कमला कार्की स्मृति प्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान प्रदान
कमला कार्की स्मृति प्रतिष्ठानले नवौं स्मृति दिवसको उपलक्ष्यमा नेपालका प्रतिष्ठित विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था र स्थानीय ज्येष्ठ महिलालाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
कवि युद्धप्रसाद मिश्रको स्मरण
कविता वाचनसहित कवि युद्धप्रसाद मिश्रको ११७ औँ जन्मजयन्ती मनाइएको छ ।
‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा
आजदेखि दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शन गरिएको छ । आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएको ती दुई चलचित्र फरक विधाका छन् ।
तामाङ समुदायको अन्तरकथा ‘मासिन्या’
तामाङ समुदायको कथा बोकेको नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । तामाङहरूले लामो समयदेखि खेप्दै, भोग्दै आएका विभिन्न समस्यालाई नाटक ‘मासिन्या’ मार्फत प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
‘नेपाली साहित्य संसारको उत्कृष्ट’
नेपाली भाषा, साहित्यलाई विश्वव्यापी बनाउने अभियानमा लाग्न विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूलाई आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना दिवसका अवसरमा
‘गाउँ आएको बाटो’ छनोटमा
नवीन सुब्बाको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ युरोपको ४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ मा छनोट भएको छ । स्विडेनमा हुने महोत्सवमा यसको युरोपियन प्रिमियर हुने बताइएको छ ।
नेपाल भाषाका हजारौँ किताब ई-लाइब्रेरीमा
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी पुस्तकहरूलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
चार कृति एकैसाथ लोकार्पण
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित चारवटा कृतिको एक समारोह बिच एकैसाथ लोकार्पण गर्नुभएको छ ।
मिटरब्याज प्रताडना (कथा)
काठमाडौेँ चिसो कचौरा जस्तो भूगोल । पुसको तुसारामा झनै सिरेटोले गुटुमुटु बनाए जस्तै भएको थियो । सडकभरि सेताम्य छरिएको शीत र छारो मात्रै होइन बिहान उज्यालोसँगै जुलुस जस्तो ढाकेर आउने हुस्सुमा हराएको सहर
ललितकलामा कलासम्बन्धी अन्तरक्रिया
पछिल्लो समय सूचना प्रविधिले एकअर्काको कला बुझ्ने/बुझाउने कुरालाई अझ बढाएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–
ज्योतिष विद्याको प्रचारप्रसार आवश्यक
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गरी विश्वभर प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ ।नेपाल ज्योतिष परिषद्को रजत महोत्सव समारोहलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले ज्योतिष विद्यालाई हचुवाका रूपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यम बनाउनेभन्दा माथि वैज्ञानिक र अनुसन्धानमूलक विद्याका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
‘शहरक भीड़मे एसगर हम’ प्रकाशित
वरिष्ठ पत्रकार धर्मेन्द्र झाको मैथिली कवितासङ्ग्रह ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित भएको छ । झा मैथिली साहित्यमा धर्मेन्द्र विह्वलको नामले चिनिनुहुन्छ । उहाँको यो छैटौँ कविता कृति हो । उहाँले
समीक्षक र कलाकार सम्मानित
राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) को २९ औँ स्थापना दिवसका अवसरमा १५ जना कला समीक्षक र कलाकार सम्मानित एवं पुरस्कृत भएका छन् । सो सङ्घद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई सुरेन्द्र प्रधान दीर्घ कलासाधक पुरस्कार (२५ हजार रुपियाँ) सहित सम्मानित गरियो । क्रोधकला शिरोमणि पुरस्कारबाट सन्तकुमार शाक्यलाई २० हजार रुपियाँसहित र कलाकार प्रकाश थापा ‘प्रथा’ लाई १५ हजार रुपियाँसहित पुरस्कृत गरिएको छ ।
कथाकार विश्वम्भर चञ्चलको निधन
कथाकार विश्वम्भर चञ्चलको निधन भएको छ । विसं १९९८ साल जेठ २९ गते काठमाडौँ जन्मेका उहाँको आइतबार काठमाडौँमा निधन भएको हो ।
चार पुरुषको वाचा ‘पगला घोडा’
हाम्रो समाजले महिला र पुरुषबिचको सम्बन्धलाई कसरी लिन्छ ? यसले विपरीत लिङ्गीहरूको सम्बन्धलाई कस्तो असर पार्छ र यहीभित्र परिवार र समाजले हेर्ने दृष्टिकोणले कस्तो उतारचढाव ल्याउँछ ? यी सबै कुराको मिश्रित सम्मिश्रण हो, नाटक ‘पगला घोडा’ । नाटक मनोवैज्ञानिक कथा श्रेणीमा बुनिएको छ । यसभित्र पितृसत्तात्मक समाजमा महिलाको अधीनतालाई विशेष रूपले चित्रण गरिएको छ । एक युवतीको अन्त्येष्टिमा मसानघाटमा उपस्थित भएका विभिन्न क्षेत्रका चार पुरुषले गरेका वाचाको वरिपरि नाटक घुमेको छ ।
भाषाको विकासमा योगदान दिने व्यक्तित्वहरू सम्मानित
बागमती प्रदेशका सदस्य तथा विभिन्न विधामा योगदान दिएका व्यक्तिहरूलाई हली नेवाः गुथिले सम्मान गरेको छ । राजधानीको पचलीमा बागमती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउन योगदान दिएबापत उहाँहरू सम्मानित हुनुभएको हो ।
शाहको आत्मकथा ‘मेरो सपना’ सार्वजनिक
वरिष्ठ आर्किटेक इन्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’ सार्वजनिक भएको छ । पूर्व मन्त्री डा. भेषबहादुर थापा, लेखक एवम् सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य, प्रा. डा. जीवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले पुस्तक विमोचन गर्नुभएको हो ।
सर्वहारी र वैद्यलाई पुरस्कार
उपन्यासकार धुस्वाँ सायमिको नाममा स्थापित दुई पुरस्कार यस वर्ष प्रदान गरिने भएको छ । उपन्यास विधामा प्रदान गरिने गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार यस वर्ष थारू भाषाका उपन्यासकार डा. कृष्णराज सर्वहारीलाई प्रदान गर्ने निर्णय भएको छ भने धुस्वाँ सायमि सिर्जना पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गर्ने निर्णय भएको छ ।
मण्डला नाटक घरमा ‘पगला घोडा’
थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ । निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक र उत्कृष्ट कथा लागेकाले पनि यसको मञ्चन गर्न लागिएको बताउनुभयो ।
गद्दीको सपना (कथा)
जुँगेमुठे ठान्दारले जुँगा मठार्दै करायो–“मासाला अतभातेहरु तिमीहरुलाई काठमाडौँ पैदल चलान कसरी भने, एक चौकीबाट अर्को चौकीसम्म हुलाकीले चिठीपत्र र हुलाक बुझाएझैं बुझाउने हो ।” तम्तयारी अवस्थामा उभिएका तीनजना राइफलधारी तर्फ फर्केर आदेश दियो,“बुझ्यौ केटाहरु ।” “बुझिम् साप ।” भनेर सलाम ठोक्दै तनक्क तन्किए । ठान्दारले निधारमा हात मल्दै भन्यो “कतै भाग्न खोजे त्यहीँ गोली ठोकेर गाडिदिनु । अत जाओस् तर गोली खेर नजाओस् । लौ हिंडिहाल ।” फूर्तिसाथ प्रहरीहरुले राइफल लोड गरे । प्रत्येकको पछाडि एक प्रहरी र उसले बोकेको थ्री नट थ्री राइफल, ६–६ राउन्ड गोली सहित टोली चलान भयो ।
उपलब्धिपूर्ण बौद्धिक उपहार
मानवलगायत सम्पूर्ण जैविक जगत्को उत्पत्ति एवं विकास कसरी भयो र कसरी चलिरहेछ ? यो सांसारिक प्रपञ्च किन छ ? कुन प्रयोजनका निमित्त छ ? मानव जीवनको प्रयोजन र लक्ष्य के हो ? यस्ता प्रश्नहरूबारे जिज्ञासा राखेर लेखिएको दर्शनको पुस्तक हो ‘जिज्ञासा’ । जीवन र जगत्बारे अनेकौँ जटिल प्रश्नका विषयमा सत्यको खोजी गर्ने उद्देश्य दर्शनले राखेको हुन्छ । यही सत्यको खोजीका निम्ति गणितशास्त्रका विद्वान् अनुसन्धाता प्राध्यापक डा. होमनाथ भट्ट
ऐतिहासिक कुर्लेगढी
धनकुटाको चौबिसे गाउँपालिकाभित्र विभिन्न ऐतिहासिक स्थल छन् । तीमध्ये कुर्लेगढीको ऐतिहासिक महत्व ठुलो छ । हुन त हाल यो ऐतिहासिक गढीको भग्नावशेषको कुनै निशान भने छैन । यो गढी रहेको थुम्कोलाई अहिले पनि ‘गढीगाउँ’ भनिन्छ । यस ठाउँमा कुरुले तेनुपा माध्यमिक विद्यालयको भवन बनेको निकै वर्ष भयो । साविकको कुरुले तेनुवा गाविस र हाल चौबिसे गाउँपालिकाको वडा नम्बर ३ मा स्थित यो गढी रहेको स्थानमा विद्यालय भवन निर्माणका क्रममा यसका सबै भग्नावशेष नामेट हुन पुग्यो ।
रङ्गमञ्च र आधुनिकता
विश्व रङ्गमञ्चीय अवधारणालाई हेर्ने हो भने मुख्य रूपमा ‘बन्द’ र ‘खुला’ दुई प्रकारका रङ्गमञ्च स्पष्ट रूपमा देख्न सकिन्छ । यिनलाई ‘बद्ध’ र ‘मुक्त’ रङ्गमञ्च पनि भन्ने गरिएको पाइन्छ । बद्ध रङ्गमञ्चीय अवधारणा पश्चिमी विश्वमा पूर्वको तुलनामा धेरै पछि मात्र आएको देखिन्छ, जब कि पूर्वमा ईपू ४०० तिरै भरतमुनिले अति नै सूक्ष्म ढङ्गले नाट्यशास्त्रमा बद्ध रङ्गमञ्चको विस्तृत चर्चा गरेका छन् । बन्द वा बद्ध शब्दको शाब्दिक अर्थ हुन्छ, कुनै निश्चित सीमाभित्र बाँधिएको वा कुनै नियम वा अनुशासनभित्र राखिएको । अर्थात् एउटा नियमबद्ध, अनुशासित वा निश्चित घेरा वा क्षेत्रमा अनुबन्धित । यसरी के भन्न सकिन्छ भने बन्द वा बद्ध रङ्गमञ्च भनेको एउटा निश्चित भवन वा पर्खालभित्र अझ फराकिलो भाषामा भन्नुपर्दा निश्चित स्थान वा स्पेसभित्र आवश्यक साजस
पन्चैबाजाको संरक्षणमा महिला
पन्चैबाजा गाउँघरबाट लोप हुँदै गएको अवस्थामा यहाँस्थित सिंहवाहिनी पन्चैबाजा संरक्षण समूह बाजाको संरक्षण गरी आत्मनिर्भरसमेत भएको छ । वराहक्षेत्र नगरपालिका–७, देवीघाटका महिलाले पन्चैबाजा संरक्षण गर्न समूह बनाई गाउँघरमा हुने विवाह, व्रतबन्धलगायतका शुभकार्यमा पन्चैबाजा बजाउने गरेका छन् । गत वर्ष वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा ३० दिन पन्चैबाजा बजाउन सिकेका महिलाले अहिले व्यावसायिक रूपमै पन्चैबाजा बजाउन थालेका सिंहवाहिनी पन्चैबाजा संरक्षण समूहका अध्यक्ष सुशीला उदासले बताउनुभयो ।