बुक’ मा विभिन्न जातिगत समुदायका १०८ स्वादिला परिकारको पाककलाका संयोजन रहेको छ । त्यसलाई सम्बन्धित समुदायकै विशेषता झल्किने वेशभूषा र गरगहनाका चित्रले आकर्षक बनाएको छ । प्रधान सेनापति प्रभुराम शर्मा, पूर्वप्रधान सेनापति गौरवशमशेर राणा, अग्रणी पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ,
रोहिणी राणाको ‘द नेपाल कुक बुक’ सार्वजनिक
लेखक रोहिणी राणाको दोस्रो पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक भएको छ।
सापकोटा र राईलाई पुरस्कार
नइ प्रकाशनले २०७९ सालको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार प्राज्ञ भारत आसामका नव सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ । यसै गरी नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषा साहित्यको भारत दार्जिलिङका स्नेहलता राईलाई नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
नेपाल लिटरेचर फेस्टिभल सुरु
प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ । पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै स्थानमा जुटाएको छ । फेवातालको किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको बताउनुभयो । उहाँले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका रूपमा विकास गर्न थप टेवा पु¥याएको उल्लेख गर्नुभयो ।
उत्पीडनको चित्र ‘मासिन्या’
नेपाल जातीय, भाषिक तथा सांस्कृतिक विविधता मुलुक भएकाले विभिन्न समुदायका आआफ्नै कला, संस्कृति, मूल्यमान्यता र जीवनशैली छन् । जीवनयापनका क्रममा सबै जातजाति तथा समुदायका सामाजिक सङ्घर्ष र पीडाको आफ्नै कथा पनि छन् । तीमध्ये तामाङ समुदायले भोगेका पीडा र गरेका सङ्घर्षको कथा मासिन्या नाटकमा समेट्न खोजिएको छ । कवि राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले विगत केही समयदेखि आआफ्नो समुदायले भोगेका अन्याय, पीडा र अपमानलाई कवितामार्फत प्रस्तुत गर्दै आउनुभएको थियो । यस पटक भने उहाँहरूले ‘मासिन्या’ नाटकमार्फत आफ्नो समुदायको कथा सुनाउने जमर्काे गर्नुभयो । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ मा तामाङ समुदायको जीवन, संस्कृति, भाषा र शक्तिका कारण उनीहरूले भोगेका उत्पीडनका व्यथा समेट्न खोजिएको छ । नाटकको शीर्षकले राणाकालीन सामाजिक विभेदलाई स्पष्ट झल्काएको छ ।
नेपाल लिटरेचर फेस्टिभल आजदेखि पोखरामा
प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ । यतिखेर पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीहरूलाई एकै स्थानमा जुटाएको छ ।
संगीतका साधकलाई नागरिक अभिनन्दन
“अग्रजलाई सम्मान, नव आगन्तुकलाई प्रोत्साहन” भन्ने मूल नारा सहित दैलेखमा अग्रज कलाकार मोहन गौतमलाई नागरिक अभिनन्दन गरिएको छ । सङ्गीत र साधनामै पूरा जीवन समर्पण गर्नुभएका उहाँलाई दैलेख बजारमा अभिनन्दन गरिएको हो ।
वराहक्षेत्रमा कविहरूको जमघट हुने
सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो ।
आरोग्यताका लागि मुद्रा–प्राणायाम
हिन्दु विद्यापीठका संस्थापक डा. चिन्तामणि योगीले अहिले देखिएका सामाजिक परिवेश र मानिसको प्रविधिप्रतिको बढ्दो लगावका बेला योग ध्यान जस्ता कुराको महत्व झन् बढेको बताउनुभएको छ । बुधबार राजधानीमा ‘आरोग्यताका लागि मुद्रा–प्राणायाम’ पुस्तक विमोचन गर्दै उहाँले नेपाल वेद, रामायण, त्रिपिटक जस्ता ग्रन्थ र दर्शन जन्माउने देश भएको उल्लेख गर्दै कतिपय विकसित देशमा समेत हाम्रो योग र ध्यान पद्धतिबारे व्यापक चर्चा र चासो हुने गरेको बताउनुभयो । कार्यक्रममा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले अहिले समाजमा देखिएको एक प्रकारको निराशालाई चिर्न पनि योग र ध्यान आवश्यक रहेकाले त्यसलाई चिर्न पुस्तक प्रभावकारी हुने बताउनुभयो ।
चित्रकला कार्यशाला तथा कला प्रदर्शनी
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दोस्रो चरणको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले यही फागुन ५ देखि १७ गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बबरमहलस्थित ललितकला परिषद्मा उक्त कार्यशालाको आयोजना गर्न लागेको हो । नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार यसअघि गत असोज १७ देखि २१ सम्म आयोजना भएको पहिलो चरणको चित्रकला कार्यशालाबाट १७० हाराहारीमा तयार भएका चित्रकलालाई प्रदर्शनमा राखिने र दोस्रो चरणको कार्यशालामा ५० देशका चित्रकारले क्यानभासमा प्रत्यक्ष चित्रकला तयार पार्ने छन् । उहाँले भन्नुभयो, “जिल्लाका दस वटै पालिकाभित्र रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीलगायतका कला, संस्कृति र पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले चित्रकला कार्यशालाको आयोजना गरिन लागेको हो ।
चराविज्ञ कलाकार पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न
वरिष्ठ चरा चित्रकार तथा चराविज्ञ कलाकार हेम पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
मुद्रा प्राणायाम पुस्तक सार्वजनिक
सामाजिक सचेतन मञ्च प्राकृतिक चिकित्सा सेवा केन्द्रले प्रकाशन गरेको मुद्रा प्राणायाम पुस्तक बुधबार राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।
सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’
नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत आसामका प्राज्ञ नव सापकोटा र दार्जिलिङकी स्नेहलता राईलाई प्रदान गर्ने भएको छ ।
मनऋषि धितालका ‘जनयुद्धकालीन डायरी’
पत्रकार एवं साहित्यकार मनऋषि धितालका जनयुद्धको समय (विसं २०५९ देखि २०६३) सम्मको यात्राका डायरीहरु (जनयुद्धकालीन डायरी) समावेश सात पुस्तक मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नुभएको छ।
फापरथुममा बृहत् साहित्य सम्मेलन
आधीँखोला गाउँपालिका-५ फापरथुममा बृहत् साहित्य सम्मेलन गरिएको छ । आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले यहाँ दुई दिने बृहत् साहित्य सम्मेलन गरेको हो ।
चार जना स्रष्टा सम्मानित
समथिङ फाउण्डेसनले चार जना साहित्यकारलाई सम्मान सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा साहित्यकारद्वय मोहन दुवाल र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई हुनुहुन्छ ।
तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत
त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’,‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ ।
साहित्यमा प्रतीकतावाद र संज्ञान
मानवशास्त्रीहरू भन्छन्– मानिसको आवश्यकतामा संस्कृतिको निर्माण हुन्छ । अर्कोतिर समाजको सदस्यको नाताले मानिसले सिकेका ज्ञान, सिप, कला, रीतिरिवाज, मूल्य, मान्यता, विश्वास, परम्परा सबै संस्कृति हुन् । यसर्थ मानिसले सिकेका भाषा वा साहित्य संस्कृतिका शाखा हुन् । भाषामा विभिन्न सङ्केत हुने भएकाले भाषालाई साङ्केतिक÷प्रतीकात्मक संस्कृतिको शाखामा राखेर अध्ययन गर्न सकिन्छ । अर्कोतिर भाषा स्वयम् सङ्केत (इनकोड) हो । साहित्यमा खास गरी पद्यमा विभि