• २३ वैशाख २०८१, आइतबार

साहित्यकार लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार

blog

क्षेत्रप्रताप अधिकारी स्मृति पुरस्कार डा. नवराज लम्साललाई प्रदान हुँदै।

अमरराज नहर्की

तनहुँ, चैत्र १० गते। गाउँवेशीका कवि उपनामले चिनिनु भएका तनहुँमा जन्मनु भएको कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापना गरिएको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको छ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले सो पुरस्कार शनिबार ऋषिङ गाउँपालिकाको पोखरीभञ्ज्याङमा कार्यक्रममा प्रदान गरिएको हो।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले सयुक्त रुपमा प्रदान गर्नुभयो। क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारको राशि २५ हजार छ। 

त्यसैगरी नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्मय पुरस्कार–२०८० डा. रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ। सो पुरस्कारको राशी २५ हजार रहेको छ। 

गीतल राष्ट्रिय पुरस्कार–२०८० तिला लेकालीलाई प्रदान गरेको छ।  उक्त पुरस्कारको राशि १० हजार छ। गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरीलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि पाँच हजार छ।