जुनै समय पनि आफ्नै बिहान हुन्छ
तपाईं कहाँ जानुहुन्छ म कहाँ जान्छु
या त खुम्चिरहेँ उत्तरार्धसम्म
या त यताउति हेरिरहेँ आवाजहरूको विचलन
कति छन व्याप्त भूत वर्तमान आगमनहरू
दिन रात केही नभनी द्वन्द्व अन्तद्र्वन्द्व
कथा व्यथाहरू
तथापि अबोध त उनैसँग छ उप्रान्त
पटक पटक
आधी शतक उछिनेको समय
चउर टाँडेघर तीन खुट्टी भ¥याङ
बस्दा हुन व्यस्तता क्षण सुम्पी मध्याह्न
सूचकाङ्क
कहाँ मनलाई छेक्न सकिन्छ र !
उभिरहनु बसिरहनु शून्यता सौहार्दता
वरिपरि समय थिचिरहेको मिचिरहेको
मिलिरहेको पनि समय
दुर्दान्त के थियो आदि अनादि
लाग्यो तिमी रहेछौ उनी रहेछन्
मात्र नरहेको छाया उभिरहेको
मित्रहरू सुलसुले अब आए अठाप्दी ?
गुजुल्टिए अङ्गहरू सन्ताप
मन राख्न पनि राख्नै हो अद्यावधि
व्यग्र जे छ उनलाई तड्पिरहे
उत्ताप छालहरू
तथापि त्यही त्यागेर हिँडेको
एउटा बाटो अर्को बाटो ।