• १३ असोज २०८१, आइतबार

खुलौँ, बोलौँ नाराका साथ हिपहप मेला

blog

काठमाडौँ, फागुन १४ गते । हिपहप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साध्यका रूपमा मनाउँदै खुलौँ, बोलौँ नाराका साथ नेपालमा हिपहप मेला शनिबार सम्पन्न भएको छ । अमेरिकी र नेपाली हिपहप कलाकारको संयुक्त सहभागिता रहेको मेला विराटनगर र काठमाडौँमा आयोजना गरिएको थियो । शनिबार काठमाडौँमा र फागुन ९ गते विराटनगरमा हिपहप मेलाको आयोजना गरिएको हो । युएस–नेपाल हिपहप कोलाबोरेसन अन्तर्गत अमेरिकी हिपहप संस्था वर्डस् विट्स एन्ड लाइफ्सका डिजे फ्लेग, सान्ना लिम, माजी मुतफासहित चार जना कलाकार सो मेलाका लागि नेपाल आउनुभएको थियो । 

नेपाल हिपहप फाउन्डेसन, डिजे एबल र बर्ज, लाउरे र ब्याड कम्पनी, प्राध्यापक ट्रिक्स, ब्योमा, किरण नेपाली, अमाजुमी, बिटबक्सर निशान्त गौचन र रिकेश न्यौपाने, फेथम, विट्टी, क्युम्याक्स र इटिश, ह्युगा, ताजुङ फेसन, इम्पल्स एकेडेमी अफ परफर्मिङ आर्ट्स, ओएमजी स्पार्क, प्रिच्य वज्राचार्य र सञ्जय सिलवाल गुप्तालगायतको सहभागिता रहेको थियो । विराटनगर र काठमाडौँ दुवै स्थानमा अत्यधिक युवा पुस्ता हिपहप सङ्गीतमा रमाउँदै झुमेका थिए । हिपहपमा कलात्मक सिर्जना गर्दै सिर्जना र परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया सहभागीले दिएका थिए ।