समसामयिक निबन्ध सङ्ग्रह सार्वजनिक
इतिहासकार एवं संस्कृतिविद् प्राडा. प्रेमकुमार खत्रीको ‘समसामयिक निबन्ध’ सङ्ग्रह बुधबार राजधानीमा सार्वजनिक गरिएको छ ।
वरिष्ठ साहित्यकार सुवेदीको निधन
वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।
पैँतिस वर्षको साइनो (इतिश्री)
नयाँ सडकको पिपलबोट, विशालबजार दिनहुँ आउजाउ गर्ने थलो जस्तै बनेका थिए । पिपलबोटसँगै विशालबजार सामुन्ने अवस्थित गोरखापत्रको पहेँलो रङको सोतो परेको भवन आकर्षणको केन्द्र थियो । पिपलबोट र विशालबजारमा
‘ललितकला प्रवर्धनमा तीन वटै सरकारको सहयोग आवश्यक’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मुलुकको अर्थतन्त्रलाई नै टेवा पुर्याइरहेको ललितकला क्षेत्रको प्रवर्धनका लागि तीन वटै सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले राजधानीमा सोमबारबाट सुरु भएको पाँच दिवसीय बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८० को उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको हो । उहाँले ललितकलाको विकासका लागि स्थानीय तह, प्रदेश, सङ्घको नीतिगत र योजनाबद्ध सहकार्य हुन आवश्यक रहेको पनि बताउनुभयो । मन्त्री तामाङले भन्नुभयो, “नेपालको सबै भू–भागमा बसोबास गर्ने हरेक समुदायसँग फरक भाषा, संस्कृतिका साथै परम्परागत अभ्यासमा समेत कला जोडिएको छ । ललितकलाका हस्तकला, चित्रकला, मूर्तिकलालगायत थुपै्र विधाका माध्यमबाट देशलाई आर्थिक टेवा र पर्यटन भित्र्याउने
पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार
इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् ।
‘साहित्यले समाजका आरोहअवरोह बुझन जरुरी’
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रा.चेतनाथ धमलाले वाचित कविताहरूमाथि टिप्पणी गर्नुहुँदै साहित्यले समाजका आरोहअवरोहहरू बुझ्न जरुरी रहेको बताउनुभयो ।
कवितामा अवैध कथा
कवितामा अवैध कथाको सन्ताप लतपतियो यसरी... कुनै बेला
ल्याब ब्वाइ
बेड नम्बर १०५ मा मेरा आँखाहरू झट्ट पोखिए । कैयौँ वसन्त खेपेको शरीर बेडमा अविचलित छ । शिरमा हिउँ फुलाएर चिसिएका छन् गोडाहरू । टकटकी बाँधेर हेर्दै छु, समयको जाँतोमा पिसिएको उमेरको लीला । दिग्भ्रमित भएकी छु । भ्रा
आज बिहान (कविता)
जुनै समय पनि आफ्नै बिहान हुन्छ तपाईं कहाँ जानुहुन्छ म कहाँ जान्छु या त खुम्चिरहेँ उत्तरार्धसम्म
साहित्यकार लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार
गाउँवेशीका कवि उपनामले चिनिनु भएका तनहुँमा जन्मनु भएको कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापना गरिएको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको छ।
पुरानो डसना (कथा)
“अमा, ऐ अमा, गना छि ?” (आमा, ऐ आमा, कहाँ तपाईं ?) “कसी, कसी ऽऽ, तले
ज्योति (कथा)
खाना बनाउँदै, झकाउँदै गर्ने मेरो बानी नै बसिसकेको थियो । म त्यही तालमा थिएँ । मेरो पढाइ देखेर जल्ने काले अचानक स्याँ... स्याँ... गर्दै आएर छेवैमा बस्यो । “निन्द्रा पु-याउँदै छौ ?,” उसले मेरो काँधमा हात राख्यो ।
पचास रुपियाँको नोट [कथा]
ऐना हेर्न पनि बिर्सिने भइसकेछु । धेरै दिनपछि ऐना हेरेँ । हेर्नु के थियो र ? गढीसकेका आँखाहरू जसलाई मुस्किलले अड्याएर राखेको गुजमुज चाम्रो छाला र त्यसमा वरिपरि कालो पोतोले घर बनाई सकेछन् । गल र गालाका छाला मासु झोल्लिएर तल लत्रिरहेको देख्दा थोते मकै जस्ता मेरा थोतुरे दाँतहरूले हाँस्ने जाँगरै चलाएनन् ।
नारी सङ्घर्षको सुखान्त कथा
कुटी’ उपन्यासका लेखक गोविन्दप्रसाद कुसुम कुशल राष्ट्रसेवक साथै नेपाली साहित्य फाँटका विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँका कविता सङग्रह, तन्द्राभित्रको अतीत कथा सङग्रह, पर्खाल उपन्यास, पारीको अनुभव यात्रा अनुभव, प्रशासनभित्रको प्रशासन कृति प्रकाशित भइसकेका छन् । नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका तीन सय लेख सार्वजनिक भइसकेका छन् । उहाँका पुस्तकहरू विशेष गरी व्यवस्थापन विषयवस्तुमा केन्द्रित भएर लेखिएका छन् । यद्यपि प्रशासनभित्र प्रशासनबाहिर, युगोगका कथाहरू र साना आकारका कथा सङ्ग्रह सार्वजनिक हुने क्रममा छ । भृकुटीलाई साङ्ग्रिला मिडिया ग्रुपले २०८० साउनमा प्रकाशन गरेको हो ।
खड्पाबिसीको एक बिहान
यात्रा न हो, आफैँ पनि कहिले यता कहिले उता पुगिदिन्छ तन्किएर । यात्रा न हो, कहिले कता कहिले कता दौडिदिन्छ लम्किएर । उडिदिन्छ सुदूर आकाशतिर अनि वरिपरि नै बरालिन्छ कहिले यो बेलगामको लगाममा । एकै लय, एउटै स्थिति र एकै ठेगानमा नबस्नु, नरहनु पनि त हो यात्रा । मौरीका बथान जस्तै एकै चाकामा नअटाउनु र उडिरहनु नै पनि त हो यात्रा ! हिँड, दौड, कुदिरहु बिनाविश्राम, बिनालगाम, बिनाआलस्य र बिनापर्बाह । हिमाल पहाड तराई केही नभनी चलायमान दिक्क काल र समयको ख्याल नभएका लापरबाहहरूकै खेल तमासा पनि त हो यात्रा ! त्यस्तै भयो यस पाला यो पङ्क्तिकारलाई पनि । पुग्नु थियो ऐसेलु खर्क माध्यमिक विद्या
कला साहित्य यात्रा
यात्रा आफैँमा रोमाञ्चक हुन्छ, त्यसमा पनि उद्देश्यसहितको भयो भने त अझ महत्वपूर्ण बन्न पुग्छ । विगत १७ वर्षदेखि यसरी यात्रा गरिरहेको यात्रामा कैयौँ पटक सहयात्री बन्दा अनुष्ठानमा चरू हाले जस्तै लाग्छ । पश्चिमको नेपालगन्जबाट १६ वर्षअघि सुरु भएको यात्रा यसपालि १७ औँ यात्राका रूपमा पूर्वको ताप्लेजुङमा आयोजना गरिएको थियो । सदा झैँ नेपाली कलासाहित्य डट कम प्रतिष्ठान आयोजक रहेको यसपालिको छ दिने नेपाली कलासाहित्य यात्रा फागुन २४ बाट थालिएर फागुन २९ गते समापन भएको थियो ।
तीन जनालाई ‘वानीरा पुरस्कार’
सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञापुरस्कार’ बाट सम्मानित गरिने भएको छ ।
फिर्ती उपन्यास बजारमा
नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका सदस्य आख्यानकार मणि अर्यालको उपन्यास फिर्ती बजारमा आएको छ । माओवादी द्वन्द्वपछि युवा पुस्तामा देखिएको वैदेशिक यात्रा र त्यसवाट नेपाल फिर्तीका सम्बन्धमा भोग्न परेका सास्तीहरूलाई उठाइएको सो कृतिको यहाँ आयोजित एक कार्यक्रमका बिच विमोचन गरी बजारमा ल्याइएको हो ।
कला, संस्कृति संरक्षणमा कठरिया युवा
नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने कठरिया थारू समुदायका युवा आफ्नो मौलिक कला, संस्कृति संरक्षणमा जुर्मुराएका छन् । थारू जातिमा अल्पसङ्ख्यक समुदायका रूपमा रहेको सो समुदायका युवा लोप भइरहेको कला, संस्कृति संरक्षणमा जुटेका हुन् । कैलाली, बर्दियासहित भारतको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने कठरिया समुदायको कला, संस्कृति लोप भइरहेको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठ र उनको काव्यसाधना
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ११२ औ“ युगकवि सिद्धिचरणको जन्मजयन्ती समारोहमा आफ्नो स्वागत मन्तव्यको आरम्भमा यो पङ्क्तिकारले भनेको थियो– छ दशकभन्दा बढी लामो समय काव्यसाधनामा संलग्न रही युगकविले एउटा सिङ्गो
धुलिखेलमा माछा मार्ने जात्रा प्रदर्शन
भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) मङ्गलबार धुलिखेलमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगणका विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा धुलिखेल नगर परिक्रमा गरी नृत्य प्रदर्शन गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको नवदुर्गा धुलिखेलमा ल्याइने चलन रहेको नवदुर्गा देवगण नारायणमान वनमालाले जानकारी दिनुभयो । धुलिखेलमा जात्रा सकिएलगत्तै नवदुर्गा श्रीखण्डपुर र चौकोट लगिने छ । नगरपालिकाले नवदुर्गा जात्राका अवसरमा मङ्गलबार स्थानीय पर्वका रूपमा बिदा गरेको छ । धुलिखेल नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु (ठुलो भोजनग्रहण) गराइएको छ । धुलिखेलवासी नवदुर्गा देवगणलाई आफ्नो कुल देवताका रूपमा पुज्दै आएका छन् ।
पाटन सङ्ग्रहालयमा थारु संस्कृति झल्काउने प्रदर्शनी
ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको पाटन सङ्ग्रहालयमा थारु संस्कृति तथा इतिहास झल्काउने तस्बिर तथा बस्तुहरुको प्रदर्शनी गरिएको छ ।
सङ्गीतकार सन्तोषको वर्ल्ड रेकर्ड
सङ्गीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाउनुभएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा प्रत्यक्ष रूपमा वाद्यवादनसहितको गायन तथा म्युजिक भिडियो छायाङ्कन गरिएको गीत ‘तिलिचो ताल...’ बाट उहाँले गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र पाउनुभएको हो ।
होलीका लोकभाका हराउँदै
अघिल्लो पुस्तासम्म पनि होलीको लोकभाका गाउँदै आफूलाई मन परेको मान्छेसामु गीतमार्फत आफ्ना भावना व्यक्त गर्ने चलन थियो । महिला पुरुष सबैका लागि प्रेम अभिव्यक्त गर्ने अवसर हुन्थ्यो होली अर्थात् फागुको समय । रङ खेल्ने मात्र होइन, रङ जस्तै स्वच्छ माया पिरती लगाउने उपयुक्त मौसम पनि यसै समयलाई मानिन्थ्यो ।