हामीलाई लाग्छ, मन भनेकै मुटु हो । के मन मुटुमै अवस्थित हुन्छ । यो प्रश्न किन पनि जरुरी हुन्छ भने स्नायुरोग विशेषज्ञले मान्छेको भावनात्मक स्थितिलाई मस्तिष्कले महसुस गर्ने दाबी गर्छन् । त्यसो भए हामी किन मन भनेर मुटुलाई सङ्केत गर्छौं ? मुटु भनेको शरीरको एउटा अभिन्न अङ्ग हो । तर मन भन्नाले भावना, विचार र सोचाइसँग जोडिन्छ यो अभौतिक हो । मुटु चिरेर हेर्दा त्यहाँ मन भेटिँदैन । तर मनलाई दुख्यो भने मुटुलाई असर भने पर्छ । मन, मुटु, मस्तिष्क र शरीरको अन्य अङ्गसँग पनि सम्बन्ध रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ राजेन्द्र कोजु बताउँछन् । “प्राकृतिक रूपमा मुटुको आफ्नै स्वचालित प्रणाली छ । मुटुले जे गर्छ, मस्तिष्कको निर्देशनमा गर्छ,” उनी भन्छन् ।
दुःख हुँदा चित्त दुख्दा, अत्यास लाग्दा हाम्रो मुटुको चाल बढ्नाले त्यो मुटुले महसुस गर्छ । मुटुसँगै अनुहार पनि रातो हुने, कसैका हातमा पसिना पनि आउने हुन्छ तर भावनात्मक कुराले मनमा महसुस भयो भने मुटुलाई असर पर्छ भनिन्छ । मुटुलाई असर नगर्ने पनि होइन, धेरै असर पर्छ । मन शान्त भयो भने मुटु बिस्तारै धड्किन्छ । मन अशान्त भयो भने मुटुको चाप बढ्न जान्छ । छिटोछिटो धड्कन बढेर मुटुमा असर पर्न सक्ने डा. कोजु बताउँछन् । मुटु शरीरको सबैभन्दा प्रमुख अङ्ग हो । मनमा पीडा हुनु त गम्भीर कुरा हो र यसलाई मुटुसँग जोडियो भने मुटुको धड्कन बढ्छ, त्यसैले मानिसले मनलाई मुटुसँग जोडेको हुन सक्छ ।
तपाईंलाई के लाग्छ ? मानिसको मन कसरी परिवर्तन हुन्छ ? अनि मन के हो ? शरीर र मनका बिचमा के सम्बन्ध छ ? मन र मुटु एउटै हो कि फरक हो ? मन परिवर्तन मनोवैज्ञानिक कारणले हुन्छ कि शारीरिक कारणले ? शरीर नै नभए प्राण कहाँ बस्छ र प्राणसँग मन र मुटुको सम्बन्ध कसरी बुझ्ने । वास्तवमा शरीर त मानिसका लागि एउटा हाडछालाले बनेको आत्माले बास बस्ने ठाउँ न हो, आत्माले विवेक प्रयोग गर्ने साधन मात्र हो । जहाँ चेतनाले बास बस्न पाउँछ । चेतनाले आफूलाई परिमार्जित गर्न पाउँछ र जीवनको रहस्यलाई आफैँमा आत्मसात् गर्न पाउँछ । उपनिषद्ले यस्ता दार्शनिक प्रश्नमा मार्मिक उदाहरण दिएर भनेको छ शरीर, मन, बुद्धि, आत्मा, परमात्मा, ब्रह्म, परब्रह्मको लाक्षणिक समस्या र समाधान दिएको पाइन्छ ।
“इन्द्रियभन्दा पर मन छ, मनभन्दा पर बुद्धि छ, बुद्धिभन्दा पर महìव छ, महìवभन्दा पर प्रकृति छ, प्रकृतिभन्दा पर पुरुष छ । यसरी एकभन्दा अकोर् विषय सूक्ष्म छ र जति सूक्ष्म छ त्यति नै बलवान् पनि छ । यस जगत्मा रहेका प्रत्येक वस्तुभन्दा विचार र विचारभन्दा बुद्धि अति सूक्ष्म छ र त्यति नै बलवान् भएको कुरा उपनिषद्मा व्याख्या गरिएको छ । यस विषयमा अमेरिकी विद्वान्ले भनेका छन्– प्रकाशको गति १,८६,००० माइल भए झैँ विचारको गतिको प्रवाह ४०,००० निलदेखि सत्तरी हजार निल माइलसम्म दौडन्छ । विचार विद्युतीय तरङ्गभन्दा पनि अझ वेगवान् हुन्छ । विद्युतीय शक्तिले पृथ्वीको परिव्रmमा एक सेकेन्डमा सात पटक गर्दछ भने विचारको गति त्योभन्दा तेब्बर गतिशील हुन्छ । यस्तै विचारका गतिले नै दर्शनको विकास हुन सक्छ (विचार विज्ञान–१) पौरस्त्य साहित्यमा जीवन, जगत्, शरीर, आत्मा, ब्रह्मविद्याका सम्बन्धमा अनेक समस्या र समाधानका उदाहरण पाइन्छ । महाभारतभित्र समेटिएको श्रीकृष्ण र अर्जुनका बिचमा युद्ध स्थलमा भएको वार्तालापले जीवनको दर्शनलाई लाक्षणिक रूपमा व्यक्तिमा नै निहित रहेका अपरिमित गुणको बयान गरिएको छ । मन परिवर्तन केले गर्छ त ? मेरा विचारमा भयले परिवर्तन गर्छ उत्साहले परिवर्तन हुन्छ मन तर त्यो क्षणिक हुन्छ । चित्त बुझेपछिको परिवर्तन स्थायी हुन्छ । निर्भयताले पनि परिवर्तन हुन्छ मन किनभने भयले जति बिगार्ने हो बिगारिसकेकाले अब बिगार्ने केही पनि बाँकी हुँदैन । हामीले त्यस्ता समय र अवस्था पनि गुजारेर आएका छौँ । मायाले पनि मन परिवर्तन हुन्छ भने निर्मोहले पनि मन परिवर्तन हुन्छ । विचार भनेको सोचाइको प्रवाह हो र मन भनेको त्यो प्रवाहको तरङ्ग हो । तरङ्गित मनले विचार परिवर्तन पनि गर्न सक्छ एकातिर भने पीडित शरीरले पनि विचार र मनमा परिवर्तन ल्याउँछ ।
मन र आत्मा
मन : प्रत्येक प्राणीका मनको एकाइ र जिन्स रहेको हुन्छ । उक्त मन र जिन्स फरक फरक हुने हुनाले कतिपय मेटाफिजिकल वैज्ञानिकले जिन्सलाई ईश्वर मानेका छन् । जिन्स भनेको सूक्ष्म रासायनिक जीवाणु हो, जसमा जीवका सबै गुण हुन्छन् ।
मनको सम्बन्ध मस्तिष्कसँग छ र मस्तिष्कको भित्र जो आकाशको भाग छ, त्यसमा पहिले विचार उत्पन्न हुन्छ । मस्तिष्काकाश महाकाशको व्यष्टिरूपको अवयव हो । जब विचार वा इच्छा यस मस्तिष्काकाशमा फैलिन्छ तब त्यहाँबाट वायुद्वारा महाकाशमा फैलिन जान्छ अर्थात् इच्छाशक्तिका सूक्ष्मधारा मस्तिष्कको पर्दालाई पार गरेर अधिक बलवान् भए भने शीघ्र बाहिर निक्लेर बडो वेगले महाकाशमा फैलिन्छन् । यदि इच्छाशक्ति निर्बल भए भने कठिनाइले पर्दा पार गरेर आस–पासमा हराउँछ ।
सुखदुःखको अनुभूति गनेर् साधन बन्ने इन्द्रियलाई मन भनिन्छ ।
मनो ब्रह्मत्युपासीतेत्यध्यात्म (छान्दोग्योपनिषद् ३।१८।१) मन नै ब्रह्म हो । यो अध्यात्मिक दृष्टिकोण हो । इन्द्रियले शरीरमा जुन कार्य गरेको छन् ती सबै मनका सहयोगबाट गरेका छन् । त्यसैले मनलाई महìवपूर्ण अङ्ग मानिन्छ । यसको गणना इन्द्रिय र कमेर्न्द्रिय दुइटैबाट गरिएको छ । यसलाई उभेन्द्रिय पनि भनिन्छ । आयुवेर्दमा वा योग शास्त्रमा मनलाई मनस भनिन्छ । जुन उपकरण कुनै घटना, विचार वा ज्ञानमा मुख्य जिम्मेवार रहन्छ । अझ यसको मुख्य कार्य ज्ञानेन्द्रिय र आत्मालाई जोड्ने हो । यो आफैँमा निर्जीव जड तìव हो । स्पर्शले ज्ञानको आनन्द र पीडाको अनुभूति आफैँले पाउँदैन । जब मन आत्माकोे संसर्गमा आउँछ तब मात्र आनन्द र पीडाको अनुभव हुन्छ । प्रत्येक आत्माको साथ मन हुन्छ, जसलाई आन्तरिक सहायक मानिन्छ । आयुवेर्दमा मनलाई सत्व मानिन्छ, जसरी ज्ञानेन्द्रिय ज्ञान प्राप्त गनेर् बाहिरी साधन हुन् भने मन ज्ञान प्राप्तिको आन्तरिक साधन हो किनकि यो अन्तस्करणका चार अङ्गमा रहेको हुन्छ ।
जुन ती प्रमुख अङ्ग हुन् ।
आत्मा– आत्मरथी (रथका स्वामी), शरीर– रथ, बुद्धि– सारथी, मन– लगाम ।
मनको निवास मस्तिष्कमा हुन्छ भने आयुवेर्दमा हृदयमा मनको स्थान मानिन्छ । यसको कार्य ज्ञानेन्द्रियद्वारा प्राप्त विषयको ज्ञान अहङ्कार र बुद्धिसम्म पु-याउनु हो । मन नै प्रतिव्रिmयाका रूपमा कमेर्न्द्रियसम्म पुग्छ । मनमा असिमित (अपरिमित) ज्ञान, शक्ति वा अनन्त सामथ्र्य रहन्छ । शरीरमा तीन दोष भए झैँ मनमा पनि तीन गुण हुन्छन् सत्व, रज र तम । यी गुण एकअर्काप्रति आश्रित छन् । कसैमा एक गुण बेसी हुन्छ भने अकोर्मा अकोर् गुण । दुःखसुख, मान, हानि, लाभ सबै यसका परिणाम हुन् । सत्व गुण प्रकाश वा ज्ञान हो । रजो गुण व्रिmयाशीलता हुन्छ । यस कार्यमा प्रभुत्व र तमोगुण जडता वा आलस्य र विनाशको कारण हो । यिनै गुणका आधारमा मानिस सात्विक, राजसी र तामसी भएका हुन् ।
त्यस्तै अर्को प्रसङ्ग छ विगत तीन वर्ष यतादेखि म कोरोनाले बिरामी भएर झापामा आफ्नोे घरमा गएँ काठमाडौँमा बसेको यहाँ र त्यहाँको वातावरणमा केही फरक छ– असोज कात्तिकमा पनि त्यहाँ दिनमा गर्मी नै हुन्छ । त्यसैले ज्यानले केही शीतल खोज्दै जाँदा घर छेउको लिचीका फेदमा बस्ने विचार गरेँ । लिचीका फेदमा एउटा खाट, गुन्द्री र सिरानी लिएर दिनभरिजसो त्यहीँ बसेँ भेट्न आउने कति आफन्त साथीभाइ त्यहीँ एक एकवटा कुर्सीमा बस्दै फर्कनुभयो । यो क्रम लगातार तीन वर्ष हामी काठमाडौँबाट गएपछि चल्यो । अनि मलाई लाग्यो यस वृक्षको कति शक्ति रहेछ । मौसममा फल खान पाए पनि अरू समयमा यसको शीतलले पनि हामीलाई कति फाइदा दियो होला अनि त्यहाँ बस्ने अनेकौँ चराचुरुङ्गी बसेका छन् कतिले गुण बनाएका छन्, बचेरा हुर्काए होला कति गुणकारी फलादायी वृक्ष रहेछ जस्तो लाग्यो । त्यो वृक्षले गरेको सेवा-फाइदा देखेर मनमा लाग्यो– हामी बसेको पहाडमा त यस्ता वृक्ष कति रोपेका थिए । प्रत्येक डाँडामा, थुम्कीमा, घुम्तीमा अलिकति उकालो हिँडेपछि एउटा चौतारा वा फलैँचा बनाएर वरपीपल रोपेर मानिसलाई विश्राम दिने ठाउँ दिएका छन् । एकछिन् भए पनि विश्राम लिनका लागि परोपकारी कर्म गरेका रहेछन् । यो मन ती वरपीपल र चौतारा भएका र आफू पुगेका ठाउँमा बेलगाम कुद्छ । यसलाई कुनै ट्राफिक नियमले छेक्दैन– अनि मलाई लाग्न थाल्यो यो मन किन यसरी कुदेको होला । यसको सञ्चालन कसरी भएको छ– के यसमा कुनै सिद्धान्त पनि छ ? फेरि त्यही मनमा प्रश्न उठ्न थालेपछि केही पुस्तक पढ्न थालेँ अनि यही मनले भन्यो, यो पढ त्यो नपढ । गीत कविता सुन्दा त कतिलाई राम्रो भन्छ कतिलाई नराम्रो ।
मन यति व्यापक छ समुद्रभन्दा विशाल छ, यसको आयतन कति हो मापन गर्न सकिन्न । जता पनि जान सक्ने । मन के हो यो कहाँ छ । मन मुटुमा छ कि आँखामा छ । लुगा कपडा आँखाले हेर्छ अनि मनलाई सोध्छ यो मन प-यो भनेर ? त्यसको उत्तर मनले दिन्छ । गीत सुन्छ, कविता सुन्छ, सुनेको त कानले हो अनि सोध्छ यो मन प-यो भनेर । किताब पढ्छ, ओ हो ! यो किताब त साह्रै राम्रो रहेछ भन्छ । पढेको त आँखाले मात्र होइन, मनले पनि हो । मनभित्र के के छ, त्यस्तो सबै कुरा छुट्याउन सक्ने क्षमता । आँखाले हेर्छ, हेर्ने त आँखाले हो राम्रो नराम्रो छुट्याउने मूल्याङ्कन गर्ने मन हो । यसरी मन र आँखाको सम्बन्ध कहाँ छ, आँखा त मन होइन मन पनि आँखा होइन । सुन्ने काम कानले गर्छ तर कानले केही भन्दैन कति राम्रा कुरा भनेर मनले निर्णय गर्छ । मनका विषयलाई लिएर अनेकौँ पुस्तक पढ्दै जाँदा, थाहा भयो ।
ओ हो ! दृष्टिविहीनले पनि आपूmलाई मन परेको कुरा छुट्याउन सकेका छन् । कति राम्रा कपडा लगाएका छन्, कति राम्रा भएर हिँडेका छन् । धेरै शैक्षिक योग्यता हासिल गरेका छन् । दृष्टि हुनेभन्दा योग्य भएर काममा लागेका छन् भने के यी सबै कामको तय त मनले नै गर्दो रहेनछ र । मनभित्रै अन्तर्दृष्टि र अन्तर्चक्षु छ ? विश्वमा कति अन्धा, लाटा र बहिराका लागि शैक्षिक संस्था छन् । तिनले ती संस्थाबाट अनेक विषयमा यथेष्ठ ज्ञान आर्जन गरेर आपूmलाई दुनियाँका सामु सबल बनाएका छन् । यी सबै कुरालाई व्यवस्थित गर्न मन हुनुपर्दो रहेछ नत्र ज्ञानभित्र अन्तज्र्ञान अपूरो हुने रहेछ । अस्थिरपनले मनमा अनेक ज्ञान एकैसाथ नहुने हो कि भन्ने चिन्ता बढेको छ । अनि म सम्झन्छु कतिका मन विचलित अस्थिर छन् । यिनलाई सही मार्गमा हिँडाउनु भनेको आपूm ठिक लाइनमा हिँड्नु हो ।
अतः मनभित्र कुनै सिद्धि हुनु पर्छ । स्मृति, प्रत्यक्ष अनुभव, स्वप्नज्ञान त्यतिकै विषयको ज्ञान मनमा हुँदो रहेछ । यसरी सबै कुरा सम्झँदा र सम्झने कर्म पनि मनले गर्दछ । तिमीलाई वस्तु मन प-यो । आज हेरेको ठाउँ कस्तो रहेछ कस्तो लाग्यो– यस्ता अनेक प्रश्न छन् जीवनमा आउने तिनको उत्तर एउटै हो मन प-यो कि परेन । राम्रो लाग्नु पनि मन पराउनु नै हो । मन पर्नु एउटा कुरा हो मनले माग्नु अर्काे कुरा हो । कति मनोविश्लेषकका आधारमा मन त चेतन र अवचेतन हुन्छ भन्छन्– अवचेतन भनेको के हो त्यो बाहिर छ– सपनामा आउने हो । यो पनि रहस्यमय नै भयो ।
आत्मा
आत्माभित्र त्यस्ता गुण छन् ज्ञान, सुख, दुःख, इच्छा, द्वेष, प्रयत्न, संस्कार, धर्म र अधर्म– यससँगै चेतनाको कुरा पनि आउँछ । चेतनाको आश्रय आत्मा हो । आत्मा, शरीर र मनसँगको संयोगले नै चेतनाको उत्पत्ति हुन्छ । आत्मा भनेको दुर्दर्श हो, भनाइको तात्पर्य दुःखेन द्रष्टुं भोग्यम् अर्थात् मुस्किलले मात्र देख्न पाइने विषय हो आत्मा । सामान्य मानिसका लागि परिवार त्यागेर वैराग्य हुनु गाह्रो कुरा हो । त्यस्तै गूढम् अनुप्रविष्टम् गूढ भनेको ढाकिएको भन्ने अर्थमा अनुप्रविष्टम् आत्मा मायाले ढाकिएको छ । त्यसैले भित्री रहस्यमा रहेको ब्रह्मतìव प्राप्त गर्न मायारूपी जालो पन्छाउनु पर्छ । अझ आत्मालाई गह्वरेष्ठ मानिएको छ । गह्वर भनेको डर लाग्दो खाडल हो र त्यही खाडलमा आत्मा रहेको हुन्छ । त्यसबाट बाहिर निस्कन राग, द्वेष काम, व्रmोध, लोभ, मोह जस्ता झाडीबाट बाहिर निस्केपछि मात्र बृहत् ज्ञान प्राप्त हुन्छ अनि मात्र ब्रह्म भेट्न सकिन्छ ।
शुक्लयजुर्वेदको ३४ औँ अध्यायमा १–६ सूक्तका ऋषिले देवता, मन र छन्द त्रिष्टुप् हुन् भनेका छन् । यी सूक्तमा ऋषिले सम्पूर्ण कार्यको कारकतìव मन भएकाले मनको दृढताले मात्र असहज कार्य पनि सहज हुन सक्छ भन्दै मन सधैँ कल्याणकारी कार्यमा दृढ रहोस् । कसैसँग कुविचार र दुर्भावनामा प्रवृत्त नहोस् । जुन मन जाग्रत् मानिसको धेरै टाढासम्म जान्छ । चक्षु आदि इन्द्रियको अपेक्षा त्यसै गरी सुषुप्तावस्थामा यो मन जसरी जान्छ, त्यसै गरी पुनः फर्केर सुतेकै अवस्थामा आइपुग्छ । यस्तो चञ्चल स्वभावको मनलाई दृढ र सुसङ्कल्पको आह्वान गरेका छौँ ।
जुन मन मान्छेको जाग्रत् अवस्थामा (आँखामा) अत्यधिक टाढासम्म जान्छ, त्यो आत्माको दर्शन गर्नमा सामथ्र्यवान् हुन्छ, जुन व्यक्तिको सुषुप्त अवस्थामा त्यसै गरी फेरि फर्केर आउँछ, त्यो धेरै टाढासम्म जान सक्तछ र सबै बाह्य इन्द्रियको प्रकाशक त्यो मनको कल्याण होस् ।
यहाँ यज्ञको तात्पर्य शुभकार्य हो । शुभकार्यका लागि अठोटको खाँचो हुन्छ । हरेक शुभकर्ममा मनको दृढता चाहिन्छ । त्यसैले आज्ञार्थक रूपमा मनले प्रार्थना गरेको छ । सबैको अन्तरात्मामा अदृश्य रूपले रहने मनले सधैँ सबैको शुभ होस् भन्ने कामना गरिएको छ । मन विशेष ज्ञान र सामान्य ज्ञानको साधन हो, मन धैर्य भई प्राणीभित्र अमर ज्योति स्वरूपमा विद्यमान छ र जसको अभावमा कुनै पनि कार्य गर्न सकिँदैन, त्यही मेरो मनको कल्याण होस् ।
मानिसको सबैभन्दा ठुलो शक्ति भनेको मन हो, जसलाई आत्मा वा आत्मबल भन्ने गरिन्छ र जसलाई लक्ष्य प्राप्तिको महान् साधन मानिन्छ । जबसम्म मनलाई आफ्नो नियन्त्रणमा राख्न सकिँदैन तबसम्म कुनै पनि काम सफलतापूर्वक सम्पन्न गर्न सकिँदैन । त्यसैले यो चञ्चल मन जसले क्षण–क्षणमा राम्रा नराम्रा, उच–नीच, घातक र शान्तिवादी चिन्तन गर्दछ, त्यस्तो शक्तिशाली मन सबै प्राणीमा विद्यमान भएकाले सधैँ कल्याण होस् भन्ने कामना गरिएको छ ।
अमर मनद्वारा यस संसारमा भएका र हुनेवाला सबै पदार्थलार्ई बोध गरिन्छ साथै जसद्वारा सप्त हुनेवाला (अग्निष्टोम आदि) यज्ञ गरिन्छ त्यसमा मेरो मन शुभसङ्कल्पले युक्त होस् । जीवनका भूत, भविष्य र वर्तमान विद्यमान वस्तुको ज्ञापक मन नै हो । मनद्वारा नै व्यक्ति नियन्त्रित भई अग्रसर हुन्छ । त्यस्तो मन सधैँ असल रहोस् ।
रथको चक्रको नाभिमा स्थित चव्रm र धुरालाई जोड्ने ससाना काठ या फलामका डन्डी जस्तै मनमा ऋचाहरू, साम र यजुष प्रतिष्ठित हुन्छन्, जसमा प्राणीको सम्पूर्ण पदार्थ विषयक ज्ञान निहित छ, त्यही मेरो मन शिवसङ्कल्पले युक्त होस् ।
सङ्कल्प, अठोट वा दृढताबिनाको कुनै पनि कार्य सफल हुन सक्दैन । जीवनमा सफलता प्राप्तिका लागि जसरी रथका चक्का र त्यसमा जोडिने ससाना डन्डीबिना रथका चक्का परिपक्व (मजबुत) हुँदैनन्, त्यसरी नै जीवनरूपी रथ चलाउन पनि मनरूपी लगाम मजबुत हुनु पर्दछ । अन्यथा जतिखेर पनि दुर्घटना हुन सक्छ । त्यसैले जुनसुकै असल कार्यका लागि मनलाई स्थिर अर्थात् केन्द्रीकृत गर्नु आवश्यक छ भन्ने कुरा उपर्युक्त ऋचाबाट बोध हुन्छ ।
जुन मनले मानिसलाई बारबार यताउता जान प्रेरित गरिरहन्छ, जस्तै कुशल सारथिले घोडालाई लगामद्वारा आफ्नो वशमा राख्छ त्यसै गरी अत्यन्त चञ्चल मनलाई आफ्ना वशमा राख्नु पर्दछ । जुन कुरा हृदयमा स्थित छ, जुन जरा (वृद्धावस्था) रहित अत्यन्त वेगवान् छ त्यो मन शिवसङ्कल्पले युक्त होस् ।
असल सारथि उद्दण्ड खालका चञ्चल घोडा भए पनि लगामद्वारा आफ्नो काबुमा राख्न सफल हुन्छ, त्यसै गरी ज्ञानी, विवेकशील, तìवज्ञानी मुमुक्षु जनले चञ्चल मनलाई आफ्ना वशमा राखी शुभ अर्थात् संसारको कल्याण गर्न दृढ रहोस् भन्ने कामना व्यक्त गर्दछन् । त्यत्तिकै भूत, वर्तमान र भविष्यका द्रष्टा ऋषि र ऋषिका नभएका होइनन् । तिनले अत्यन्त कष्टकर साधनाद्वारा यजुर्वेदका माध्यमद्वारा मनलाई नियन्त्रण गरी जीवनको लक्ष्यलाई शिखरमा पु¥याएका छन्, जसको सामान्य लेशजति पनि अहिलेका मानव जातिले आत्मसात् गर्न सके जीवन सार्थक हुने थियो भन्ने लागेको छ । त्यसैले गीतामा भनिएको छ ः हे कृष्ण ! यो मन चञ्चल छ, उच्छृङ्खल छ, अटेरी तथा अति बलवान् छ । यसलाई वशमा ल्याउनु र हावालाई तह लगाउनु उस्तै कठिन छ । श्रीकृष्णले भन्नुभयो– हे महावाहु, हे कुन्ती पुत्र ! चञ्चल मनलाई वशमा ल्याउन कठिन छ भन्ने कुरामा कुनै सन्देह छैन तर अभ्यास र वैराग्यद्वारा यसलाई वशमा ल्याउन सकिन्छ ।
योगी तपस्वी एवं ज्ञानीभन्दा पनि ठुलो मन हुन्छ । योगी सकाम कर्मीभन्दा पनि ठुलो हुन्छ । तसर्थ हे अर्जुन ! सबै परिस्थितिमा तिमी योगी बन । मनले बाह्य इन्द्रियका सहायताले उनेक विषयको ग्रहण गरेको हुन्छ । मन एउटा शरीमा एउटै भए पनि– शरीरमा भएका प्रत्येक अङ्गका स्पर्शले मनमा प्रभाव पारेको हुन्छ । मन द्रव्य हो– यसमा मनले अनुभव गरेको वा साथबाट वा दृश्यावलोकनबाट प्राप्त प्रभावले अनेकौँ प्रतिविम्ब सिर्जना गरेको हुन्छ । तिनै प्रतिविम्बमध्ये केही मात्र मनमा रहन्छन् । शब्द ध्वनिको श्रवणबाट थाहा हुन्छ, ती शब्द पनि ओठबाट, मुखबाट र घाँटीका संयोगले निर्माण हुन्छन् । तिनका पनि आफ्नै स्थान छन् । कुनै वस्तुको वास्ना दृश्य पनि हुन्छ, अदृश्य पनि हुन्छ तिनलाई मनले चाहने र नचाहने (मन पराउने मन नपराउने ) हुन्छन् । रङ कसैलाई सेतो मन पर्छ, कसैलाई रातो त्यो मन पराउने मन कहाँ छ भन्दा त यी हरेक विषयवस्तु प्रत्येक अङ्गमा देखिन्छन् तर फेरि पनि मन त एउटै छ । शास्त्रले भन्छ मनमा सङ्ख्या, परिमाण, पृथक्, संयोग, विभाग, परत्व, अपरत्व र वेग गरेर आठ संस्कार छन् । शास्त्रका आधारमा बुद्धि शब्दले पनि मन बुझिन्छ । जसले जे बुझ्छ त्यो उसको बुद्धि हो । त्यहाँभित्र शुभ प्रवृत्ति हुन्छ, अशुभ प्रवृत्ति हुन्छ, जे पनि हुन सक्छ । यदि मनमा अशुभ प्रवृत्ति हाबी भयो भने द्रोह हुन्छ, शुभ विचारको प्रवेश भए सिर्जना हुन्छ, प्रेम हुन्छ र शान्ति हुन्छ ।