• १३ असोज २०८१, आइतबार

खानामार्फत नेपाल चिनाउने पुस्तक

blog

काठमाडौँ, फागुन ५ गते ।  हिमालदेखि तराईका विविध जातिका खाद्य परिकारको कलालाई समेट्दै रोहिणी राणाले नयाँ पुस्तक ल्याउनुभएको छ । नेपालको जातीय पहिचान र जातीय सद्भावलाई खानाको माध्यमबाट विश्व समुदायसम्म पुर्‍याउने पुस्तक ‘दी नेपाल कुक बुक’ शुक्रबार सार्वजनिक गरियो । 

नेपाली खानाबारेको राणाको यो दोस्रो पुस्तक हो । अघिल्लो पुस्तक उहाँले दरबारिया खानाको परिचय दिने ‘दी राणा कुक बुक’ प्रकाशित छ । शुक्रबार सार्वजनिक गरिएको पुस्तक भने जनजिब्रोको स्वादको प्रस्तुति हो । ‘दी नेपाल कुक बुक’ मा विभिन्न जातिगत समुदायका १०८ स्वादिला परिकारको पाककलाका संयोजन रहेको छ । त्यसलाई सम्बन्धित समुदायकै विशेषता झल्किने वेशभूषा र गरगहनाका चित्रले आकर्षक बनाएको छ । प्रधान सेनापति प्रभुराम शर्मा, पूर्वप्रधान सेनापति गौरवशमशेर राणा, अग्रणी पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, सिएनएन हिरो पुष्पा बस्नेत, अग्नि ग्रुपका सुजन श्रेष्ठ वैद्य, मान्सी अग्रवाल र पुस्तकका लेखक रोहिणी राणाले विशेष समारोहमा पुस्तक सार्वजनिक गर्नुभयो । त्यस अवसरमा सेनापति शर्माले नेपालको सम्पन्नता विभिन्न विविधतामा रहेको उल्लेख गर्दै तीमध्येको महत्वपूर्ण खानाबारे लेखिएको पुस्तक विश्व समुदायमा नेपाललाई चिनाउने अर्को महìवपूर्ण कडी बनेको बताउनुभयो । 

लेखकका श्रीमान् तथा नेपाली सेनाका पूर्वप्रधान सेनापति गौरवशमशेर राणाले पुस्तक नेपाललाई विश्व समुदायमा चिनाउने गरी तयार पारिएको बताउनुभयो । लेखक रोहिणी राणाले आदिवासी, जनजातिका खाना उनीहरूकै भाँडाकुँडा र गरगहनासहित पुस्तकमा पाककलाको विशेषता उजागर गर्दै नेपाल चिनाउने गरी संयोजन गरिएको जानकारी दिनुभयो ।