• ३० वैशाख २०८१, आइतबार

सङ्गीतकार सन्तोषको वर्ल्ड रेकर्ड

blog

काठमाडौँ, चैत ६ गते  । सङ्गीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाउनुभएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा प्रत्यक्ष रूपमा वाद्यवादनसहितको गायन तथा म्युजिक भिडियो छायाङ्कन गरिएको गीत ‘तिलिचो ताल...’ बाट उहाँले गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र पाउनुभएको हो । 

‘तिलिचो ताल’ गीत डा. डिआर उपाध्यायको रचना, सन्तोष श्रेष्ठको सङ्गीत र सागर अधिकारीको स्वरमा छ । यो गीत मनाङ जिल्लामा अवस्थित तिलिचो तालभन्दा केही माथि पाँच हजार १०५ मिटर उचाइमा प्रत्यक्ष रूपमा वाद्यवादनसहितको गायन, रेकर्डिङ र छायाङ्कन गरिएको थियो । श्रेष्ठले पहिलो पटक ५० देशका ५० भाषामा सङ्गीतबद्ध गरिएको ‘ढुकढुकीभित्र तिम्रो...’ गीतबाट गिनिज बुक अफ वर्ल्ड रेकर्डको सम्मान प्राप्त गर्नुभएको थियो । 

यो विधामा २०७६ असोज १० गते चार हजार ७६८ मिटर उचाइमा माधव खरेललगायतको समूहले पहिलो पटक कीर्तिमान राखेको थियो । त्यसको दुई वर्षअगाडि सन्चबहादुर राईलगायतको समूहले चार हजार ८१३ मिटर उचाइमा रेकर्ड र छायाङ्कन गरेर खरेल समूहको कीर्तिमान भङ्ग गरेको थियो । सो गीत २०७९ वैशाख ९ गते पाँच हजार १०५ मिटर (१६ हजार ७४८ फिट २ इन्च) उचाइमा रेकर्डिङ र छायाङ्कन गरिएको थियो ।