रत्न शमशेरसँगका केही सम्झना
विसं २०३६ सालपछि दैनिक जसो म पनि पिपलबोटमा उपस्थित हुनथालेँ । पिपलबोटको पश्चिमतर्पm बुट पालिस गर्ने र बुट पालिस गराउनेहरू अनि त्यसै अगाडिको पेटीमा भेला भएका साहित्यकार, राजनीतिज्ञ र पत्र
‘हिरामान्डी’ मा विद्रोहको स्वाद
निर्देशक तथा निर्माता सञ्जय लीला भन्सालीको चलचित्र ‘गङ्गुबाई काठियावाडी’ को कथा मुम्बईको वेश्यावृत्ति बजारमा आधारित थियो । यस पटक त्यही कथा लाहोरसम्म आइपुगेको छ । यो कथा हो ‘हिरामान्डी’ अर्थात् ‘द डायमन्ड मार्केट’ ।
सागर फडेराको अवसान
दिल्लीको उत्तरपट्टिको ग्रामीण भेग वजिरपुरमा सागर फडेराले एउटा कोठा भाडामा लिएको थियो । ऊ आफ्नो कोठामा खाजाका सामग्री तयार गर्थ्यो, दिन ढल्केपछि खाजा बोकी टायरको चार चक्के ठेला ठेलेर ठाउँ, ठाउँ पुग्थ्यो र सहरका चोक चोकमा चट्पटे, पोलेका हरिया मकै, साँधेको आलु जस्ता सामग्री बेची साँझमा थाकेर आफ्नो कोठा वजिरपुर फर्कन्थ्यो ।
तीन सर्जकलाई वानीरा पुरस्कार
वानीरा फाउन्डेसनले कला, साहित्य र समाज विकासका क्षेत्रमा योगदान पु¥याउने तीन व्यक्त्विलाई पुरस्कृत गरेको छ । मीनभवनस्थित फाउन्डेसनमा शुव्रmबार आयोजित वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा पुरस्कार प्रदान गरिएको हो ।
विद्यार्थीका कलाकृति प्रदर्शनी
शिक्षामा सिप कार्यव्रmम अन्तर्गत विद्यालयमा सञ्चालित ‘स्केचिङ एन्ड स्कप्चर’ का व्रmममा तयार पारिएका कलाकृतिको शुव्रmबारदेखि प्रदर्शनी थालिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सो प्रदर्शनीको शुभारम्भ गर्नुभयो ।
तीन सर्जकलाई मधुपर्क सम्मान
विभिन्न तीन सर्जकलाई मधुपर्क सम्मान प्रदान गरिने भएको छ । वि.सं. २०८१ को मधुपर्क सम्मान (गद्य) मधुपर्क सम्मान (पद्य) र मधुपर्क सम्मान (प्रतिभा) अर्पण हुन लागेको हो ।
आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने
नेपालगन्ज १ धम्बाेझी माविकी पूर्व प्रधानाध्यापक किरण आचार्य पौडेललाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले २०८१ सालको शिक्षक सम्मान आचार्यलाई प्रदान गर्ने भएको हो ।
बङ्गलादेशी कलाकार नेपालमा साट्दै अनुभव
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार बङ्गलादेशी कलाकारसँग अन्तर्क्रिया गरिएको छ । ‘फ्रम माउन्टेन टु दी डेल्टा’ कला प्रदर्शनीका सिलसिलामा नेपाल आएका बङ्गलादेशी कलाकारसँग कलासम्बन्धी अन्तर्क्रिया गरिएको हो । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपाल र बङ्गलादेशको सम्बन्ध कला, संस्कृति र जनस्तरमा नै उच्चस्तरको रहेको बताउनुभयो । उहाँले दुई देशको दौत्य सम्बन्धको चर्चा गर्दै दुई देशबिच बेलाबखत भइरहने कला गतिविधिले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने बताउनुभयो ।
आमा लघुकथा सङ्ग्रह विमोचित
जिल्लाको भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित आमा लघुकथा सङ्ग्रहको आज एक कार्यक्रमबिच विमोचन गरिएको छ ।
गण्डकी प्रज्ञा-प्रतिष्ठानले सात जना स्रष्टालाई सम्मान गर्ने
गण्डकी प्रज्ञा-प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा सात जना स्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई सम्मान गर्ने भएको हो ।
मेरी आमा
मेरो साक्षात देवी आमा,तिमीले यो धर्ती टेकायौसारा संसार जगत् कस्तो रहेछ भनी देखायौआफ्नो छातीभित्रको अमृतपान पिलाई बचायौजीवनको आनन्दमय पलहरुको स्वाद चखायौदुःखजिलो गरी आर्थिक भार उठायौआफ्नै पसिना बेची सन्तानको खुशी जुटायौ।।न बादल भनी न वर्षा भनी मेलापात गरेरआधा पेट खाई गुजारा गर्याै पटुकी कसेरसन्तानको सुखको कल्पना गरी हिँड्यौ मनको मझेरीमासन्तानकै गुणगान गाई हिंड्थ्यौ पानी पँधरीमान दिनमा आराम थियो न रातमा निद्रा थियोतर पनि निभेको थिएन मेरी आमाको आशाको दियो।।।पढाइ लेखाइमा अब्बल बनाउने मेरी आमाको चाहनाभाँडाकुटी खेली बस्ने रहरमा चल्दैनथ्यो बहानामेरी आमाको आफ्नो सपना सन्तानभित्र थियोनयाँ लुगा सन्तानलाई किन्न खोज्दै हिंड्थ्यौ धागो सियोसानो आशाको दियो बाली सन्तानमा प्रकाश खोज्यौआफ्नो सुख खुशीभन्दा सन्तानको खुशी रोज्यौ।।।।एक मात्र निःस्वार्थ प्रेम गर्ने मलाई मेरी आमातिमी नै मेरो जीवनको सबथोक हौ तिमी नै भगवान्तिमीलाई सेवा खुशी दिन सके जानुपर्दैन तीर्थ धामअमृतसरि मीठो लाग्छ मलाई मेरी आमाको पकवान।।।।।हर पाइलामा सिकाएको मेरी आमाले संस्कारहरपल रमाइलो लाग्दैछ त्यसैले त आज संसारआमा तिम्रो न्यानोपनमा संसार बिर्सें मैलेऔंसीमा मात्र होइन मेरी आमा तिम्रो याद आउँछ जहिले जहिले ।।
आमाछोदिङ्मोका कला प्रदर्शनी
हिमाली जिल्ला रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले ‘आमाछोदिङ्मो आर्ट क्याम्प’ मा सिर्जित कलाकृतिको प्रदर्शनी सुरु गरेको छ । सांसद मोहन आचार्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आयोजित प्रदर्शनी मङ्गलबार शुभारम्भ गर्नुभएको हो । आमाछोदिङ्मो गाउँपालिकाले स्थानीय कला, संस्कृति, सम्पदाको प्रवर्धनका लागि चैत ९ देखि १३ गतेसम्म कला कार्यशाला आयोजना गरेको थियो । सोही क्रममा २५ कलाकारले एक्रेलिक रङको माध्यममा तयार पारेका ५० कलाकृति प्रदर्शनीमा राखिएको छ ।
हेटौँडा कला महोत्सव जेठमा
कला क्षेत्रको महत्त्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको आयोजना हुने महोत्सवको संरक्षकमा बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय हुने काठमाडौँमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
इन्द्रेणी रङ्ग हाइकु सङ्ग्रह विमोचन
स्रष्टा अधिकारी विमलाको इन्द्रेणी रङ्ग शीर्षकको हाइकु संग्रह विमोचन गरिएको छ
धार्चेका चित्र कोर्दै कलाकार
पर्यटन विकासको उद्देश्यसहित गोरखाको धार्चेमा आयोजित पाँचदिने (माघ २२–२६) चित्र कार्यशालामा प्राकृतिक सौन्दर्य र सम्पदालाई क्यानभासमा उतारिएको छ । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले कलाकारलाई रङ र क्यानभास दिएर ‘धार्चे चित्रकला कार्यशाला’ सुरु गरिएको थियो । ‘सुन्दर संरक्षित, समृद्ध धार्चे’ कला कार्यशालामा २० भन्दा बढी कलाकारको सहभागिता रहेको छ ।
ढुङ्गानालाई ‘मिस इन्टर–कन्टिनेन्टल’ उपाधि
‘मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४’ को उपाधि डा. आयुष्नोभा ढुङ्गानाले प्राप्त गर्नुभएको छ । डा. ढुङ्गानाले ‘मिस एलिगेन्स’ को उप–उपाधिसहित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४’ मा मिस इन्टर कन्टिनेन्टलको उपाधि जित्नुभएको हो । प्रतियोगितामा ‘मिस इन्टर–कन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेतासमेत छानिएको थियो । त्यस अन्तर्गत सजिना खनालले ‘मिस सुप्रा नेसनल–२०२४’ तथा धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’ को उपाधि हात पार्नुभयो । प्रतियोगिताको अर्को महत्वपूर्ण ‘मिस ग्लोबल नेपाल–२०२४’ को उपाधि मोनिका अधिकारी तथा ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ को उपाधि क्षितिज श्रेष्ठ क्षेत्रीले जित्नुभएको थियो ।
बस्ताकोटीलाई व्यङ्ग्यचित्र पुरस्कार
हिमालयन टाइम्सका कार्टुनिस्ट महेश बस्ताकोटीलाई शारदा–गोविन्दमान व्यङ्ग्यचित्र प्रतिभा पुरस्कार–२०८१ प्रदान गरिएको छ । १० हजार रुपियाँ राशिको सो पुरस्कार विश्व कार्टुनिस्ट दिवस–२०८१ को अवसरमा आयोजित कार्यक्रममा आइतबार प्रदान गरिएको हो । कार्टुनिस्ट क्लब नेपालद्वारा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा आयोजित कार्यक्रममा पुराना कार्टुनिस्ट तथा पूर्वमन्त्री रमेशनाथ पाण्डेले सो पुरस्कार प्रदान गर्नुभएको हो । उहाँले पत्रकारितामा कार्टुनको विशेष स्थान हुने भएकाले कार्टुनिस्टको पनि विशेष दायित्व र महत्व हुने बताउनुभयो ।
‘क्वाजः दुनेया जिगु सासः’ विमोचन
विराट साहित्य सम्मेलन गुठीको १७ औँ प्रकाशन सुलोचना सैंजु जोशीको कविता सङ्ग्रह ‘क्वाजः दुनेया जिगु सासः’ (न्यानोपनभित्रको मेरो श्वास) शनिबार भक्तपुरमा विमोचन भएको छ।
समय (कविता)
समयको महत्व हामी सबले बुझौँ समयम पाठ गरौँ समयमैं खेलौँ समयम उठौँ हामी समयम सुतौँ समयमै खाजा खाऔँ, समयमै खाना
विद्यार्थीको सपना
हामी विद्यार्थी पढ्नु पर्छ, ठुलो मान्छे बन्नु पर्छ । विद्यार्थी भएर शिक्षकको महत्व बुझ्नु पर्छ । ठुलालाई आदर गरी सानालाई माया सत्य बोली सफा सुग्घर आफ्नो दायाँबायाँ ।
हेटौँडामा कला महोत्सव
पर्यटन प्रवर्द्धन र कला जागरणका लागि हेटौँडामा तीनदिने कला महोत्सव हुने भएको छ। सटर्डे प्लेनएअरको आयोजनामा आगामी जेठ ३ देखि ५ गतेसम्म कला महोत्सव हुन लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।
श्याम ज्यापूको एकल पौभा चित्रकला प्रदर्शनी सुरु
कलाकार श्यामकृष्ण महर्जन (श्याम ज्यापू)को तीन दिने एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । योङ पिकासोद्वारा ललितपुरको पाटन सङ्ग्रहालयमा बिहीबारबाट सुरु भएको प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ ।
‘ओ पेङ्दोर्जे’ रङ्गमञ्चमा उत्रिँदा
पूर्वपश्चिम जोड्ने राजमार्ग खन्न थालियो । देशका विभिन्न ठाउँबाट कामको खोजी गर्दै ठेकेदारकोमा पुगे । रामबहादुर तामाङले पनि सडक खन्न पसिना र परिश्रम खर्चिए । एक हजार २८ किमी लामो यो राजमार्गको नाम राखियो, महेन्द्र राजमार्ग । दिनभर काममै जोतिने रामबहादुरलाई त्यो नाम मन परेन । थाकेको जिउ लिएर भट्टी पुगेको रामबहादुरले टेबुल ठोक्दै असन्तुष्टि पोख्न थाल्यो, “यो बाटोको नाम रामबहादुर मार्ग हुनु पर्छ ।”
पाटनमा पौभा प्रदर्शनी
तीन दशकदेखि पौभा कलामा तल्लीन लोककलाकार श्यामकृष्ण महर्जनका पौभा कृतिको तीन दिने प्रदर्शनी पाटन म्युजियममा बिहीबारदेखि सुरु भएको छ । निश्चित मान्यता, दर्शन र सिद्धान्तका आधारमा तयार पारिने पौभा कलामा तीन दशकको कर्म आफैँमा गौरवपूर्ण छ । तीन दशकको समयमा तयार पारिएका र आफूलाई औधी मन परेका ३२ वटा कलालाई प्रदर्शनीमा राखिएको छ ।