• ७ जेठ २०८१, सोमबार

आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने

blog

‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ मा छनोट हुनुभएकी पूर्व प्रधानाध्यापक किरण आचार्य पौडेल । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख २७ गते ।
नेपालगन्ज १ धम्बाेझी माविकी पूर्व प्रधानाध्यापक किरण आचार्य पौडेललाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले २०८१ सालको शिक्षक सम्मान आचार्यलाई प्रदान गर्ने भएको हो ।

विद्यार्थीहरूको मनोवृत्ति बुझेर त्यसै अनुरूपको शिक्षण शैली अवलम्बन गर्न, पढाइमा कमजोर विद्यार्थीहरूलाई प्रोत्साहन दिई मानसिक रूपमा सबल बनाउन र विद्यार्थीहरूलाई सुसंस्कृति र सभ्यता सिकाउन आचार्यले गर्नुभएको योगदानका लागि उहाँलाई सम्मान गर्ने निर्णय गरिएको प्रकाशनले जनाएको छ ।

सम्मानका लागि शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको हो । जेठको अन्तिम साता प्रदान गरिने सो सम्मानका लागि व्यक्तित्व चयन समितिको बैठकले निर्णय गरेको कोषले जनाएको छ ।

लामो समयसम्म अध्यापन गरी हाल निवृत्त आचार्य बाँकेमा शैक्षिक सुधारका लागि उदाहरणीय व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । आफूले अध्यापन गरेको शिक्षण संस्थाका विद्यार्थीहरूलाई शिक्षण सामग्रीबाट सुसज्जित गराउन, आफ्नो विषयमा गुणस्तरीय शिक्षा दिन आचार्यले खेलेको भूमिका सराहनीय छ ।

सम्मान व्यक्तित्व छनोट समितिले ‘विद्यार्थीहरूको मनोवृत्ति बुझेर त्यसै अनुरूपको शिक्षण शैली अवलम्बन गर्न, पढाइमा कमजोर विद्यार्थीहरूलाई प्रोत्साहन दिई मानसिक रूपमा सबल बनाउन र विद्यार्थीहरूलाई सुसंस्कृति र सभ्यता सिकाउन आचार्यले गर्नुभएको योगदानका लागि उहाँलाई सम्मान समर्पण गर्ने निर्णय गरिएको’ जनाएको छ ।