‘अँध्यारो उज्यालो’ र ‘निरमाया’ सार्वजनिक
किशोर विश्वकर्माको शब्द रचना रहेको गीत ‘अँध्यारो उज्यालो’ सार्वजनिक गरिएको छ । ‘सङ्गीत भकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आरसी रिमालको स्वर र करणराज कार्कीको सङ्गीत रहेको छ । विषम आचार्यले सङ्गीत संयोजन गर्नुभएको छ । यसैबिच गायक कृष्ण विकले ‘निरमाया’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । गीतमा गायिका स्मिता दाहालसँग गायक विकले गाउनुभएको छ । प्रेमिल भावको गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ ।
‘चरैवेति’ उपन्यास सार्वजनिक
उपप्राध्यापक जीवन जीवन्तको ‘चरैवेति’ उपन्यास सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, भुवनहरि सिग्देल, डा. अशोक थापा र उपप्राध्यापक सुमन वर्षाले चरैवेतिको लोकार्पण गर्नुभएको हो । साहित्यकार नयनराज पाण्डेले उपन्यास ‘चरैवेति’ ले नौलो विषयको उठान गर्दै धर्म परिवर्तनको वातावरणलाई समालोचनात्मक ढङ्गले पस्केको बताउनुभयो । उहाँले धर्मको विश्लेषणात्मक निन्दा तथा प्रशंसा गर्न व्यक्तिमा निकै हिम्मतको खाँचो हुन्छ भन्दै पुस्तकमा लेखक जीवन्तले आफ्ना हजुरबुवाले पनि धर्म परिवर्तन गरेको अवस्था र पारिवारिक वातावरण उल्लेख गरेको बताउनुभयो ।
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ ।
प्रतीक्षा (कथा)
लामो यात्रापछिको थकान र झरीको सङ्गीतले गर्दा ब्युँझेर पनि बिस्तरा छोड्न पटक्कै मन थिएन । “शुभ प्रभात सर ! सरलाई चियाका लागि तल कसैले प्रतीक्षा गरिरहेको छ ।” एक्कासि आएको आवाजले झसङ्ग भएँ ।
आमाको मन (कविता)
छोरा हुर्केपछि दुःख गरेर जोडेको खेतबारी
भिक्षु र प्रेम (कथा)
तथागत बुद्धको जीवनकालको कुरा हो । एकदिन भिक्षु आनन्द भिक्षाटन गर्दै जाँदा तिर्खा लागेर पानी खान पाउने आसले यताउता हेर्दै थिए । उनले एउटी युवती इनारमा पानी तानिरहेकी देखेछन् । भिक्षु आनन्द त्यही गएर युवतीलाई आफू तिर्खाएको बताउँदै पानी दिन आग्रह गर्छन् । युवतीले फर्केर हेर्दा एक जना सुन्दर, शान्त भिक्षु आफ्नो अगाडि उभिरहेको देखेर लजालु आँखाले मुस्कुराउँदै पानी खुवाउने सङ्केत गर्दै टाउको हल्लाउँछिन् । त्यो बेला भिक्षु अन्जुली थापेर पानी खान तयार हुन्छन् भने युवती घैँटो उचालेर पानी खुवाउन ठिक्क पर्छिन् तर एक्कासि युवती झस्किएर भन्न थाल्छिन्, “म पानी खुवाउन सक्दिनँ ।” भिक्षु सोध्छन्, “किन ?” युवती भन्छिन्, “म तल्लो जातको मान्छे, मैले छोएको पानी तपार्इंहरू खानु हुँदैन ।” भिक्षु भन्छन्, “मैले पानी मागेको हो, जात सोधेको होइन ।
सङ्घर्ष र सफलताको कथा
बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएका अन्तर्राष्ट्रिय कानुनविद् सूर्य सुवेदीको सङ्घर्ष र सफलताका बारेमा लेखिएको पुस्तक महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म सार्वजनिक भएको छ । लमजुङको विकट गाउँ खुदीदेखि अक्सफोर्डसम्मको सङ्घर्ष यात्रालाई पुस्तकमा सविस्तार उल्लेख गरिएको छ ।
प्रवासमा नेपाली साहित्य
साहित्यिक चेतको व्यक्ति जहाँ रहे पनि नेपाली मनले नेपाल र नेपालीको विषय राष्ट्रियता र संस्कृतिको विषयमा सोच्छ, लेख्न थाल्छ र बोल्न थाल्छ । अहिले लाखौँ नेपाली नेपालबाहिर फैलिएर नेपाली भाषा, संस्कृति र साहित्यमार्फत नेपाली मौलिकता विस्तार गरिरहेका छन् । कर्मभूमि बदलिए पनि मन र राष्ट्रियता बदलिँदैन । नेपाली डायस्पोराबाट सामान्य वा डायस्पोरिक चेतनासहितको साहित्य विस्तार हुँदै आएको छ । त्यसैले प्रवासी कला साहित्यलाई उपयोग गर्ने विषयले राष्ट्रिय कार्यसूची पाएको छ । प्रवासमा नेपालीको जनसङ्ख्या वृद्धिसँगै साहित्यिक गतिविधि व्यापक रूपमा बढेका छन् । यससम्बन्धी संस्थाहरू जन्मने क्रम पनि अकासिएको छ ।
रैथाने सङ्गीतका सारथि
मौलिक गीत/सङ्गीतमा छुट्टै मिठास छ । घण्टौँ घोत्लिएर सबैलाई मन्त्रमुग्ध बनाउन खपिस हुनुहुन्छ नारदमणि हार्तम्छाली । भित्री मनमा मौलिक बाजा संरक्षणको हुटहुटी छ । कलाका सबैजसो विधामा उत्तिकै रमाएका भेटिनुहुन्छ हार्तम्छाली । सङ्गीतले भूगोल चिनाउनु पर्छ भन्नेमा उहाँ विश्वास गर्नुहुन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति हार्तम्छाली विभिन्न प्रतिभाका धनी हुनुहुन्छ । मूर्तिकारका रूपमा पहिचान बनाउनुभएका उहाँले ललितकला क्याम्पसबाट कलामा स्नातक र त्रिविबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
मनाइयो अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस
१५ औँ संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस तथा पाँचौँ राष्ट्रिय चिनियाँ भाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । ‘पारस्परिक शिक्षाको साँघुमार्फत संस्कृतिहरू जोड्दै’ मूल नाराका साथ काठमाडौँस्थित एलआरआई स्कुलमा आयोजित कार्यक्रममा चिनियाँ भाषा अध्ययनरत विद्यार्थीले नृत्य तथा वक्तृत्वकला प्रस्तुत गरेका थिए । चिनियाँ सरकारले नेपाली विद्यार्थीलाई भाषाको अतिरिक्त ज्ञान दिने उद्देश्यले नेपालका विश्वविद्यालय तथा विद्यालयमा चिनियाँ मूलका शिक्षकद्वारा चिनियाँ भाषाको अध्यापन गराउँदै आएको छ ।
फरक पात्रको फरक कथा ‘स्मृति किनबेच’
‘स्मृति बिक्री केन्द्र’ होर्डिङ बोर्डमा लेखिएको छ । बाहिर मानिसको भिड छ, सुरक्षाकर्मीले सुरक्षा जाँचेर मात्रै मानिस भित्र पठाउँछन् । यहाँ स्मृतिका प्रकारसमेत छुट्याइएको छ । जस्तो दुर्घटना, यौन, प्रेम, धोका र हिंसा । कैयौँ विशद स्मृतिबाट पीडितको केन्द्र हो यो नाटक । प्रेमिकाका कारण कुलतमा फसेपछि आत्महत्या प्रयाससम्म गर्न पुगेका युवक आफ्नी प्रेमिका ‘सम्झना’ को स्मृति हटाउन स्मृति बिक्री केन्द्र आइपुग्छ । छोराले वृद्धाश्रम लगेर छाडेको वर्षौंसम्म त्यही छोरालाई पर्खंदै रोइरहेकी आमा अन्ततः छोराको स्मृति मेटाउन बिक्री केन्द्रमा पुगेको देखाइन्छ ।
हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्ग्याउनु भएको क्यान्भास अति सुन्दर देखिन्छ ।
शताब्दीपुरुष बस्नेतको अभिनन्दन
काँगेल बाहुन्डी सरोकार केन्द्रले शताब्दीपुरुष गणेशबहादुर बस्नेतलाई अभिनन्दन गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबिच गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा उहाँलाई अभिनन्दन गरिएको हो । पूर्वप्रशासक एवं साबिक काँगेल गाउँ विकास समिति सोलुखुम्बुका अध्यक्षसमेत रहेका बस्नेतले प्रशासनिक, सामाजिक तथा राजनीतिक माध्यममार्फत समाजलाई दिनुभएको उत्प्रेरणा र सन्देशको कदर गर्दै अभिनन्दन गरिएको हो ।
ठमेलमा कला प्रदर्शनी
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ । सरोङ आर्ट गु्रपले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने कार्यशाला तथा कला प्रदर्शनी गरेको हो । उक्त प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका ५० कलाकारका कलाकृति राखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौँ क्षेत्र नं. ७ का प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले उक्त प्रदर्शनीको शुभारम्भ गर्नुभयो । नेता पराजुलीले कला प्रदर्शनीको माध्यमबाट विभिन्न देशबिचको सम्बन्ध थप प्रगाढ भएको बताउनुभयो । उहाँले यस्ता कला प्रदर्शनीले नेपालको कला क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
‘जानकी साहित्य’ पुरस्कार भण्डारीलाई
किरण पुस्तकालय तम्घास गुल्मीले प्रदान गर्दै आएको ‘जानकी साहित्य’ पुरस्कारबाट यस वर्ष साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिने भएको छ।
अन्तर्राष्ट्रिय कवि सम्मेलन
परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । हिजो यहाँ सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।
‘विश्वभरि नेपाली साहित्य फैलाउनु पर्छ’
नेपाली भाषीलाई मात्र नभएर अरू भाषीलाई पनि नेपाली भाषा, साहित्य, संस्कृतिका बारेमा पढाउने जिम्मेवारी वर्तमान पुस्तालाई भएकोमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहमा मङ्गलबार बोल्ने वक्ताले भावी पुस्ताले नेपाली भाषा, लिपि तथा संस्कृतिबारे जान्ने हुन् कि होइनन् भन्ने चिन्ता पनि गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली भाषा, साहित्य नेपालीका लागि मात्र नभएर अरू भाषीका लागि हो भन्ने कुरा स्थापित गराउन लाग्नुपर्ने बताउनुभयो ।
भगिश्वरको थोःक्ला कृतिको चर्चा
तेह्रथुमका पत्रकार तथा मानवअधिकारकर्मी भगिश्वर लिम्बू (मनोज) को कृति ‘थोःक्ला’ को ताप्लेजुङमा चर्चा गरिएको छ । लिम्बू भाषामा आधारित कविता सङ्ग्रह थोःक्लाको सदरमुकाम फुङ्लिङमा स्थानीय पत्रकार तथा सञ्चारकर्मी माझ चर्चा गरिएको हो ।
साहित्यकार प्रकट पंगेनीको निधन
नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रूपमा परिचित साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ। पङ्गेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।
विश्व कला दिवस : कला बजारकै चिन्ता
पाका चित्रकार किरण मानन्धरले कला क्षेत्रबाटै नाम कमाउनुभयो । आफ्नो परिचय स्थापित गर्नुभयो । अनि दाम नि ? यो प्रश्न उहाँलाई सधैको ‘जोक’ जस्तै लाग्छ रे । उहाँ यसको एउटै उत्तर दिने गर्नुहुन्छ, “कला अमूल्य छ ।”
हिमालको अवस्था चित्रकलामा
नेपालको पहिचान, पर्यटन र स्वच्छ खानेपानीको स्रोत हिमालको अवस्थाबारे जनचेतनामूलक ‘हिमालयको रहस्य र सिर्जनावृत्ति’ नामक चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) द्वारा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हिमालसँग नेपालको पहिचान नै जोडिएको चर्चा गर्दै स्वच्छ पानीको स्रोत हिमालमा जलवायु परिवर्तनको असरले हिउँ छिटो पग्लने, हिउँ नै कम पर्ने समस्या बढेका सन्देश प्रदर्शनीमा राखिएका चित्रहरूले दिएको बताउनुभयो ।
हिमालयको रहस्य कला प्रदर्शनी (फोटो फिचर)
हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंको नस्सालमा “हिमालयको रहस्य–सिर्जनावृति”शीर्षकमा प्रदर्शनी सुरु भएको हो।
सामूहिक कला प्रदर्शनी
लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरी स्थापनाको १२ औँ वर्ष प्रवेशको अवसरमा सामूहिक कला प्रदर्शनीको आयोजना गरिएको छ । कलाकार रमेश खनालले आफूले चित्र कोर्ने माध्यमलाई अझ सशक्त बनाउन सो आर्ट ग्यालरी स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले स्थापनाकालदेखि हालसम्म निरन्तर निःशुल्क चित्रकलाको प्रशिक्षण दिइरहेको पनि जानकारी दिनुभयो ।
त्रिपाठी र बन्धुलाई वाङ्मय पुरस्कार
साहित्यकार वासुदेव त्रिपाठी र चूडामणि बन्धुलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले धनगढीमा आयोजित एक कार्यक्रमका बिच सो पुरस्कार प्रदान गर्नुभयो ।