• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिम स्तरीय ललितकला प्रतियोगिता हुने

blog

ललितकला प्रदर्शनी आयोजनाका लागि प्रदेश प्रज्ञा प्रतिष्ठानमा छलफल।

अविनाश चौधरी

धनगढी, फागुन ११ गते । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय ललितकला प्रदर्शनी तथा प्रतियोगिता हुने भएको छ । 

यस प्रदेशमा रहेको ललितकलालाई उजागर गर्ने उद्देश्यले नेपाल ललितकला प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले पहिलो पटक यहाँ प्रादेशिक ललितकला प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रदर्शनी फागुन २० देखि २४ गतेसम्म हुने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले जानकारी दिनुभयो । 

हस्तकला, चित्रकला, मूर्तिकला र लोककला प्रदर्शनी तथा प्रतियोगितामा समावेश गरिने छ । प्रदर्शनी तथा प्रतियोगितामा सहभागिताका लागि आह्वान गरिएको छ । प्रदेशको हरेक जिल्लाको कुनाकन्दराबाट सहभागिताका लागि आह्वान गरेको जोशीले जनाउनुभयो । धनगढीस्थित कैलाली जनपुस्तकालयको हलमा प्रदर्शनी हुने जनाइएको छ । 

प्रदर्शनीमा सहभागिता जनाएका हरेक विधाका ललितकलाबाट उत्कृष्ट पाँच छनोट गरेर केन्द्रीय स्तरको प्रतियोगितामा सहभागिताका लागि पठाउने उपकुलपति जोशीले बताउनुभयो । उत्कृष्ट ललितकलालाई पुरस्कार पनि प्रदान गरिने जनाइएको छ । उत्कृष्ट ललितकला छनोटका लागि छनोटसमिति बनाइएको छ ।