अमरराज नहर्की
तनहुँ, असार ३० गते । पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१ अम्रेनीमा सोमबार स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
व्यास नगरपालिका–१२ छिर्कनेका वर्ष २७ को सागर न्यौपानेको मृत्यु भएको र पछाडी सवार सोही ठाउँ निवासी वर्ष ६२ को कृष्णमाया पन्थ सख्त घाइते जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो ।
छिर्कनेबाट दमौली आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर रोकिरहेको बा १ ख ८७१४ नम्बरको मिनि ट्रकमा ठक्कर खाँदा घाइते न्यौपानेको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचारको क्रममा दिउँसो १२ः ४५ बजे मृत्यु भएको हो । घाइते पन्थलाई रत्नहरीमा प्राथमिक उपचार गरी थप उपचारको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।