कुनै एक क्यासिनोको दृश्य । मानिसहरूको भीडभाड देखिन्छ । सबैको पोसाकबाट मानिसहरू सम्पन्न र प्रतिष्ठित देखिन्छन् । मञ्चको दृश्य मध्य भागमा केन्द्रित हुन्छ । त्यहाँ एउटा भव्य टेबुलमा बसेर मानिसहरू तास खेल्दै छन् । तिनीहरूका सामु बियरले भरिएका गिलास छन् । बाजी जित्नेको मुहारमा खुसी र हार्नेको मुहारमा निराशाको भाव देखिन्छ ।
एक मानिस ः (हातमा रहेका तासका पत्ताहरू हर्दै) अब पनि बाजी मेरै होला जस्तो छ ...
अन्य मानिसहरू बियरको चुस्की लिँदै उनलाई हेरेर चुपचाप बसिरहन्छन् ।
दोस्रो मानिस ः (अलि रिसाए झैँ) मुखले मात्र भनेर भएन... तासका पत्ताहरूले के भन्छ ?
तेस्रो मानिस ः ल..ल.. सो गरौँ न त !
चौथौँ मानिस ः (तासको पत्ता देखाउँदै) ....ल ..ल देखाऊँ सबैले..
सबैले तासका पत्ता देखाउँछन् ।
एक मानिस ः (खुसीले बुरुक्क उफ्रन्छन्)... मैले अघि नै भनेको थिएँ नि ! ...बाजी मेरै हुन्छ भनेर... ।
अरू मानिस चुपचाप उनको व्रिmयाकलाप हेरिरहन्छन् ।
उनी पुनः तासका पत्ता लिएर फिट्न थाल्छन् ।
सबै आआफ्ना गोजी छाम्न थाल्छन् ।
एक मानिस ः (अझ हौसिँदै) खेल्ने होइन त ? ...तासका पत्ता बाँडूँ ...
दोस्रो मानिसतिर हेर्दछन् ।
ए... तिम्ले त अघि नै यो अन्तिम हो... भनेका थियौ नि ! ....खेल्ने हो र ? केही बाँकी छ, जुवामा राख्न ?
दोस्रो मानिस एक छिन घोरिन्छन् । उनले पल्लो टेबुलमा तास खेलिरहेका युवतीको समूहतिर आँखा दौडाउँछन् । उनलाई केही हिम्मत आए झैँ हुन्छ, त्यसको स्पष्ट भाव उनको अनुहारमा
देखिन्छ ।
दोस्रो मानिस ः (पहिलो मानिसतिर हेर्दै) किन
नखेल्नु ? ...खेल्ने हो । ..मलाई पनि तासका पत्ता बाँड ।
पहिलो मानिस आश्चर्य मान्दै उनलाई हेर्दछन् ।
तेस्रो र चौथौँ मानिस ः तिमीसँग अब बाँकी के छ ? ...तिमी अब बाजीमा के थाप्छौ ?
दोस्रो मानिस ः (गर्विलो आवाजका साथ) मसँग त्यो छ, जुन तिमीहरूसँग छैन ।
पहिलो मानिस ः (व्यङ्ग्यात्मका हाँसो हाँस्छन्) के छ त्यस्तो ? जुन मसँग छैन ।
तेस्रो र चौथौँ मानिस ः (दुवै एकै स्वरमा सोध्छन्) अँ ..भनुस् त, के छ त्यस्तो ? जुन हामीसँग छैन । तीनै जना मानिस ठुलो आवाजमा व्यङ्ग्यात्मक हाँसो हाँस्छन् ।
पहिलो मानिस ः पाण्डवले त अन्त्यमा दाउमा आफ्नी पत्नी द्रौपदीलाई राखेका थिए ...कि तिमी पनि .....
दोस्रो मानिस ः (गम्भीर हुँदै) तिम्ले ठिक भन्यौ ? ... म पनि द्रौपदीलाई दाउमा राख्नेछु ।
तेस्रो मानिस ः (दर्शकतिर हेर्दै) देख्नुभो ...यो मानिस बौलाएछ ..बुढापाकाले चिन्ताले मान्छे बौलाउँछन् भन्थे, हो रै’छ । आज आफैँले देख्न र सुन्न पाइयो । ...आजको एक्काइसौँ शताब्दीको युगमा...
दोस्रो मानिस ः (मुसुमुसु हाँस्छन्) हो, आजको एक्काइसौँ शताब्दीको युगमा, आजको युग एक्साइसौँ शताब्दीको युग हो, यहाँ जे पनि हुन सक्छ, जे पनि सम्भव छ ... ।
पहिलो मानिस ः (व्यङ्ग्यात्मक भावमा) दाउमा द्रौपदी पनि सम्भव..।
तेस्रो मानिस ः (उस्तै आश्चर्य भावका साथ) दाउमा द्रौपदी पनि सम्भव... ।
दोस्रो मानिस ः ल, ल कुरा मात्रै होइन, तासका
पत्ता बाँड ।
पहिलो मानिस ः (आश्चर्यका साथ) पहिले भन्नुप¥यो नि, दाउमा के ?
दोस्रो मानिस ः अघि नै भनेको होइन, दाउमा द्रौपदी... ।
चौथौँ मानिस ः (प्रश्नात्मक भावमा) उनी
कहाँ छिन् ?
दोस्रो मानिस ः यतै भिडमा, पहिले खैलौँ न ....
पत्ता बाँडिन्छन् । सबैले आआफ्ना हातमा तासका पत्ता फिँजाएर हेर्छन् । सबै एक–अर्काका मुखमा शङ्कालु भावका साथ हेराहेर गर्दछन् । दोस्रो मानिसको अनुहारमा बिस्तारै निराशाका भाव मडारिन थाल्छ । उनीहरू फ्रिज हुन्छन् । बिस्तारै मञ्चीय प्रकाश अन्धकार हुन्छ । मञ्चीय प्रकाश युवतीहरू तास खेलिरहेका स्थानमा केन्द्रित हुन्छन् । ती सबै युवतीहरू आधुनिक पोसाकमा देखिन्छन् । तिनीहरूका सामु पनि बियरले भरिएका गिलास छन् ।
द्रौपदी ः (हातमा रहेका तासका पत्ताहरू हर्दै) अब पनि बाजी मेरै होला जस्तो छ ... ।
अन्य युवतीहरू बियरको चुस्की लिँदै उनलाई हेरेर चुपचाप बसिरहन्छन् ।
युवती १ ः (द्रौपदीको वरिपरि हेर्दछिन्) यिनले हाम्लाई चिट त गरिरहेकी छैनन् ।...
अन्य युवतीहरू उनलाई हेरेर चुपचाप रहन्छन् ।
युवती २ ः (अलि रिसाए झैँ) मुखले मात्र भनेर भएन.... तासका पत्ताहरूले के भन्छ ?
युवती ३ ः ल..ल..सो गरौँ न त !
द्रौपदी ः (तासको पत्ता देखाउँदै) ....ल ..ल देखाऊँ सबैले..
सबैले तासका पत्ता देखाउँछन् ।
द्रौपदी ः (खुसीले बुरुक्क उफ्रन्छिन्)...मैले अघि नै भनेकी थिएँ नि !...बाजी मेरै हुन्छ भनेर.....
अज्ञ् युवतीहरू चुपचाप उनको व्रिmयाकलाप हेरिरहन्छन् ।
द्रौपदी पुनः तासका पत्ता लिएर फिट्न थाल्छिन् । यतिकैमा मानिसहरू त्यहाँ झुम्मिन्छन् । उनीहरूले द्रौपदीको हात समात्छन् । द्रौपदीलाई मञ्चको बिचमा राखेर एकअर्काको हात समाती गोलाकार रूपमा खुसी
हुँदै नाच्छन् ।
द्रौपदी ः (हात छुट्याउन खोज्दै) के तपाईं
नसामा हुनुहुन्छ ?
अन्य युवतीहरू पनि अचम्म मान्दै उभिन्छन् ।
मानिस ः (हाँस्दै) हो, हामी नसामा छौँ ।
द्रौपदी ः (आवेगमा आउँछिन्) नसामा छु, भन्दैमा जे पायो, त्यो गर्न छुट हुन्छ ?
पहिलो मानिस ः (उस्तै हाँसोका साथ) जे पायो, त्यो गर्न छुट नहोला तर तिम्लाई छुने छुट छ ।
सबै मानिसहरू हाँस्छन् ।
द्रौपदी ः (शङ्कालु भावमा) भन्नुुको मतलब ? ...के म तपाईंकी श्रीमती हुँ कि दासी हुँ ?
पहिलो मानिस ः (हकका साथ) मैले तिम्लाई जुवामा जितेको हुँ... ।
सबै युवतीहरू आश्चर्यचकितको भावमा एकअर्कालाई हेर्दछन् ।
द्रौपदी ः (व्रmोधका साथ दायाँबायाँ हेर्दै) के म वस्तु हुँ, दाउमा राखिने ?..(दर्शकतिर हेर्दै) के म भोग्या हुँ, भोगविलासको लागि प्रयोग गरिने ? ...युग बदलियो तर सोच अझै त्यहीँ अडेको छ । (निराश भावमा) हामीले युगौँदेखि अधिकार माग्दै आयौँ, त्यसलाई गम्भीर विषय मानिएन अथवा बनाइएन...
(हाँस्दै) अब माग्ने होइन, आफ्नो अधिकार खोसेर लिइन्छ ...हा..हा..हा...लडेर लिइन्छ । अर्काे महìवपूर्ण कुरा, मलाई दाउमा राख्ने अधिकार मैले कसैलाई दिएकी छैन ?
पहिलो मानिस ः (व्यङ्ग्यात्मक हाँसोका साथ) तिम्रो श्रीमान्लाई पनि छैन ?
द्रौपदी पर कुनामा मुन्टो निहु¥याएर उभिरहेका दोस्रो मानिसलाई घृणाको भावमा हेर्दछिन् ।
द्रौपदी ः (घमण्ड भावमा) हो, उनलाई पनि छैन, यो नितान्त मेरो शरीर हो, यसमा केवल मेरो मात्र स्वामित्व छ । ....मेरो श्रीमान् मेरा भगवान् होइनन्... उनी मात्र मेरा सहयात्री हुन् ।
पहिलो मानिस ः (हाँस्दै) श्रीमान् भगवान् नै हुन् ।
द्रौपदी ः (गिज्याउने पारामा) त्यो भए म देवी भएँ, होइन त ? ...तर तिमीहरूले त मलाई मान्छे त ठानेनौ.... देवी ! ...हा...हा..हा..
द्रौपदी बेसरी हाँस्छिन् । मानिसहरू एकअर्काको हात समातेर गोलाकार घुम्दछन् । द्रौपदी त्यस घेरालाई तोड्ने असफल प्रयास गर्छिन् ।
तेस्रो मानिस ः (हाँस्दै) यो कलियुग हो, यहाँ जे पनि सम्भव छ ।
द्रौपदी ः (आवेगमा) हो, यो कलियुग हो, यहाँ जे पनि सम्भव छ ।
पहिलो मानिस ः (घमण्डका साथ) हो, यो कलियुग हो, तिम्रा लोग्ने त अघि नै हार मानेर उभिरहेका छन् र यहाँ तिम्लाई बचाउन श्रीकृष्ण पनि आउने छैनन् ।
द्रौपदी ः (उस्तै आवेगमा) हो, यो कलियुग हो, यहाँ जे पनि सम्भव छ । ...मलाई राम्ररी थाहा छ, यस युगमा कृष्णको रगतमा दुर्याेधनको रगत मिसिसकेको छ । ...यस कारण म आफ्नो इज्जत जोगाउ श्रीकृष्णको आराधना पक्कै गर्ने छैन ।
गर्वका साथ कविता वाचन गर्दछिन् ।
म द्रौपदी आजको
एक्लै पर्याप्त छु
किन पर्खिरहूँ कृष्णलाई !
तेस्रो मानिस ः (हीनताभास गराउने भावमा) तिमी हिजो पनि निरीह नारी, आज पनि निरीह नारी.... फरक केवल युगको मात्र ...
द्रौपदी ः (ठुलो आवाज निकालेर हाँस्छिन्) हो, तिम्ले एकदमै ठिक भन्यौ, इतिहासले पनि देखाएको छ कि नारीले ठुल्ठुला त्याग, सम्झौता र अग्निपरीक्षा दिँदै आएका छन् तर.. म कलियुगकी द्रौपदी हँु, म आफ्नो इज्जत जोगाउन स्वयम् सक्षम छु... ।
गर्वका साथ पुनः कविता वाचन गर्दछिन् ।
म द्रौपदी आजको
एक्लै पर्याप्त छु
किन पर्खिरहूँ कृष्णलाई !
सबै मानिस द्रौपदीलाई जिस्क्याउँदै ठुलो आवाज निकालेर हाँस्छन् । उनीहरू फ्रिज हुन्छन् । अन्धकार छाउँछ । पहिलो मानिस मञ्चको अगाडि आउँछन् । त्यहाँ मञ्चीय प्रकाश केन्द्रित हुन्छ ।
पहिलो मानिस ः (दर्शकतिर हेर्दै) तपाईंहरू ! दर्शक महानुभाव, हिजो पनि दर्शकदीर्घामा बसेर द्रौपदीको वस्त्रहरण हेरिरहनुभएको थियो... । आज पनि त्यही घटनाको पुनरावृत्ति हुँदै छ (हाँस्दै) आज पनि तपाईंहरूलाई दिइएको भूमिका उही त होला नि ! (एकछिन सोचेको झैँ गर्दछन्) द्रौपदीको इज्जतहरण हेरेर ताली पिट्ने !
दर्शक एक सिटबाट जुरुक्क उठ्छन् । अर्काे मञ्चीय प्रकाश उनमा केन्द्रित हुन्छ ।
दर्शक एक ः (पहिलो मानिसलाई खबरदारी गर्दै) महोदय ! यो कलियुग हो, यहाँ जे पनि सम्भव छ ।
दर्शक दुई ः (जुरुक्क उठ्छन्) हो, यसमा मेरो पनि सहमति छ, यो कलियुग हो, यहाँ जे पनि सम्भव छ ।
दर्शकदीर्घामा खैलाबैला मचिन्छ ।
दर्शक ः हो, हो.... ।
मञ्चीय प्रकाश पुनः मञ्चको बिच भागमा केन्द्रित हुन्छ । पहिलो मानिस मानिसहरूको बिचमा गएर एकअर्काको हात समात्छन् । दर्शकदीर्घाबाट तालीको गड्गडाहट सुनिन्छ । नेपथ्यबाट पनि नारीमुक्तिसम्बन्धी कुनै गीत बज्छ । द्रौपदी त्यस गीतको तालमा ऊर्जावान् नृत्य गर्दछिन् । मानिसहरूको मुहारमा बिस्तारै भयको रेखा देखिन थाल्छ । उनीहरू अत्तालिएर एकअर्काको हात अझ बेसरी समात्न खोज्छन् । यस्तै समयमा प्रचण्ड हुरीको झैँ वेगमा हुरिएर द्रौपदी मानिसहरूको घेरालाई तोडेर मञ्चको अगाडि आउँछिन् र आफ्नो नृत्यलाई निरन्तरता दिन्छिन् । दर्शकदीर्घाबाट तालीको गड्गडाहट अझ तीव्र हुन्छ । बिस्तारै मञ्चमा अन्धकार छाउँछ ।