दुई पुस्तक लोकार्पण
बुढानीलकण्ठमा दुईदिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ । कलाकार मदनकृष्ण श्रेष्ठले सोमबार उद्घाटन गर्नुभएको सो महोत्सवमा बालबालिकाले लेख्नुभएको कथाको नेपाली भाषाको ‘परिवर्तनका आभाहरू’ र अङ्ग्रेजी भाषामा लेखिएको ‘आई विल टेल यु अ स्टोरी’ पुस्तकको लोकार्पण गरिएको थियो ।
तीन दिने साहित्य महोत्सव सुरु
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त कला महोत्सवको उद्घाटन वरिष्ठ कलाकार निरविक्रम शाहले गर्नुभएको हो ।
अपरिभाषित प्रेम
बाहिरबाट हेर्दा घना जङ्जल जस्तै लाग्ने तर भित्र छिरेपछि रमणीय उद्यानका बिचमा एउटा विशाल भवन छ । त्यसको वरिपरि अन्य ससाना तर आकर्षक संरचना छन् । ती संरचना कुनै
डिभाइस प्रेम [कथा]
बोस्टनबाट न्युयोर्क फर्कने क्रममा थिएँ म । ग्रे हाउन्ड बसको सुखद र आरामदायी यात्रामा पनि मन रमाएको थिएन, एक किसिमको विचलित । स्वभावले त यति छिट्टै विचलित हुने मान्छे त होइन म तर पनि परिस्थितिले बनाइदिँदो रहेछ । बसको त गन्तव्य थियो तर मेरो ? कहाँ गएर टुङ्गिने हो ? मेरो आगत । विगतका एक एक पाना पल्टाएर बिर्सिदिउँ जस्तो पनि नलागेको होइन मैले भोगेको वर्तमान । जीवनको लामो यात्रामा बोस्टनदेखि न्युयोर्कसम्मको पाँचघण्टे यात्रा मेरा लागि बेग्लै थियो । बाध्यता थियो । तीन दशकअघिका समय एक एक गरी पल्टाएर रम्न खोज्छु, कहिले हावाका वेगले त कहिले समय स्वयंले बिथोल्थ्यो मन ।
विद्यार्थीका लागि चित्रकला तालिम
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिका शिक्षा विभागबिच ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत महानगरभित्रका नौ विद्यालयका १९ समूहमा ‘स्केचिङ एन्ड स्कप्चर’ ‘क’ तालिम असोज महिनाबाट सुरु भएको थियो । काठमाडौँ महानगरपालिकाभित्रका विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर), रत्नराज्य माध्यमिक विद्यालय (पुरानो बानेश्वर), ज्ञानोदय माध्यमिक विद्यालय (बाफल), तरुण माध्यमिक विद्यालय (बालाजु), गीतामाता माध्यमिक विद्यालय (विजेश्वरी), कन्या मन्दिर माध्यमिक विद्यालय (न्ह्योखा), सहिद
आनीको जीवन प्रेरित ‘आनी छोइङ डोल्मा’
आनी छोइङ डोल्माको जीवनी प्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा देखाइने पहिलो चलचित्र भएको छ । महोत्सवका अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित वृत्तचित्र महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रूपमा रहने जानकारी दिनुभयो ।
खुलौँ, बोलौँ नाराका साथ हिपहप मेला
हिपहप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साध्यका रूपमा मनाउँदै खुलौँ, बोलौँ नाराका साथ नेपालमा हिपहप मेला शनिबार सम्पन्न भएको छ । अमेरिकी र नेपाली हिपहप कलाकारको संयुक्त सहभागिता रहेको मेला विराटनगर र काठमाडौँमा आयोजना गरिएको थियो । शनिबार काठमाडौँमा र फागुन ९ गते विराटनगरमा हिपहप मेलाको आयोजना गरिएको हो । युएस–नेपाल हिपहप कोलाबोरेसन अन्तर्गत अमेरिकी हिपहप संस्था वर्डस् विट्स एन्ड लाइफ्सका डिजे फ्लेग, सान्ना लिम, माजी मुतफासहित चार जना कलाकार सो मेलाका लागि नेपाल आउनुभएको थियो ।
पुरण राईका पाँच कृति एकसाथ सार्वजनिक
डा. पुरण राईद्वारा लिखित पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौंमा आयोजित कार्यक्रममा डा. राईको पाँच कृतिको लोकार्पण गर्नुभयो ।
मनाइयो चैतलो पर्व
हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका– १, २, ५ र ६ का महिलाले फरक पहिरनमा सजिएर यस वर्षको चैतलो पर्व मनाएका छन् । विशेष गरी यी वडाका सिमकोट र ठेहे गाउँका महिलाले गाउँको सार्वजनिक स्थानमा (चौपाडी) गाउँभरिमा महिला जम्मा भएर गीत गाउँदै चैतालो मनाएका हुन् ।
मौलिक संस्कृति ताम्बाको प्रस्तुति
नेपाल तामाङ घेदुङको ६८ औँ स्थापना दिवसका अवसरमा शनिबार मौलिक संस्कृति ताम्बाको प्रस्तुति र सम्मान कार्यक्रमसहित मनाइएको छ । सो कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले छुट्टै, भाषा, लिपि र संस्कार मान्ने तामाङ समुदायलाई सांस्कृतिक प्रवर्धन र अधिकारका लागि एकताबद्ध गर्न सफल भएको बताउनुभयो । घेदुङको सचिव एवं चाडपर्व संयोजक बीना माम्बाले नेपालको जातीय, धार्मिक, भाषिक र संस्कारको विविधता नै यहाँको मौलिक विशेषता हुन् भन्दै पहिले समुदायमा मात्र अभ्यास हुने ल्होसारलगायतका पर्वको प्रवर्धनले सार्वजनिक स्थानमा ठुलो मेलाका रूप लिन थालेको बताउनुभयो । उहाँले बुद्धपूर्णिमा, साहित्य, भाषा, कलाको क्षेत्रमा योगदान दिनु
स्वर्णिम साहित्य समाजको अक्षयकोष स्थापना
स्वर्णिम साहित्य समाज वराहक्षेत्रले स्वर्णिम मातृभाषा साहित्य पुरस्कारका लागि अक्षय कोषको घोषणा गरिएको छ ।
साहुजीको उमेर [प्रेम कथा]
वसन्तपुरमा मामाको चियापसल असाध्यै प्रसिद्ध रहेछ । तर मलाई भने थाहै थिएन । हुन त सबै प्रसिद्ध कुराका बारेमा जानकारी राख्नु पर्छ भन्ने कहाँ छ र ! यस मामिलामा म अलिक कमजोर पनि छु । सहरमा कतिपय कुरा छ्यापछ्याप्ती भइसकेको हुन्छ । तर मलाई भने ढिलो थाहा हुन्छ । ऊ नयाँ गायक । तर नयाँभन्दा पनि उसलाई सम्भावना भएको गायक मान्न सकिन्छ । उसको नाम अविनाश प्रजापति । एक दिन हामीबिच त्यही प्रसिद्ध चियापसलमा भेट्ने सल्लाह भयो । म
मष्टादेवका धामी चलेपछि
कसैले “तिमी ईश्वर मान्छौ ?” भन्ने प्रश्न गरेमा मेरो जवाफ हुन्छ, “म ईश्वर मान्छु । म ईश्वर मान्दिनँ ।” मन्दिरहरू पुग्छु, पूजापाठ गर्छु, जपतप गर्छु, मानिआएको हिन्दु परम्पराको पालना गर्छु । त्यो पनि श्रद्धापूर्वक । आफ्नो लागिभन्दा पनि समाजको लागि, अझ भनाँै परिवार वा आफन्तका लागि यी सबै कुरा गर्दा रमाइलो लाग्छ । यसैबिच बझाङ आइपुगेपछि स्थानीय तहको नाम कण्ठ पार्दै गर्दा एउटा नाममा गएर अड्किएँ– मष्टा गाउँपालिका । नाम नै मष्टा भइसकेपछि मष्टादेवको मन्दिर त पक्कै होला भन्ने पनि लाग्यो । मोही पारिसकेपछि नौनीको धूप हाल्ने परम्पराबाट हुर्किएको हुँदा ‘बाह्रमष्टा’ भन्ने नाम कण्ठै थियो । कुलदेवताको रूपमा पूजिआएको देवताको नाम भुल्ने कुरा पनि भएन । ढँडार मष्टाको मन्दिर छ भन्ने थाहा पाएपछि मन अडिएन । माघ १३ को दिन मष्टादेवताको मन्दिरमा पुग्ने लक्ष्यले उकालो लागियो ।
फोटोले बदलियो जीवन
दैलेखमा जन्मिनुभएका फोटो पत्रकार भरतबन्धु थापा कुनै बेला भक्तपुरको वासु उच्च मावि गणितका शिक्षक हुनुहुन्थ्यो तर २०५० सालमा जब उहाँको हातमा क्यामरा प¥यो त्यसपछि उहाँको जीवन नै बदलियो । फोटो पत्रकारिताको धेरै नै रुचि राख्नुहुने उहाँले क्यामरालाई छाड्न सक्नुभएन र शिक्षक पेसा छाड्नुभयो । उहाँको तस्बिरप्रतिको लगाबका कारण उहाँ ७७ वटै जिल्ला घुमिसक्नुभएको छ । उहाँ जिल्ला घुम्नुहुन्छ र त्यहाँका कला, संस्कृति, इतिहास, दृश्य, प्राकृतिक सुन्दरता, वाइल्ड लाइफसम्मका दृश्यलाई आफ्नो क्यामरामा कैद गर्नुहुन्छ । यो पेसाले नेपाल चिन्ने र चिनाउने मौका बढी पाइने थापा बताउनुहुन्छ ।
सुदूरपश्चिम स्तरीय ललितकला प्रतियोगिता हुने
कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय ललितकला प्रदर्शनी तथा प्रतियोगिता हुने भएको छ ।
कहाँ छन् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ गजलका सर्जक गिरी ?
गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान ? के उहाँको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला ?
चार जनालाई ‘नइ पुरस्कार’
नइ प्रकाशनले चार जनालाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
लोक सांस्कृतिक मेलामा एघार देशका कलाकार
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ यही महिनाको १९ देखि २६ गतेसम्म १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८० आयोजना हुने भएको छ । लोक सांस्कृतिक मेला आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेलामा अस्ट्रिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, मलेसिया, पोल्यान्ड, दक्षिण अफ्रिका र नेपाल गरी ११ देशका ३५० कलाकारले आआफ्ना मौलिक लोककला र नृत्य प्रदर्शन गर्ने जनाएको छ ।
चलचित्र जाँचपास (सेन्सर) को विषयमा छलफल
केन्द्रीय चलचित्र जाँच समितिले तयार पारेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदाप्रति चलचित्रकर्मीले असहमति जनाइरहेका छन् ।
‘क्लेशाः’ भारत रङ्ग महोत्सवमा मञ्चन
नेपाली नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको छ । २५ औँ भारत रङ्ग महोत्सवमा नाटक मञ्चन गरिएको हो । भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने महोत्सवमा नाटक ‘क्लेशाः’ नयाँ दिल्लीमा र उत्तराखण्डको रामनगर (नैनीताल) मा मञ्चन गरिएको हो । नयाँ दिल्लीको एलटिजी अडिटोरियममा फेब्रुअरी १७ र रामनगरको नारायण दत्त अडिटोरियममा फेब्रुअरी १९ मा नाटक मञ्चन गरिएको हो । नाटकको मुख्य स्रोत रामायण हो ।
अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु (फोटो फिचर)
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुख्य आयोजनामा कला कार्यशाला तथा प्रदर्शनी सुरु भएको हो। प्रतिष्ठानमा सुरु भएको प्रदर्शनीमा जर्मनका सात र नेपालको २६ जना कलाकारले बनाएको ४२ कला प्रदर्शनीमा राखिएको छ।
बैरागीका रचना पुस्तकमा
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला (तिलविक्रम नेम्वाङ) को अभिनन्दन गरिएको छ । पाँचथर स्रष्टा मञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो । समालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाली साहित्य भण्डारलाई सम्पन्न बनाउन सर्जक काइँलाको ठुलो योगदान रहेको बताउनुभयो । सो अवसरमा कवि बैरागी काइँलाले साहित्यमा कलम चलाउन थालेको सुरुका दिनमा छापिएका सिर्जना सङ्कलन गरी तयार पारिएको ‘बैरागी काइँलाका प्रारम्भिक रचनाहरू’ पुस्तक लोकार्पणसमेत गरिएको थियो ।
नौ जनालाई ‘नइ पुरस्कार’
नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
चित्रकला प्रदर्शनी
विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सङ्गठनको भेलासहित आयोजित पाँच दिने विश्व सामाजिक मञ्च समारोहमा हिंसाविरुद्धको सन्देश दिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । गैरसरकारी संस्था महासङ्घको नेतृत्वमा भृकुटीमण्डपमा आयोजित विश्व सामाजिक मञ्च समारोहमा महिला, बालबालिकामाथि हुने घरेलु, सामाजिक हिंसाविरुद्धको सचेतनात्मक चित्रकलाको प्रदर्शनी र कला कार्यशालाको आयोजना गरिएको हो । कलाकार रेणु घिमिरेले फ्रिडम स्टुडियो बानेश्वरले यस चित्रकला प्रदर्शनीमा चित्र बनाउने इच्छा भएका दर्शक, सहभागी र कलाकारले समेत चित्र बनाएर हिंसाको अन्त्यका लागि सन्देश दिएको बताउनुभयो ।