• ८ मंसिर २०८१, शनिबार

पुरानो डसना (कथा)

blog

“अमा, ऐ अमा, गना छि ?” (आमा, ऐ आमा, कहाँ तपाईं ?)

“कसी, कसी ऽऽ, तले हे वा” (कौसी, कौसीमा, माथि नै आऊ ।)

“आयौ तिमी ? कतिबेर लगाएको नि ? कति चोटि बाटोमा आँखा लगाइसकेँ ।” 

(छोरा राजु चाहिँ काठमाडाँैबाट भर्खरै पुख्र्यौली घर फर्केको रहेछ ।)

“अँ, साँगामा सडक दुर्घटना भएको रहेछ । पौने घण्टा जाममा परिहालेँ नि ।” 

“जाऊ, खाजा खाएर आऊ, तल भान्सामा तिमीलाई मनपर्ने मकै, भटमास भुटेर राखेकी छु ।”

“अहिले खाउँला नि, यतिका पछि आएको छु, धित मर्ने गरी तपाईंसँग बात नि मार्छु । के गर्दै नि तपाईं ?”

“अँ, पुरानो डसना उधारेर फेरि सिलाउन मिलाउँदै छु । त्यसै बसेँ भने तिम्रो बाबाको मात्र याद आइरहन्छ । मन त्यसै त्यसै उद्वेलित हुन थाल्छ । मन भुलाउन पाउँछ भने र यो पुरानो डसना उधार्ने, मिलाउने, सिलाउन काम गर्दै छु ।”

छोराको प्रश्नसँगै आमा केशरी पुरानो विस्मृतिमा फर्किइन् । उक्त डसना खासमा कपास वा फाइबर वा फोमबाट बनाएको नभई राजुका दाइ, दिदी अनि बहिनीहरू सानै छँदाका लुगाफाटा अनि त्यसबेलाका सिरक, डसनाको पुराना खोलहरू, पर्दाहरू साँचेर तहगत रूपमा मिलाई बनाइराखेको रहेछ । छोरालाई सँगै राखी डसनाको पत्र पत्र बेलिबिस्तार लगाउन थालिन् । त्यस व्रmममा केशरीले समय लिएरै एक एक कपडाका जोड्दा ताकाको, जोहो गरेर राख्दाको, कति वर्षसम्म ती लुगाहरू ककसले लगाए, कसले च्यातिँदाधरि लगाउन छाडेका थिएनन् भनेर भन्न थालिन् ।

केशरीलाई त्यस्तो काँठ क्षेत्रमा विवाह गरी पठाउन पर्दा राजुका मावली हजुरबा, हजुरआमाहरूले लामो समयसम्मै दुखेसो लागेको थियो रे, छोरीले दुःख पाउने भो भनेर । किनकि त्यतिबेला राजुको परिवारको आर्थिकस्तर खासै राम्रो थिएन । राजु जन्मेपछि हजुरबुबा खुबै खुसी हुनुभएको थियो रे, ज्योतिषीले अब भने दुःखका दिन सकिए भन्नुभएको थियो रे । नभन्दै राजुको जन्मसँगै शनै, शनै पानीरोटी, ढिँडो, अभावले पनि बिदा माग्न थाले रे । यसरी केशरीले डसनामा राखिएका लुगाफाटासँगै राजुको परिवारका पुराना दिन चलचित्र रिवाइन्ड गरे जस्तै सबिस्तार लाउँदै गइन् ।

केशरीले खद्दरको पाइन्ट उठाउँदै राजुको बुबा परवानीपुरतिर अमिनको काम गर्दै ताका वीरगन्ज पारि रक्सौलबाट राजुको दाइलाई भनेर उक्त पाइन्ट ल्याइदिनुभएको थियो रे । त्यो पाइन्ट ल्याइदिएको कति दिनसम्म दिनरात, चौबिसै घण्टा लगाएका थिए रे, राति सुुत्ने बेलाधरि । दिदी चाहिँको घाँघर उठाएर केशरीले त्यस्तै कथा हालिन् । दसैँलाई भनेर पोलिस्टर मिसिएको कपडाको छिर्केबिर्के बुट्टा भएको घाँघर लगाउन पाउँदा दिदी खुसी भएर आकाश मात्र छोएकी थिइनन् रे । त्यस्तै कथा हालिन् राजुको दाइको हाफ पाइन्टको, टिसर्टको । कथा के भनौँ बिसको दशकको अन्तिमतिरको, तिसको दशकको वास्तविकता नै थियो नि । अहिलेका लागि पो कथा जस्तै भयो । त्यो हाफ पाइन्ट लाएर घरनजिककै चौरमा कपडाको झुम्रोको भकुन्डो बनाई कम्ता खेलेन । त्यसरी खेल्दाखेल्दै राजुको दाइ त पछि रैथानै क्लबको फुटबल टिममा गोलरक्षक नै भएर निस्क्यो नि । चेक बुट्टा भएको टिसर्ट सायद भैरहवा पारि बेलहिया नाकाबाट ल्याउनुभएको थियो । त्यो टिसर्ट ल्याउने बेलासम्म राजुको किशोर अवस्थामा पुग्न लागिसकेको थियो रे । दिनमा थुप्रै पटक ऐना हेर्ने गथ्र्यो रे, त्यो नयाँ टिसर्ट लगाएर । 

डसना त निहुँ मात्र रहेछ, राजुकी आमाको मस्तिष्कमा यससँग गाँसिएका कति धेरै स्मृति रहेछ । उनकी आमाको स्मरण शक्ति देखेर राजु छक्क पर्नु सिवाय केही थिएन । त्यस्तै परे केशरी अल्जाइमर्स (बुढ्यौलीका कारण स्मरण क्षमता गुम्ने समस्या) ले छोइसकेको हुँदो हो । तर केशरीको हकमा त्यस्तो केही छनक पनि थिएन । बरु राजुको स्मरण कहिलेकाहीँ डगमगाउँथ्यो, ठाउँको ठाउँको सामान कहाँ राखेँ भनेर खोज्दै हिँड्थ्यो । कति पटक चस्मा टाउकामाथि राखेर धुइँधुइँती खोज्दै हिँड्थ्यो । आमाको स्मरण शक्तिबारे सोच्दा सोच्दै राजु त अर्कै संसारमा पुगिसकेको रहेछ । आमा चाहिँले “ल हेर तिम्रो बाबाको एउटा पाइन्ट” भनेर देखाउँदा पो झसङ्ग भएछ । त्यो पाइन्ट पनि गजबकै थियो । गजब यस मानेमा पाइन्टको दाहिने पल्लाको तिघ्रानेर इस्तिरीले डढेर ह्वाङ्गै परेको सजिलै देखिन्थो । पाइन्ट भने नयाँ नै देखिन्थ्यो, त्यो बेलाको ब्रान्डेड कपडा नै हुनु पर्छ सायद ।

केशरीले त्यही पाइन्टको कथा हाल्न थालिन् । एक पटक राजुको दाइलाई केही लुगाफाटामा इस्तिरी राख्न अह्राएको रहेछ । राजुको दाइले इस्तिरी हाल्ने व्रmममा पिसाबले च्यापेछ । पिसाब यति विघ्न च्यापेछ कि उनले थाम्नै सकेन । तल छिँडीमा रहेको ट्वाइलेटतिर दौडिहालेछ । पिसाब फेरिसक्न मात्र के भ्याएको थियो, घर पछाडिको आँगनमा उनका समकालीन साथीहरूको हो– हल्ला सुनिहाले । यसो के रहेछ भनेर चियाएको त साथीहरू डन्डीबियो खेल्नलाई दुई समूहमा बाँडिँदै रहेछ । राजुको दाइलाई के चाहियो दौडिहालेछ । राजुको दाइलाई तातो इस्तिरी आफ्नो बाबाको पाइन्टमाथि राखेर आएको त भसक्कै बिर्सेछ । अनि पाइन्ट, पाइन्टमुनिको सेतो कपडा अनि प्लाई सबै डढेसकेको रहेछ । केशरीलाई कोठातिरबाट केही डढेको गन्ध आएको थाहा पाएर कोठामा आउँदा पाइन्ट डढिरहेको देखेछ । त्यो साँझ राजुले आफ्नो बाबाको हातबाट रामधुलाई भेटेछ । राजुको दाइले आफ्नो बाबाबाट नराम्ररी पिटाइ खाएको सायद त्यही एक पटक मात्र हुनु पर्छ । यति भनिसकेर केशरीले पाइन्ट उचालेर प्वाल परेको ठाउँबाट राजुलाई चियाउँदा आमा छोरा दुवै एक राउन्ड गलल हाँसे । विगतमा त्यो घटना करेलाको रस जत्तिकै तितो भए पनि अहिले हाँसोको कारक बन्यो ।

“बाबु, कुने वना कनिमुस्या नि नया वारे ।” (जाऊ न तल गएर, मकै भटमास नै खाएर आऊ ।)

“हें आमा, आमाको कुराले यहीँ मज्जा आइरहेछ । पछि खाउँला नि । बरु त्यो आकाशे रङको सर्ट र निलो फ्रक कसको नि ?”

केशरीले दोस्रो इनिङको कथा हाल्न थालिन् । त्यो निलो फ्रक र आकासे रङको सर्ट राजुको बहिनीको रहेछ । त्यो बेलामा राजुको गाउँमा सरकारी स्कुलबाहेक थिएन । राजुले पनि आफ्नो प्राथमिक तहको पढाइ पाठशालामा सिध्याएपछि ४ कक्षादेखि सरकारी हाई स्कुलमा पढेका थिए । राजु ५ कक्षा ताका पढ्दै ताका दार्जिलिङदेखि आएका सर, मिसले पढाउने भनेर गाउँको साहुजीहरूले पहिलो चोटि बोर्डिङ स्कुल खोलेका थिए, हाईस्कुलभन्दा अलि तल रोशिखोला किनारमा रहेको चारतले घरमा । काठका डेस्क, बेन्चले सुसज्जित त्यो बोर्डिङ स्कुल । राजुहरूले ४ कक्षा पुगेपछिदेखि हो डेस्क, बेन्चमा बस्न पाएको । पाठशालामा त उही गुन्द्री वा सुकुलमा बसेर पढ्नुपथ्र्यो । 

यहाँ त नर्सरीदेखि नै डेस्क, बेन्च । त्यही बेला माथि आकाश रङको र तल निलो रङको ड्रेसकोड राखिएको थियो त्यो बोर्डिङमा । दिनदिनै क्लास अघि सरस्वती वन्दना गराउने, ड्रम बजाई पिटी खेलाउने गर्दथ्यो । त्यो बोर्डिङ स्कुलले केही समय तहल्कै मच्चाएको थियो । त्यही स्कुलमा राजुकी बहिनीलाई पनि नर्सरीमा भर्ना गरिदिएको थियो । राजुले त अहिले बिर्सिसकेको रहेछ । तर केशरीको दिमागमा ती कुरा तरोताजा रहेछ ।

केशरीले डसनामा प्रयोग भएका अन्य कपडा, लुगाफाटाहरूका किस्सा सुनाउँदै गए । पर्दाका, तन्नाको टुव्रmाका, सारीका टुव्रmाका, चोलो धोतीको आदि इत्यादि । तर यसैबिच केशरीले झ्यालको पर्दाबारे अलि महìव दिएर कुरा बताइन् । पहेँलो रङको पृष्ठभूमिमा रातो हरियो गुलाफका बुट्टा भएको त्यो पर्दा टेरिकटनको रहेछ । मेड इन चाइना । त्यो बेला चाइनिज सामान खास नपाइने रहेछ । प्रायजसो उही भारततिरको । 

पहिलो पटक त्यो चाइनिज पर्दा ल्याउँदा घर, छिमेकमा चर्चाको विषय बनेको थियो रे । पछि पछि पो खासातिरबाट भनेजस्तो सामान आउन थाल्यो । त्यो चाइनिज पर्दा टिकाउ पनि गजबको, रङ नउड्ने, आकर्षक, त्यसको गुण त कति हो कति । निकै वर्ष त्यो पर्दाले बजारको घरमा चार चाँद लगाइदियो । यसै गरी राजुलाई भने र ल्याएदिएको कटराइजको पाइन्ट, उलन ज्याकेटको किस्सालाई पनि महìव दिएरै बताइन् ।

यस्तैमा झमक्कै साँझ पर्न थालेको भएर राजुले नै डसनाको बाँकी काम भोलि घाममा बसेर सिध्याउने गरी पोका पारेर तल कोठामा ल्याउन सघाए । निकै समयपछि शुव्रmबारको साँझको खानासँगै खाए । भोलि पल्ट बिहानको खाना खाइवरि केशरी डसनाको काम सिध्याउने मेलोमा लागिन् भने राजु आफ्ना दौँतरीहरूसँग भेटघाट गर्ने, पुरानो हाइस्कुल माथिको ड्याममा गई पौडी खेल्ने, नुहाइधुवाई गर्ने काममा लागे । गृष्मका दिनहरू लामै हुने भए पनि राजुलाई त्यो शनिबारको दिन एक झमटमै सकिएको जस्तो भयो ।

आइतबार मन नलागी नलागी कलेज भ्याउन बिहान सखारै घरबाट निस्के, राजधानी ताकेर । त्यो बेला गतिलो कलेज उही काठमाडौँमा मात्र हुन्थ्यो । अल्छी लाग्दो ज्यानले जेनतेन गरी दिनभरिको कक्षा भने राजुले भ्याए । साँझ डेरा फर्केर एकछिन सुस्ताएपछि अघिल्लो हप्ताको धुनुपर्ने कपडा धुने सोच बनाए । तै तै तन्ना पनि नधोएको धेरै भयो भनेर तन्ना यसो के निकालेको थियो तन्नामुनिको डनलप देखेपछि राजु थचक्कै खाटमा बसे । अस्ति आमाको डसना पुरानै सही, कति धेरै याद समेटिएको थियो । आमाले कस्तरी एक एक गरी वर्षौंअगाडिका लुगाफाटा, कपडाका किस्सा हिजो अस्तिको जस्तै गरी सुनाएका थिए । यो डल्लपमा के छ र त्यस्तो ? हामी सहरकेन्द्रित जीवनमा सुखसयल, सजिलो अनि आराम खोज्ने निहँु कति धेरै कुरा मिस गर्दै गइरहेका रहेछौ भन्ने कुरा राजुले महसुस भयो । 

राजुले डेराकै डल्लपलाई हिजो अस्तिको आमाको डसना सम्झेर सुम्सुम्याएर आमाको याद ताजा गर्न खोजे । कतिखेर राजुको आँखाको डिलबाट मोतीका दाना भुइँमा खसे राजुलाई पत्तै भएन । राजुको अर्को मनले सोचे, के यो डल्लपले मेरा भावी पिँढीहरूलाई पनि आमाले जस्तै कथा हालेर सुनाउन सकुँला त ? कदापी सक्दिनँ ।

पुरानो हुँदैमा फाल्ने, भत्काउने, बिगार्ने, मिल्काउने गर्नु हुँदैन रहेछ । पुराना चिजहरूसँग कति धेरै याद, स्मृति, इतिहास समेटिएर आउने रहेछ । पुराना चिज त स्मृति ब्युँताउने सङ्ग्रहालय जस्तै हुने रहेछ । राजुलाई यी कुराको हेक्कै थिएन । 

राजुलाई लाग्थ्यो शिक्षा, उत्कृष्ट शिक्षा त कलेजमा, विश्वविद्यालयमा मात्र पाइने रहेछ । होइन रहेछ, राजुलाई आपूm कति भ्रममा रहेछु भन्ने आभास भयो । आमाबाट कति धेरै सिक्न पाएको रहेछ त, आमाबुवाबाट त ठुल्ठुला विश्वविद्यालयबाट भन्दा पनि उच्चकोटिको जीवन शिक्षा पाउने रहेछ ।

आमाको डसना स्मृतिले राजुको मथिङ्गल कति धेरै हल्लाई दियो भने राजुले आफ्नो स्नातकोत्तर तहको पढाइमा यस्तै “पुराना वस्तु एवं यससँग गाँसिएका स्मृतिहरू” विषयमा शोधग्रन्थ गर्ने निर्णयमा पुगे । 

यस सिलसिलामा गाउँका, दूरदराजका आमा, काकी, हजुरआमाको अन्तर्वार्ता लिने, ससाना छलफल चलाउने गर्न थाले । महिनौँको मेहनतपछि यस्तै अन्तर्वार्ता, छलफलको निचोेड समेटेर राजुले आफ्नो शोधलाई पूर्णता दिए । 

उक्त शोधग्रन्थको शीर्षक नै “डसना : एक आमाको विहङ्गम स्मृति” राखे । निकै नै पृथक्, अर्गानिक शोधग्रन्थ सिध्याएकामा राजुले आफ्ना गुरुहरूबाट, सहकर्मी मित्रहरूबाट बधाई पाए । यसै शोधको, मेहनतको बलमा राजु उक्त ब्याच सर्वोत्कृष्ट विद्यार्थी घोषित भए, भाइस भान्सलर पदक नै पाए । उनको शोधग्रन्थ पनि विश्वविद्यालयभरिमा उत्कृष्ट साबित भयो ।