• १३ असोज २०८१, आइतबार

दुई पुस्तक लोकार्पण

blog

काठमाडौँ, फागुन १५ गते । बुढानीलकण्ठमा दुईदिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ । कलाकार मदनकृष्ण श्रेष्ठले सोमबार उद्घाटन गर्नुभएको सो महोत्सवमा बालबालिकाले लेख्नुभएको कथाको नेपाली भाषाको ‘परिवर्तनका आभाहरू’ र अङ्ग्रेजी भाषामा लेखिएको ‘आई विल टेल यु अ स्टोरी’ पुस्तकको लोकार्पण गरिएको थियो । 

कलाकार श्रेष्ठले बुढानीलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलका विद्यार्थीलाई सानो उमेरदेखि नाटक, कथा, कविता लेखन, चित्रकला र नाटकमा अभिनय गर्न बानी बसाल्ने लक्ष्यले आयोजित यस्ता महोत्सवले विद्यार्थीमा सिर्जनशील बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो अभिनय र गायन यात्राका सुरुवातका दिनको स्मरण गर्दै अहिलेका बालबालिकाले स्कुल पढ्दादेखि नै साहित्य, कलामा रम्ने अवसर पाएको भन्दै यस्तो मौकाको सदुपयोग गर्दै सक्षम नागरिक बन्न बालबालिकालाई आग्रह गर्नुभयो । 

दुईदिने काठमाडौँ साहित्य महोत्सवमा कला, भाषा, गीत, सङ्गीत तथा वाद्यवादनलगायतका विभिन्न क्षेत्रका २२ जना विज्ञले विद्यार्थीसँग सम्बन्धित विषयमा विशेष अन्तर्वि्रmया गर्ने छन् भने बालबालिकाले बनाएका चित्रकलाको प्रदर्शनी, नेपाली, अङ्गे्रजी भाषामा नाटक मञ्चनसमेत गरिने आयोजकले जनाएको छ । 

स्टेसनरी, फेस पेन्टिङ र फुडका स्टलसमेत राखिएको महोत्सवमा विद्यार्थीले आफूले अध्ययन गरिरहेका विभिन्न उपन्यासका बारेमा समेत चर्चा गर्ने छन् भने गीत, कविता, मुक्तक र कथा वाचन गरेर आफ्नो प्रतिभा देखाउने छन् ।